• शुक्रबार, १४ बैशाख, २०८१
  • ११:४१:०३

धुमधामसंग मनाइयो गाईजात्रा (फोटोफिचर) 

  • Netizen Nepal
  • शुक्रबार, २७ श्रावण, २०७९- १५:५२:००/ Friday 08-12-22

नेटिजन संवाददाता 
काठमाडौँ, २६ साउन । हरेक वर्ष दिवंगत आफन्तको सम्झनामा मनाइने गाईजात्रा पर्व यसवर्ष पनि धुमधामका साथ् मानिएको छ । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाउने गरिन्छ ।  


राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक तथ्य छ । 

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यंग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको भनिने गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । तस्बिर: रासस ।