राजतन्त्रको कित्ता काट शुरु भएको हो ?
- राम कृष्ण पोखरेल
- शुक्रबार, १ चैत, २०८१- १५:४०:००/ Friday 03-14-25

काठमाडौं । नेपाल अनादिकाल देखिनै स्वतन्त्र र स्वछन्द मुलुक रहिआएको प्रमाण हाम्रा ईतिहासकारको अनुसन्धान र लेखनबाट थाहा हुन्छ।
बाईसे चौविसे राज्यमा विभाजित राज्यहरुलाई एकीकरण गर्ने काम गोरखाका राजा पृथ्वीनारायण शाहले विक्रम संवत् १७९९ साल देखि शुरुआत गरेका थिए । यसै समयमा काठमाडौ खाल्डोमा रहेको काठमाडौ, पाटन र भक्तपुर राज्यलाई पनि समग्र नेपाल अधिराज्यमा सामेल गराउन राजा पृथ्वीनारायण शाह सफल भएका थिए ।
पछिल्लो समयमा फेरि राजतन्त्रवादीहरू सडकमा आउने नारा लगाउने र केही भिडहरू सडकमा ल्याएर आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन्। हुन त मानिसहरु सडक या खुल्ला ठाउँमा आउँदैमा शक्ति प्रदर्शन भन्न मिल्दैन किनकि मानिसको भिड त कुनै महोत्सव वा कन्सर्ट हेर्नमा पनि झुम्मिएकै हुन्छ । त्यसो भन्दैमा ती मानिसहरू कसैको विरुद्धमा आएका हुन् भनेर ठोकुवा गर्न मिल्दैन उनीहरु एकछिनको रमाइलोको लागि आएका हुन्।
राजा पृथ्वीनारायण शाहका वंशजका अन्तिम राजाका रुपमा ज्ञानेन्द्र शाह हुनगए । नेपाली जनतामा राजनीतिक चेतना थोर बहुत १०४ बर्षे राणा शासनको अन्ततिर देखिन थाल्यो । यहि राजनीतिक चेतना स्वरुप विं.सं.२००७ सालमा नेपाली कांग्रेसको नेतृत्वमा क्रान्ति भई लोकतन्त्रको स्थापनाको प्रारम्भ भएर मुलुक जनतान्त्रिक शासन व्यवस्थातिर लम्किदै गर्दा तत्कालीन राजा त्रिभुवन, राजा महेन्द्र , राजा विरेन्द्र हुँदै शाह वंशिय अन्तिम राजा ज्ञानेन्द्र सम्मका राजाहरूमा संवैधानिक राजा र संसदीय व्यवस्था आयो ।
नेपाली कांग्रेस, यसका केही सहयोगी दल र नेताहरूको दबावमा राजा महेन्द्रले विं.सं. २०१५ फाल्गुनमा संसदको चुनाव गराए तर कांग्रेस पार्टीले संसदमा दुई तिहाइभन्दा बढि संसदीय सिटमा जित हासिल गरेकोबाट राजा महेन्द्र र यिनका भाई भारदारहरु अत्तालिएका थिए । संबैधानिक राजा र संसदीय लोकतान्त्रको दुई खम्बे वैश्विक नितिलाई राजा महेन्द्रले अंगिकार गर्न सकेनन ।
यहि हवसका कारण राजा महेन्द्रले विं.सं.२०१७ पौषमा जनताबाट चुनिएको संसद बिघटन गरि सरकार प्रमुख प्रधानमन्त्री विपि कोईराला लगाएत थुप्रै नेताहरूको धरपकड सैनिकको बलमा गरि हजारौं राजनीतिक कर्मीहरु जेलको कालकोठरीमा पुर्यादिए। हजारौं राजनीतिक दलका नेता र कार्यकर्ताहरु छिमेकी मुलुक भारतमा निर्वासन हुन बाध्य भए।
राजा महेन्द्रका जेठा छोरा राजा विरेन्द्रले विं.सं.२०१८ माघमा राजा महेन्द्रको देहावसान पश्चात् नेपाल अधिराज्यको शासनको बागडोर सम्हाल्दै गर्दा नेपाली जनता र राजनीतिक दलका नेताहरू उदार लोकतन्त्रको भोर नेपाल हुने आशा गरेका थिए । त्यसको अबसर राजा विरेन्द्रलाई विंं.सं.२०३६ सालको एतिहासिक जनमतसंग्रहबाट शासन सत्ता जनताका प्रतिनिधिबाट संचालन गर्न दिने अवसर चुकाएका थिए ।
