• शुक्रबार, १४ बैशाख, २०८१
  • १०:१०:१४

९ सयले घट्यो सुनको मूल्य 

  • Netizen Nepal
  • बुधबार, ४ जेठ, २०७९- ११:४३:००/ Wednesday 05-18-22

नेटिजन संवाददाता 
काठमाडौँ, ४ जेठ। नेपाली सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ८ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार २ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १०  बढेर रु १२ सय ६० तोकिएको महासङ्घले जनाएको छ ।