• बुधबार, १२ बैशाख, २०८१
  • ०६:१२:३८

धादिङमा सात पालिकाको मतगणना सकियो

  • Netizen Nepal
  • मंगलबार, ३ जेठ, २०७९- १८:५७:००/ Tuesday 05-17-22

काठमाडौँ, ३ जेठ। धादिङको सातवटा पालिकाको मतगणना सम्पन्न भएको छ । मतगणना व्यवस्थित गरेर गणना गर्दा छिटो सकिएको छ भने केही पालिकामा मतदाता सङ्ख्यासमेत थोरै रहेको छ

सात पालिकाममध्ये तीनवटा पालिकामा नेपाली कांग्रेस, दुईवटामा  नेकपा (माओवादी केन्द्र), एक पालिकामा नेकपा एमाले र एउटा पालिकामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । माओवादी केन्द्रका तर्फबाट रुबीभ्याली गाउँपालिका अध्यक्षमा रामसिंह तामाङ र गजुरी गाउँपालिका अध्यक्षमा गणेशलाल श्रेष्ठ विजयी हुनुभएको छ ।

नेपाली कांग्रेसका तर्फबाट खनियाबास गाउँपालिका अध्यक्षमा रणबहादुर तामाङ, नेत्रावती डबजोङ गाउँपालिका अध्यक्षमा मेघनाथ रिजाल र ज्वालामुखी गाउँपालिका अध्यक्षमा यमनाथ दनै निर्वाचित हुनुभएको छ । गल्छी गाउँपालिका अध्यक्षमा एमालेका केदार खतिवडा र धुनिबँेसी नगरपालिकामा एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी हुनुभएको छ ।

यसैगरी गाउँपालिका उपाध्यक्षहरुमा नेपाली कांग्रेसका तर्फबाट रुबीभ्यालीबाट फे लामा तामाङ, नेत्रावती डबजोङ गाउँपालिकाबाट सीतामाया गुरुङ, गल्छी गाउँपालिकाबाट भाइकाजी तिवारी, धुनिबेँसी नगरपालिकामा सुरज उप्रेती निर्वाचित हुनुभएको छ ।

नेकपा माओवादीले खनियाबास गाउँपालिका उपाध्यक्षमा सेक्केमान तामाङ र ज्वालामुखी गाउँपालिकामा एकीकृत समाजवादी धर्म अर्याल निर्वाचित हुनुभएको छ ।  अब एक नगरपालिका र पाँच गाउँपालिकाको मतगणना भइरहेकाले नतिजा आउन बाँकी रहेको छ ।