• सोमबार, ४ चैत, २०८१
  • ०९:२७:१४

अन्नपूर्ण आधार शिविर: खुला सङग्रहालय बनाउनसुरु

काठमाडौं। म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रहेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविरमा खुला सङ्ग्रहालय बनाउन सुरु गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा समुन्द्री सतह देखि चार हजार एकसय ९० मिटरको उचाइमा रहेको आधार शिविरमा खुला सङ्ग्रहालय बनाउन लागेको हो । 

आगामी जुन ३ गते अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आधार शिविरमा विशेष कार्यक्रमका साथमा हिरक दिवस मनाउनुका साथै उक्त खुला सङग्रहालयको प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिने कार्यक्रम तय भएको मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले जानकारी दिनुभयो । 

 "म्याग्दीको भूगोलमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आरोहण दिवस भव्य कार्यक्रमका साथमा आधार शिविरमा पुगेर मनाउँदै छौं । जेठो हिमाल समेत रहेको अन्नपूर्णलाई देश तथा विदेशमा प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रधानमन्त्री,मौरिस हर्जोगको ८१ वर्षीय श्रीमती,छोरा माथिएस हर्जोग,कम्तीमा दश जना आरोही,फ्रेन्च पत्रकार, विशिष्ट व्यक्तिहरु सहितको टोलीलाई आधार शिविरमा पुर्‍याउने तयारी छ।"

 

सर्वोच्च शिखर सगरमाथामा मानव पाइला पुग्नुभन्दा ३ वर्षअघि ३ जुन १९५० मा मौरिस सहितको फ्रान्सेली टोलीले अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको थियो । उक्त दिनमा अन्नपूर्ण दिवस मनाउने गरिएको छ ।

आधार शिविरमा निर्माण गरिने खुला सङ्ग्रहालयमा पहिलो अन्नपूर्ण आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोग, लुई लाशनाल र नेपाली आमथार्की शेर्पाको मूर्ति सहित हिमाल आरोहणको इतिहासका बारेमा ढुङ्गामा लेखिएका लेखहरु, मौरिसले पहिलो पटक आरोहण गर्दा प्रयोग भएका सामाग्री र ताम्रपत्रमा अहिलेसम्म हिमाल आरोहण गरेका ४ सय ८८ जनाको नामावली, आरोहणको मिति सहितको विवरण राखिने पदमार्गका अभियान्ता गुरुङले बताउनुभयो । 

खुला सङ्ग्रहालय बनाउन अन्नपूर्ण गाउँपालिकाको दश लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को ४ लाख गरी १४ लाख रुपियाँ खर्च हुने उहाँले बताउनुभयो । 

पहिलो आरोहीको मुर्ति बनाउन र ताम्रपत्रमा आरोहीहरुको नाम लेख्न सुरु गरिएको गुरुङले बताउनुभयो । अन्नपूर्ण दिवस मनाउन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका भारत कुमार पुनको संयोजकत्वमा अन्नपूर्ण दिवस मुल समारोह समिति गठन गरी आवश्यक तयारी थालिएको समितिका सदस्य समेत रहनुभएका गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, "म्याग्दीको भूगोलमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आरोहण दिवस भव्य कार्यक्रमका साथमा आधार शिविरमा पुगेर मनाउँदै छौं । जेठो हिमाल समेत रहेको अन्नपूर्णलाई देश तथा विदेशमा प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ प्रधानमन्त्री,मौरिस हर्जोगको ८१ वर्षीय श्रीमती,छोरा माथिएस हर्जोग,कम्तीमा दश जना आरोही,फ्रेन्च पत्रकार, विशिष्ट व्यक्तिहरु सहितको टोलीलाई आधार शिविरमा पुर्‍याउने तयारी छ।"

उक्त दिन प्रधानमन्त्री ओलीबाट सङ्ग्रहालय र मौरिस हर्जोगले अंग्रेजीमा लेखेको ‘द अन्नपूर्ण’ लाई नेपाली भाषामा अनुवाद गरी प्रकाशित गरिएको किताबको विमोचन गरिने पदमार्गका अभियान्ता तथा अन्नपूर्ण दिवस मनाउन गठन गरिएको मुल समारोह समितिका सदस्य गुरुङले बताउनुभयो । 

 अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म  पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । 

 

मौरिस हर्जोग पदमार्ग र आधार शिविरलाई आकर्षक पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने उद्देश्यले खुला सङ्ग्रहालय निर्माण गर्न लागिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष पुन ले बताउनुभयो । उहाँका अनुसार अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा एक करोड २५ लाख रुपियाँ लागतमा पूर्वाधार निर्माण थालिएको छ । 

अन्नपूर्ण गाउँपालिकाको एक करोड, नेपाल पर्यटन बोर्डको २० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पाँच लाख बजेटबाट आश्रयस्थल, शौचालय, खानेपानी, पदमार्ग र चिया पसल निर्माण थालिएको पालिका अध्यक्ष पुनले बताउनुभयो । 

पर्यटकको सहजताका लागि पदमार्गको हुमखोला देखि आधार शिविर सम्मको विभिन्न स्थानहरुमा अस्थायी संरचना निर्माण गरी चिया तथा खाजा पसल र खाना र बस्ने सुविधा सहितका होटल सञ्चालन ल्याइएको छ । सन्धीखर्क, भुसकेट मेला, पञ्चकुण्ड ताल परिसरमा ४० लाखको लागतमा तीन वटा आश्रयस्थल निर्माण गर्न लागिएको छ । 

हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट र पञ्चकुुण्डमा खानेपानी र शौचालय निर्माणको काम अघि बढेको छ । सञ्चारको सुविधा नपुगेको आधार शिविरमा अन्नपूर्ण दिवस दिन जेठ २० गते सम्म संचार सुविधा विस्तारका लागि सरकारसँग पहल गरिएको गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो । 

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म  पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । गोरखापत्रबाट।