साइबर क्राइमको दुश्चक्र
- डा. प्रेमराज सिलवाल
- सोमबार, ८ बैशाख, २०८२- १४:५२:००/ Monday 04-21-25

काठमाडौं । अपराध (काइम) वर्तमान विश्वमा एक बढ्दो अपराध हो। कम्प्युटर र त्यससँग सम्बन्धित उपकरणलाई माध्यम बनाएर कानुनले निषेध गरेका क्रियाकलाप गर्ने कामलाई साइबर क्राइम भनिन्छ (केन्द्रीय अनुसन्धान ब्युरो) । साइबर क्राइम कम्प्युटर, नेटवर्क र सामाजिक सञ्जाल आदिको प्रयोग गरी गरिने आधुनिक, सामाजिक र फौजदारी प्रकृतिको अपराध मानिएको छ ।
यसमा प्राकृतिक व्यक्तिदेखि, सङ्गठित संस्था वा समूहसम्म तथा क्षेत्रीय, राष्ट्रियदेखि अन्तर्राष्ट्रिय सञ्जाल बनाएर मानिस र समूह सक्रिय भएका हुन सक्छन् । कम्प्युटरका विभिन्न माध्यमको प्रयोगबाट पासवर्ड ह्याक, क्रेडिट कार्डको अवैध प्रयोग, अवैध मुद्रा र जाली नोटको प्रयोग, कपिराइट उल्लङ्घन, यौनसम्बन्धी अपराध, सफ्टवेयरको अनधिकृत प्रयोग र निगरानीदेखि लिएर ठूला ठूला अपराधसम्म हुने गरेका छन् ।
साइबर क्राइमको चर्चा गर्दा विश्वमा र नेपालमा पनि युवा, महिला र बालबालिकाबाट विभिन्न कारणले अपराध हुने गरेको छ । विशेषगरी स्कुल \कलेजको सङ्गत, चलचित्रमा भएका दृश्यको प्रभाव, साथीको उक्साहट, ठट्यौलीपन, उत्ताउलोपन वा यति सानो कुरा गर्दा के नै हुन्छ र ? वा मैले गरेको अपराध वा गल्ती कसले पो थाहा पाउँछ ?भन्ने सोचाइले अपराध हुने गरेका छन् ।
सामान्य रूपमा जानेर वा नजानेर पनि सामाजिक सञ्जालको प्रयोगबाट हुने दर्जनौं प्रकारका अपराध यसमा पर्छन् । यस अपराधमा युवा, विद्यार्थी, महिला तथा बालबालिकाको धेरै प्रयोग हुँदै आएको देखिन्छ।
नेपालमा समेत यसको गम्भीरतालाई विचार गरी २०६३ सालमा विद्युतीय कारोबार नियन्त्रणसम्बन्धी विशेष ऐन ल्याई लागू भइरहेको छ। ऐनको दफा ४४ देखि दफा ५८ सम्म विभिन्न प्रकारका कसुरको उल्लेख गरी सो प्रमाणित भएमा छ महिनादेखि पाँच वर्षसम्मको जेल तथा ५० हजारदेखि पाँच लाखसम्म जरिबाना र सजाय कसुर राखिएका छन् ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ तथा मुलुकी देवानी (संहिता)ऐन २०७४ का विभिन्न दफामा समेत अरूलाई हानिनोक्सानी गरेको पाइएमा विभिन्न प्रकारका सजाय हुने व्यवस्था राखिएका छन्। सामान्य अवस्थामा अनुमति नलिई कसैको तस्बिर खिच्नु, सामाजिक सञ्जालमा फोटो राख्नु, गाली वा बेइज्जती हुने गरी अर्काको प्रतिष्ठामा आँच हुने गरी गरिने कुनै पनि कार्यलाई कानुनले अपराध मानेको छ।
त्यसै गरी देश अनुसार भेष भने जस्तै मुलुक र समाज अनुसार साइबर क्राइमका क्षेत्र फराकिला हुँदै गएका छन्। अर्कातर्फ देश र समाज अनुसार युवा, महिला तथा बालबालिकालाई हेर्ने विभिन्न कानुन र प्रथा हुन्छन् । सोको जानकारी एवं हेक्का नराख्दा नेपाली युवा विदेशका जेलमा पुगेको घटना सुन्न र पढ्न पाइन्छ। जस्तै साउदी अरब र अन्य इस्लाम देशमा महिलालाई सामान्य छेडछाड गर्ने कार्य पनि गम्भीर अपराध मानिन्छ ।
युरोप, अमेरिकामा बालबालिकालाई सामान्य थप्पड हान्नु वा हप्काउनु पनि अपराध हुन सक्छ। चीन जस्ता केही मुलुकंमा सामाजिक सञ्जालमा केही लेख्नु वा यौनजन्य विषय हेर्नु पनि अपराध मानिने भएकाले यस्ता कुरामा समेत सचेत बन्नुपर्ने देखिन्छ ।
