• आइतबार, ७ बैशाख, २०८२
  • ०९:५६:३२

यो साताको राशिफल हेर्नुहोस

राशिफल (Horoscope):

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
यस साता तपाईंको समय निकै फलदायी रहनेछ। व्यापार, उद्योग तथा शेयर बजारबाट उल्लेख्य आम्दानी हुने सम्भावना छ। सानो प्रयासमै ठूला उपलब्धिहरू हात पार्न सकिनेछ। धार्मिक तथा शैक्षिक यात्राको योग प्रबल छ। प्रेम सम्बन्धमा सकारात्मक मोड आउनेछ भने पुराना मित्रसँग रमाइलो भेटघाटको अवसर मिल्नेछ। बौद्धिक क्षमताको प्रदर्शन गर्न पाइनेछ र कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ। पैतृक सम्पत्ति तथा प्राकृतिक स्रोतहरूको उपयोगमार्फत आम्दानीको स्रोत बलियो बन्नेछ। यद्यपि, शुक्रवारपछि स्वास्थ्यमा सामान्य समस्या देखिन सक्नेछ, उपचारमा खर्च बढ्ने सम्भावना छ। अनावश्यक खर्च र अल्छीपनबाट जोगिनुहोस्।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
सप्ताहको आरम्भमा प्रशासनिक कार्यमा सफलता मिल्नेछ र सामाजिक जिम्मेवारी कुशलतापूर्वक निभाउनुहुनेछ। भाग्यले भरपुर साथ दिने समय भएकाले सानो लगानीबाट पनि राम्रो मुनाफा कमाउन सकिनेछ। धार्मिक यात्राको अवसर प्राप्त हुनेछ। साथीभाइ र आफन्तको सहयोगमा नयाँ योजना कार्यान्वयनमा ल्याउन सकिनेछ। अध्ययन, अनुसन्धान, गीत-संगीत, कला र साहित्यमा रुचि बढ्नेछ र त्यसको लाभ पनि हुनेछ। प्रेम सम्बन्ध अझ बलियो बन्नेछ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
मंगलबार साँझसम्म समय मध्यम रहने हुँदा सवारी साधन र सम्पत्तिको प्रयोगमा सतर्कता अपनाउनुहोस्। आफन्तहरूसँग मनमुटाव हुन सक्छ। बुधबारदेखि शेयर बजार तथा व्यापारमा लगानीबाट राम्रो आम्दानी हुनेछ। सामाजिक तथा धार्मिक गतिविधिमा सहभागी भई सम्मान प्राप्त गर्न सकिनेछ। पढाइमा सुधार आउनेछ भने परिवारसँग रमाइलो समय बित्नेछ। नयाँ जागिर वा स्थानान्तरणको सम्भावना पनि देखिन्छ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
सप्ताहको सुरूवात र अन्त्य विशेष शुभ रहेको छ। व्यापार तथा उद्योगमा लगानीबाट मनग्गे आम्दानी हुने सम्भावना छ। पढाइमा राम्रो नतिजा आउनेछ। बिलासी वस्तुको प्रयोगले व्यक्तित्वमा निखार आउनेछ। प्रेम जीवनमा रमाइलोपन आउनेछ। बुधबार र बिहीबारको समय केही चुनौतीपूर्ण हुन सक्ने भएकाले आफन्तसँगको सम्बन्धमा सन्तुलन कायम राख्नुहोस्। स्वास्थ्यमा समस्या आउन सक्छ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
सप्ताहभर व्यापारमा फस्टाउने समय छ। प्रेम जीवनमा नजिकिएको अनुभूति हुनेछ। मावली पक्षबाट सहयोग प्राप्त हुनेछ। अफिसियल यात्राबाट लाभ मिल्नेछ। अध्ययनमा ध्यान केन्द्रित भई उत्कृष्ट परिणाम प्राप्त गर्न सकिनेछ। यद्यपि, हप्ताको अन्त्यमा सवारी प्रयोगमा सावधानी अपनाउनुहोस् र आफन्तसँगको सम्बन्धमा सतर्क रहनुहोस्।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
