• मंगलबार, १ असोज, २०८१
  • १२:४०:०७

कुखुरा पहिला कि अन्डा ?

काठमाडौँ । हामीले सानैदेखि सुन्दै आएको एउटा सवाल कुखुरा पहिले कि अण्डा ? यो प्रश्नले धेरै मानिस झुकिन्छ्न । तर लामो अध्ययन र अनुसन्धानपश्चात बैज्ञानिकहरुले यसको उत्तर पत्ता लगाएका छन।

युकेका शेफील्ड र वारविक यूनिभर्सिटीका प्रोफेसरले ‘कुखुरा पहिले कि अण्डा’ ? सवालको उत्तर खोज्नका लागि धेरै खोज तथा अनुसन्धान गरे। लामो खोजपछि उनीहरुले संसारमा पहिले कुखुरा आएको र त्यसपछि मात्र अण्डा आएको पत्ता लगाए। कुखुरा बिना अण्डा पैदा हुन सक्दैन। अण्डाको खोलमा ‘ओवोक्लाइडिन’ नामक प्रोटिन हुन्छ जुनबिना अण्डाको खोल बन्न नसक्ने बैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ।

यो प्रोटिन कुखुराको पाठेघरमा मात्रै बन्ने गर्छ। त्यसैले कुखुराको पाठेघरबाट निस्कने यो प्रोटिनलाई अण्डा उत्पादनमा प्रयोग नगरेसम्म अण्डा बनाउन सकिँदैन। त्यसकारण संसारमा पहिले कुखुरा आयो र त्यसपछि अण्डा ।

जब यो संसारमा कुखुरा आयो, तब उसको पाठेघरमा ओवोक्लाइडिन बनेको थियो, त्यसपछि यो प्रोटिन अण्डाको खोलमा पुग्यो । संसारमा कुखुरा पहिले आयो कि अण्डा भन्ने प्रश्नले मानिसलाई लामो समयदेखि सताईरहेको थियो। तर वैज्ञानिकहरुको लामो खोजका कारण मानिसले यसको प्रश्नको भ्रमलाई केहि हदसम्म चिर्न सफल भएका छन ।