हप्तामा २ दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित
- Netizen Nepal
- मंगलबार, २७ बैशाख, २०७९- १६:१५:००/ Tuesday 05-10-22

नेटिजन संवाददाता
काठमाडौँ, २६ वैशाख। सरकारले आउँदो जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भएको छ।
सरकारले परीक्षणको रुपमा आउँदो जेठ १ गतेदेखि हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गर्दैछ ।
गृह मन्त्रालयले शनिबार र आइतबार सार्वजनिक बिदा दिने, सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० देखि अपरान्ह ५ः३० बजेसम्म निर्धारण गरेको छ । यसैगरी, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ः३० बजेदेखि अपरान्ह ४ः३० बजेसम्म रहनेछ ।
याे बिदा लागू भएसँगै साेमवारदेखि शुक्रवारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुनेछ । तर कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि दिउँसाे साढे ४ बजेसम्म हुनेछ ।