नयाँ उचाइ कायम गर्दै सुनको मूल्य
-
नेटिजन संवाददाता
- सोमबार, १८ चैत, २०८१- ११:३३:००/ Monday 03-31-25

काठमाडौँ। सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । अन्तराष्ट्रियबजारमा भएको सुनको मूल्यवृद्धि, आकाशिदो डलर मूल्य, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ उचाइ कायम गरिरहेको छ ।
आइतबार प्रतितोला रू १ लाख ७६ हजार ८ सय कायम भएको सुनको मूल्य सोमबार तोलामा रू १ हजार १ सय बढेर रू १ लाख ७७ हजार ९ सय कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू १० बढेर रू २ हजार ३५ पुगेको छ ।