बालेन शाह झन्डै ८ हजार मतले अगाडी
- Netizen Nepal
- बुधबार, ४ जेठ, २०७९- ११:४२:००/ Wednesday 05-18-22
नेटिजन संवाददाता
काठमाडौँ, ४ जेठ । काठमाडौँ महानगरपालिककाे मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन शाह फराकिलो मतान्तरले अगाडी रहेका छन् ।
पछिल्लो मतगणनाअनुसार बालेनले १६ हजार ५ सय ३७ मत गर्नुभएको छ भने उहाँका प्रतिष्पर्धी केशव स्थापितको पक्षमा ८ हाजर ५ सय ४८ मत गणना भएको छ । त्यस्तै कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ७ हजार ६ सय ९० मत प्राप्त गर्नुभएको छ ।
हालसम्मको मतगणनाको नतिजा अनुसार बालेन झन्डै ८ हजार मतले अगाडी हुनुहुन्छ ।