सप्ताहभर बौद्धिक र सिर्जनात्मक क्षेत्रमा उचाइ चुम्न सकिनेछ। आर्थिक पक्ष सबल हुनेछ, जीवनशैली बिलासी बन्नेछ। नयाँ काम सुरु गरी आम्दानी बढाउन सकिनेछ। प्रेम सम्बन्ध प्रगाढ बन्नेछ, आफन्तसँग मेलमिलाप हुनेछ। पढाइमा प्रगति हुनेछ र कानुनी विवादमा तपाईंको जित सम्भावित छ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
मंगलबार साँझसम्म समय केही मध्यम देखिएको छ। राजकीय सम्मानको अवसर छुट्न सक्छ र स्वास्थ्यमा समस्या आउन सक्छ। विदेश यात्राको सम्भावना छ, तर एक्लोपन महसुस हुन सक्छ। मंगलबारपछिको समय अनुकूल छ, पढाइ लेखाइमा सुधार हुनेछ। भौतिक सम्पत्तिको प्राप्ति, वंशवृद्धि र जागिरमा पदोन्नतिको सम्भावना बलियो छ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
सप्ताहको प्रारम्भ र अन्त्य सुखद रहनेछ। रमाइलो यात्रा, साथीभाइसँग जमघट, प्रेम जीवनमा सुधार र आम्दानीमा वृद्धि हुने समय हो। व्यापार र शेयर बजारबाट लाभ हुनेछ। दाजुभाइको साथले महत्वपूर्ण काममा सफलता मिल्नेछ। बुधबार र बिहीबार केही चुनौतीपूर्ण हुन सक्छ, प्रेम र पारिवारिक सम्बन्धमा विवाद हुनसक्छ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
छोटो दुरीको यात्रा तथा पुराना आफन्त र साथीहरूसँगको भेटले सप्ताह रमाइलो बनाउनेछ। खाद्यान्न तथा निर्माण सामग्रीको व्यापारमा लाभ मिल्नेछ। प्रेम जीवनमा सहयोग र समझदारी बढ्नेछ। वित्तीय लगानी लाभदायक हुनेछ। यद्यपि, शुक्रवारपछि व्यवहारमा ध्यान दिनुहोस्, आमाको मन दुखाउन सक्नुहुन्न।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
सप्ताहभर प्रेम र मित्रताको सम्बन्ध प्रगाढ हुनेछ। अध्ययन र प्रतिस्पर्धामा सफलता मिल्नेछ। आकर्षक वस्तु र विलासी जीवनशैलीमार्फत व्यक्तित्व निखारिनेछ। व्यवसाय र उद्योगमा लगानी गरेर राम्रो मुनाफा कमाउन सकिनेछ। छोटो दुरीको रमाइलो यात्रा र पारिवारिक जमघटले सप्ताहलाई अझ स्मरणीय बनाउनेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
सप्ताहको सुरुमा धोका पर्न सक्ने योग रहेकाले होशियार रहनुहोस्। मंगलबार साँझपछि समय अनुकूल रहनेछ। व्यवसायिक लगानीबाट लाभ हुनेछ। बोलीको प्रभावले काम सहज बन्छ। अध्ययन तथा अनुसन्धानमा सफलता प्राप्त हुनेछ। पारिवारिक साथले आत्मबल बढ्नेछ र मिठो भोजनको अवसर पनि मिल्नेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
सप्ताहको शुरू र अन्त्य विशेष फलदायी रहनेछ। पढाइमा प्रगति, प्रेम जीवनमा खुशी, व्यापार तथा जागिरमा उन्नति हुने समय हो। मिष्टान्न भोजन, साथीभाइसँगको भेट, पैतृक सम्पत्तिको प्रयोगमार्फत आम्दानीमा वृद्धिको संकेत छ। बुधबार र बिहीबार स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले सावधान रहनुहोस्।