• शनिबार, ८ बैशाख, २०८१
  • १२:४३:३९

सानीभेरी १ मा माओवादी केन्द्रको प्यानल नै विजयी 

  • Netizen Nepal
  • शनिबार, ३१ बैशाख, २०७९- ०९:३९:००/ Saturday 05-14-22

नेटिजन संवाददाता 
काठमाडौँ, ३१ वैशाख। रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । ५ सय ६१ मत सहित माओवादी केन्द्रका टेकबहादुर पुन विजयी हुनुभएको छ।

कांग्रेसका खले पुनलाई पराजित गर्दै टेकबहादुर विजयी हुनुभएको हो । खलेको पक्षमा २ सय ८१ मत आएको छ ।

उक्त वडाका अरु सदस्यमा पनि माओवादीकै उम्मेदवार विजयी भएका छन् । कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार निर्वाचित भएका छन् ।