• बिहीबार, १३ बैशाख, २०८१
  • ०९:५९:५७

सबै बैंकहरुको ब्याजदर १० प्रतिशतलले बढ्यो 

  • Netizen Nepal
  • शनिबार, १ असोज, २०७९- ११:२५:००/ Saturday 09-17-22

नेटिजन संवाददाता 
काठमाडौँ, १ असोज । आजदेखि बैंकहरुले निक्षेपको ब्याजदर बढाएका छन् । बैंकहरुले ६ महिनापछि असोज महिनाका लागि निक्षेपको ब्याजदर बढाएका हुन् ।

सबै वाणिज्य बैंकहरुको मुद्दती निक्षेपको ब्याजदरमा औसतमा १० प्रतिशतले बढेको छ । जसअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२ दशमलव १३ प्रतिशत, संस्थागतमा १० दशमलव १३ र रेमिट्यान्समा १३ दशमलव १३ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

केही वाणिज्य बैंकहरुले भने ३ महिनासम्मको व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव ०३ प्रतिशत, संस्थागतमा १० दशमलव ०३ प्रतिशत र रेमिट्यान्समा १३ दशमलव ०३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

यस्तै, विकास बैंकहरुले ब्याजदर बढाएका छन् । विकास बैंकहरुले ब्याजदर बढाएर व्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म र संस्थागत मुद्दती खातामा ११ प्रतिशतसम्म ब्याज दिने भएका छन् । फाइनान्स कम्पनीहरुले पनि व्यक्तिगत मुद्दती निक्षेपमा १३ दशमलव ४७ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ११ दशमलव ४७ प्रतिशतसम्म ब्याजदर दिने भएका छन् ।