अज्ञानतावश, भूलवश, प्रलोभनमा परी, डर धम्की वा अन्य कारणबाट यससम्बन्धी अपराधमा विभिन्न तरिका र प्रयोजन वा माध्यमबाट युवा, महिला तथा बालबालिकाको प्रयोग हुने गरेको छ।कानुनको अज्ञानता क्षम्य नहुने कानुनको विश्वव्यापी मान्यता भएकाले जसरी अपराध हुन गए पनि कानुन अनुसार सजाय भोग्नुपर्ने हुन्छ ।
विश्वमा बालबालिकाको परिभाषा पनि फरक रहेका छन्। नेपालको हालको संहिता कानून २०७४ ले १८ वर्षभन्दा कम उमेरकालाई नाबालक मानेको छ। १० वर्षभन्दामाथिकोलाई अवस्था र कानुनी व्यवस्था अनुसार विभिन्न खालको सजायको व्यवस्था गरेको छ। १० वर्षभन्दामुनिकाले भने जस्तोसुकै अपराध गरेमा पनि कुनै सजाय हुँदैन।
त्यस्तो कार्य गर्न प्रेरित गर्ने, लगाउने, उक्साउने वा प्रयोग गर्ने अन्य जोसुकैलाई ऊ आफैले गरे सरहको सजाय हुने कानुनी व्यवस्था रहेको छ। यस दृष्टिकोणबाट हेर्दा साइबर काइममा १० वर्षमुनिका बालबालिकाको प्रयोग जसले गरेको वा लगाएको भए पनि लगाउने व्यक्ति कानूनी दायरामा पर्न सक्छ ।
अमेरिका लगायतका देशमा साइबर क्राइमका विभिन्न कानून ल्याइएका छन्। साइबर क्राइमका कारण हाल विश्वमा अबौँ डलर आर्थिक क्षति हुरे गरेको छ।साइबर टेरोरिजम को नामले समेत लिइने यस अपराधलाई नियन्त्रण गर्न अमेरिकामा एफवि आई, सिआइए जस्ता सरकारी निकायले करोडौं डलर खर्च गर्ने गरेका छन् ।
साइबर क्राइमको चर्चा गर्दा विश्वमा र नेपालमा पनि युवा, महिला र बालबालिकाबाट विभिन्न कारणले अपराध हुने गरेको छ । विशेषगरी स्कुल \कलेजको सङ्गत, चलचित्रमा भएका दृश्यको प्रभाव, साथीको उक्साहट, ठट्यौलीपन, उत्ताउलोपन वा यति सानो कुरा गर्दा के नै हुन्छ र ? वा मैले गरेको अपराध वा गल्ती कसले पो थाहा पाउँछ ?भन्ने सोचाइले अपराध हुने गरेका छन् ।
अर्कोतर्फ आपराधिक मानसिकता वा दूषित मनसाय भएका, अर्काको नोक्सानीमा रमाउने सोचाइ भएका तथा छिटै धन र भौतिक साधनस्रोतमा आफ्नो अधिकार जमाउने नियनले अपराधमा युवा, महिला र बालबालिकाको प्रयोग हुने गरेको छ। प्रहरी प्रशासनका विभिन्न निकायले कम्प्युटर तथा सूचनाका विभिन्न माध्यमबाट अपराध र अपराधीको निरन्तर निगरानी गरिरहेका हुन्छन्।
यसर्थ अभिभावक, परिवार, विद्यालय, कलेज, समाज, क्लबलगायतका सामाजिक एकाइले समेत आफ्ना छोराछोरी, युवा, महिला तथा बालबालिकालाई सचेत र खबरदारी गरिरहनुपर्ने हुन्छ ।
टिनएजेज का कतिपय युवा महिलाका यौनजन्य वा अश्लील फोटो फेसबुकलगायतका सामाजिक सञ्जालमा प्रदर्शन गरिदिने,फेक आइडी बनाएर मजाक वा रमाइलोका लागि यस्ती फोटी अपलोड गर्ने, सेयर गर्ने, अश्लील कमेन्ट आदि गरेका कारण कानूनी कारवाहीको दायरामा पुग्न बाध्य भएका छन् ।
विश्वमा साइबर क्राइम
अमेरिका लगायतका देशमा साइबर क्राइमका विभिन्न कानून ल्याइएका छन्। साइबर क्राइमका कारण हाल विश्वमा अबौँ डलर आर्थिक क्षति हुरे गरेको छ।साइबर टेरोरिजम को नामले समेत लिइने यस अपराधलाई नियन्त्रण गर्न अमेरिकामा एफवि आई, सिआइए जस्ता सरकारी निकायले करोडौं डलर खर्च गर्ने गरेका छन् ।
भारतमा भारतीय केन्द्रीय जाँच ब्युरो तथा र जस्ता संस्थाले ठूलो धनराशि खर्च गर्छन् । नेपालमा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलगायतका विभिन्न महाशाखा र शाखाले अपराधको अनुसन्धान कार्य गर्दै आएका छन्।युवामञ्चबाट।