• शुक्रबार, १४ बैशाख, २०८१
  • ०५:२५:०४

स्वर्ण विजेता सन्जु मृतावस्थामा फेला 

  • Netizen Nepal
  • मंगलबार, २७ बैशाख, २०७९- १६:२९:००/ Tuesday 05-10-22

नेटिजन संवाददाता 
काठमाडौँ, २७ वैशाख। तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्ण पदक दिलाउने भारोत्तोलन खेलाडी सन्जु चौधरी मृतावस्थामा भेटिनुभएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले आज बिहान कोठाभित्र झुण्डिएको अवस्थामा चौधरी फेला परेको बताउनुभयो । उहाँका अनुसार चौधरी बस्ने कोठाको भित्रबाट चुकुल लगाएको थियो ।

प्रहरी उपरीक्षक शाहले प्रारम्भिक अनुसन्धानमा चौधरीले आत्महत्या गरेको हुनसक्ने जनाउँदै थप अनुसन्धानपछि सत्यतथ्य पत्ता लाग्ने बताउनुभयो । उहाँले चौधरीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको जानकारी दिनुभयो । खेलाडी चौधरी ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा कोठा भाडामा बस्दै आउनुभएको थियो ।

१९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक चरणमा छनोट हुनुभएकी चौधरी बन्द प्रशिक्षणमा सामेल हुन काठमाडौँ आउनुभएको थियो । बाँके घर भएकी अविवाहित चौधरीले सन् २०१९ मा नेपालमा नै आयोजना भएको  १३आँै सागमा महिला ५९ केजी तौल समूहमा स्वर्ण पदक जित्नुभएको थियो । उहाँले श्रीलङ्काको खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जित्नुभएको हो ।