• शुक्रबार, २७ असार, २०८२
  • ०७:२५:५२

प्रधानमन्त्री देउवाले कहाँबाट गर्छन मतदान ?

  • Netizen Nepal
  • बिहीबार, २९ बैशाख, २०७९- ०७:००:००/ Thursday 05-12-22

नेटिजन संवाददाता
काठमाडौँ, २९ वैशाख। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा गृहपालिका गन्यापधुराको असिग्राम माविस्थित रुवाखोलामा तोकिएको मतदान केन्द्र ‘ख’बाट मतदान गर्ने भएका छन् ।

निर्वाचन कार्यालयका अनुसार गन्यापधुरामा कुल १० हजार ४१४ जना मतदाता छन् ।

यो गाउँपालिकामा १४ वटा मतदान केन्द्र छन् । उनले यसअघि पनि यही मतदान केन्द्रबाट मतदान गरेका थिए ।