आजको मौसमः दिउँसो चट्याङसहित वर्षा
-
नेटिजन संवाददाता
- आइतबार, १२ जेठ, २०८२- १२:२३:००/ Sunday 05-25-25

काठमाडौँ।हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्फयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोसी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
आइतबार दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका १-२ स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका १-२ स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ । हिमाली क्षेत्रको १-२ स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।