• बिहीबार, १३ बैशाख, २०८१
  • ०५:२७:४७

नङ र कपाल काट्दा किन दुख्दैन ?

  • Netizen Nepal
  • शनिबार, ३२ असार, २०७९- १३:३४:००/ Saturday 07-16-22

नेटिजन संवाददाता 
काठमाडौँ, ३२ असार । नङ र कपाल मानिसको जिवानाकालभरि नै बढिरहन्छ । नङ र कपाल नै हामी बेलाबेला काटछाँट गरिरहन्छौं । शरीरको अन्य अंगमा सानो चोट लाग्दा पनि दुख्छ तर नङ र कपाल काट्दा पनि दुख्दैन ।  यस्तो किन हुन्छ ?

शरीरविज्ञानको दृष्टिकोणले हेर्ने हो भने कपाल र नङमा ज्यान नहुनाले यसो भएको हो । कपाल र नङ मृत कोशिकाबाट बनेका हुन्छन् । त्यसैले तिनलाई काट्दा दुख्दैन । तर कपाल पूरै मृत कोशिकाबाट बनेको भएपनि नङ चाहिँ यसो पनि होइन । 

तपाईंले याद गर्नुभएको होला, बढेको नङ काट्दा मात्र पीडा नहुने हो तर छालासँग टाँसिएको नङमा चोट लागेमा वा भाँचिएमा पीडा हुन्छ ।

पूरै नङ मृत कोशिकाबाट नबनेको बरू बढेका नङ मात्र मृत कोशिकाबाट बनेका हुनाले नदुखेको हो । छालासँग जोडिएका नङ चाहिँ जीवित कोशिकाबाट बनेको हुनाले त्यसमा चोट लाग्दा हामीलाई दुख्छ । एजेन्सी ।