• बुधबार, १२ बैशाख, २०८१
  • ०३:५४:१४

तुलसीपुर उपमहानगरपालिकामा एमालेको सुरुवाती अग्रता

  • Netizen Nepal
  • बुधबार, ४ जेठ, २०७९- ०७:४२:००/ Wednesday 05-18-22

नेटिजन संवाददाता
काठमाडौं, ४ जेठ।  दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ ।

तुलसीपुरको मेयरमा पाँच सय मत गणना हुँदा एमालेका टिकाराम खड्काले २०२ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवारले १८७ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा एमालेका स्यानी चौधरीले २०७ र गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका १३२ मत प्राप्त गरेका छन् ।

पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका वडा नं १ र २ को गणाना भइरहेको छ । यस उपमहानगरपालिकामा एक लाख एक हजार चारसय ६० मतदातामध्ये ७४ हजार तीन सय ३६ मत खसेको थियो । यसअघि तुलसीपुरकाको मेयर र उपमेयरमा एमालेले जितेको थियो ।