• सोमबार, १३ असार, २०७९
  • १२:०७:४७

असार ४ देखि १० गतेसम्मको साप्ताहिक राशिफल 

  • Netizen Nepal
  • शनिबार, ४ असार, २०७९- १०:५८:००/ Saturday 06-18-22

नेटिजन संवाददाता 
काठमाडौँ, ४ असार। कस्तो छ तपाईको यो साता ? हेर्नुहोस असार ४ देखि १० गतेसम्मको साप्ताहिक राशिफल 


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । स्वादिष्ट भोजन पनि पाइनेछ । सफल यात्राको योग छ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सेवा र सहयोग गर्ने समय आएको छ । मध्य सातामा नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्नेछ । 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

यो साता चिताएको कामले तीव्रता लिनेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । धर्मकर्ममा मन लाग्नेछ । साताको अन्त्यमा घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । जग्गा जमिनको कारोबारमा पनि सफलता मिल्न सक्छ । 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

मनमा दुबिधा उत्पन्न हुनेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शेयर बजारले पनि साथ नदेला । साताको अन्त्यमा रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्यहरू सजिलै सम्पादन हुनेछ । पुँजी बजारले पनि साथ दिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बुधवारबाट आत्मबलमा कमी आउने छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । कर्मक्षेत्र पनि सङ्घर्षशील रहनेछ । 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

शुभकार्यको चर्चा चल्नेछ । रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य सम्पादन हुनेछ । शेयर बजारको लगानीले राम्रै लाभ मिल्ने देखिन्छ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । धार्मिक यात्राको योग पनि रहेको छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

छोटो दुरीको सफल र लाभदायक यात्रा हुनेछ । कुनै न् कुनै कुराले मनमा प्रसन्नता छाउने छ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । कुटुम्बको सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

कृषिकर्म र व्यावसायिक काममा पनि प्रशस्त फाइदा हुनेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । न्यायिक कार्यमा पनि सफलता मिल्नेछ । धार्मिक यात्राको सम्भावना रहेको छ। मध्य सातामा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । दाम्पत्य जीवनमा एक किसिमको निरासता आउन सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

यो हप्ता सामाजिक प्रतिष्ठा कमाउन सकिनेछ । प्राविधिक र कृषिका काममा सफलता मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । धार्मिक कार्य र तीर्थाटनको योग पनि छ । मध्य सातामा सामान हराउन सक्छ । स्वास्थ्य प्रति पनि सजग रहनु पर्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । आकस्मिक लाभ र शुभ समाचार सुन्न पाइनेछ । प्रेम जीवन सुखद् रहनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । मध्य सातामा विचार पुर्याएर निर्णय लिनु राम्रो होला । स्वास्थ्य प्रति पनि सजग रहनु पर्छ । 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

यो साता विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । आज घर परिवारमा झैझमेलाको अवस्था आउला । मङ्गलवारबाट मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो साता नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । धर्म, कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शेयर बजारको क्षेत्र पनि मजबुत नै हुने देखिन्छ । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।