• बिहीबार, २० बैशाख, २०८१
  • ०३:२९:१५

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?-

  • Netizen Nepal
  • आइतबार, १५ श्रावण, २०७९- १२:०५:००/ Sunday 07-31-22

नेटिजन संवाददाता 
काठमाडौँ, १५ साउन। साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९५ हजार ६ सय रुपैंयामा कारोबार भएको छापावाला सुन आज प्रतितोला ८ सय रुपैंयाले बढेर ९५ हजार ८ सय पुगेको छ। 

त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९५ हजार ३ सय रुपैंयामा कारोबार भईरहेको छ। 

यसैगरि, आइतबार चाँदीको मूल्य भने स्थिर छ। शुक्रबार प्रतितोला १२ सय २० रुपैंयामा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भएको महासंघले जनाएको छ।