तत्कालीन पंचायती शासकहरुले अनेकौं प्रपन्च र धाधली गरि बहुदलीय शासन व्यवस्थाको परिणामलाई उल्टाई कथाकथित सुधारिएको पंचायति शासन व्यवस्थाको पक्षमा मत परिणाम देखाएका थिए । जनताद्वारा जनतालाई शासन गर्न पाउने अधिकारलाई राजाले कुंठित गरेका दिन देखि नेपालमा राज संस्था कमजोर हुँदै गएको विश्लेषण गर्ने गरिन्छ ।
विक्रम संवस् २०६५ सालमा नेपालमा राजसंस्थाको अन्त भयो । नेपालका गणतान्त्रिक शासन व्यवस्थाका शासकहरुले छिमेकी देश भारतका नेताहरूले दुरगामी सोच राखि तत्कालीन राजा रजौटाहरुलाई दिएको सम्मान जस्तै नेपालमा पनि सम्मान दिनु पर्ने बारे सोच्ने बेला आएको हो कि भन्ने आम नेपालीको चासो छ।
पछिल्लो समयमा फेरि राजतन्त्रवादीहरू सडकमा आउने नारा लगाउने र केही भिडहरू सडकमा ल्याएर आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन्। हुन त मानिसहरु सडक या खुल्ला ठाउँमा आउँदैमा शक्ति प्रदर्शन भन्न मिल्दैन किनकि मानिसको भिड त कुनै महोत्सव वा कन्सर्ट हेर्नमा पनि झुम्मिएकै हुन्छ । त्यसो भन्दैमा ती मानिसहरू कसैको विरुद्धमा आएका हुन् भनेर ठोकुवा गर्न मिल्दैन उनीहरु एकछिनको रमाइलोको लागि आएका हुन्।
तत्काललाई मानिसहरू राजा ल्याउनुपर्छ भन्ने गरी उर्लिएकै हुन् भनेर भन्न सकिँदैन । यसो भन्दैमा गणतन्त्रवादीहरू राजतन्त्रवादीहरुलाई कम आकलन गरेर बस्नु पनि हुँदैन । यति गणतन्त्रले राम्रो काम गर्न सकेको खण्डमा राजा र राजाको नाम बेचेर राजनीति गर्नेहरू आफै किनारा लाग्नेछन् । तर त्यसका लागि राजनीतिक दलहरूले एकजुट भएर जनअपेक्षा बमोजिमका कामलाई अघि बढाउनु आवश्यक छ।
त्यस्तै कुनै नारा जुलुस वा सडक जुलुस गर्दाखेरि उपस्थित हुने नेपालीहरूको केही समयअघिदेखिको बानी अहिले पछिल्लो समयमा घट्दै गरेका राजनीतिक गतिविधिले न्यास्रो लागेको हुन सक्छ त्यही न्यास्रोमा बसेका मानिसहरु पनि एकछिन सडकमा गइदिउन भनेर रमाइलो हेर्न आएका पनि हुन सक्छन् ।
पूर्व राजाको सवारीको बेलामा सडकमा उत्रिएका सबै मानिसहरू राजतन्त्र चाहेका मानिसहरू हुन् भनेर भन्ने आधार छैन। किनकि अहिले पछिल्लो समयमा उक्त भिडको जस लिन एकातिर दुर्गा प्रसाईको कित्ता अर्कोतर्फ राप्रपाको कित्ता छ । त्यसैगरी राप्रपाभित्र पनि राप्रपा नेपाल र राप्रपाको कित्ता छ।
यसरी राजा चाहेका भनिएका नेतृत्व पंक्तिमा नै एकता र एकमत नभएका कारणले गर्दा त्यो भिड एउटा संजोगले जम्मा भएका मानिसहरूको हो भन्न पनि सकिएला। हुन सक्छ त्यो भिडले राजाको पक्षमा आफ्नो उपस्थिति जनाएको । तर जुन किसिमले राजा चाहिँदैन भन्नेहरूलाई राजा चाहिन्छ भन्नेहरूले एउटै भाषा एउटै सन्देश र एउटै शैलीमा आफ्नो तर्क र तथ्यहरू पेश गर्नुपर्थ्यो त्यो गर्न सकिरहेका छैनन् ।
त्यसैले तत्काललाई मानिसहरू राजा ल्याउनुपर्छ भन्ने गरी उर्लिएकै हुन् भनेर भन्न सकिँदैन । यसो भन्दैमा गणतन्त्रवादीहरू राजतन्त्रवादीहरुलाई कम आकलन गरेर बस्नु पनि हुँदैन । यदि गणतन्त्रले राम्रो काम गर्न सकेको खण्डमा राजा र राजाको नाम बेचेर राजनीति गर्नेहरू आफै किनारा लाग्नेछन् । तर त्यसका लागि राजनीतिक दलहरूले एकजुट भएर जनअपेक्षा बमोजिमका कामलाई अघि बढाउनु आवश्यक छ।