• आइतबार, ११ मङ्सिर, २०७९
  • ११:५७:४०

समानुपातिक प्रणालीबाट यसरी छानिन्छन् सांसदहरु

  • Netizen Nepal
  • सोमबार, ५ मङ्सिर, २०७९- १८:०८:००/ Monday 11-21-22

नेटिजन संवाददाता 
काठमाडौँ, ५ कात्तिक । समानुपातिक प्रतिनिधित्व प्रणाली भनेको कुनै दलले निर्वाचनमा प्राप्त गरेको मतको हिस्साको अनुपात बरावरको स्थानमा निर्वाचित हुने प्रणाली हो । यस प्रणाली एकभन्दा बढी स्थान हुने क्षेत्रमा मात्र लागू गर्न सकिन्छ । एकमात्र स्थान भएको अवस्थामा समानुपातिक तरिका विभाजन गर्न सकिंदैन । त्यस्तो अवस्थामा यो प्रणाली लागू हुन सक्दैन । 

यो प्रणालीमा मतदातालाई राजनैतिक दललाई छनौट गर्न पाउने अवसर प्राप्त हुन्छ । यो प्रणाली प्रतिनिधिमूलक विधायिका स्थापना गर्न सहयोगी सिद्ध भएको छ । स-साना दलहरुले पनि प्राप्त गरको मतको अनुपातमा आफ्ना तर्फवाट प्रतिनिधि पठाउन सक्छन् । प्रतिनिधित्व प्राप्त गर्नका लागि मतको न्यूनतम सीमा (Threshhold) तोकिएको हुन्छ र न्यूनतम सीमासम्म मत प्राप्त गर्ने दलले आफ्नो प्रतिनिधि विधायिकामा पठाउन सक्षम हुन्छन् । यस्तो न्यूनतम सीमा विभिन्न देशमा फरक फरक तोकिएको छ । जस्तो इजराइलमा यस्तो सीमा १.५१, जर्मनीमा ५१, छ भने सिचेलसमा १०% छ । नेपालमा भने कुल मत (बदर मतबाहेक)को ३ प्रतिशत तोकिएको छ ।  

समानुपातिक प्रतिनिधित्व प्रणालीका फाइदाहरू

  • मत कम खेर जाने
  • राज्यको जनसंख्या को बनोट अनुसार महिला तथा पिचादिएको बर्ग, क्षेत्र, अल्प संख्याक र जनजातिको प्रतिनिधित्व हुने
  • राजनैतिक दललाई बलियो बनाउने
  • चुनावमा भाग लिने अधिकांश राजनैतिक दलहरूको प्रतिनिधित्व हुने

बेफाइदा

  • कोटा बमोजिमको उम्मेदवारी दिन र पहिचान गर्न कठिन हुने
  • मतबाट सिटमा रुपान्तरण गरिने जटिल प्रक्रिया
  • उम्मेदावार र जनता बीचाको प्रत्यक्ष सम्बन्ध नरहने
  • उम्मेदवारको सूचीमा राजनैतिक दलको नियन्त्र हुने हुँदा जनताको भन्दा दलको छनोट प्राथमिकतामा पर्ने

यो प्रणाली अन्तर्गत दुई प्रणाली प्रमुख छन् ।  

सूचीमा आधारीत समानुपातीक प्रतिनिधित्व (List Proportional Representation System)
एकल संक्रमणीय मत प्रणाली (Single Transferable Vote System)

सूचीमा आधारित समानुपातिक प्रतिनिधित्व

यस प्रणाली अनुसार वहुसदस्य निर्वाचन क्षेत्रमा प्रत्येक दलले आफ्नो दलको तर्फवाट उठाइएका उम्मेदवारहरूको सूची पेश गर्दछन् । उम्मेदवारको आधारमा भन्दा पनि मतदाताहरुले दललाई मत दिन्छन् । दलले प्राप्त गरेको कूल मतको अनुपातको आधारमा स्थान निर्धारण गरिन्छ र सूचीमा रहेका प्राथमिकताको क्रमअनुसारका उम्मेदवार निर्वाचित घोषित गरिन्छ । मतगणना गरीसकेपछि स्थानको वाँडफाँडको लागि "उच्च औषत" वा "अधिक शेष” विधि अपनाइने गरिन्छ । प्रतिनिधित्वको लागि न्यूनतम सीमा तोकिने गरेको पाइन्छ । जस्तो टर्कीमा न्यूनतम सीमा बिन्दु १०% प्रयोग गरिएको छ । यस्तो अवस्थामा साना दलहरुको प्रतिनिधित्व कम हुने देखिन्छ भने इजरायलमा प्रयोग गरेको १.५%, न्यूनतम सीमाको आधारमा सानादलहरुको प्रतिनिधित्वलाई सम्बोधन गरेको पाइन्छ।

सूचीमा आधारित समानुपातिक प्रतिनिधित्व प्रणालीमा मतदाताहरुलाई सूचीमा रहेका उम्मेदवार तथा पार्टीगत आधारमा छनौट गर्न सक्ने विकल्पहरु दिएको पाइन्छ । उम्मेदवारको सूची खुला, बन्द तथा स्वतन्त्र गरी तीन विकल्पहरु प्रयोगमा आएको पाइन्छ । सूचीमा आधारित समानुपातिक प्रतिनिधित्व प्रणाली प्रयोग गर्ने अधिकांश मुलुकले बन्द सूची लागू गरेको छन् । यस प्रणालीमा मतदाताले उम्मेदवार छनौट गर्न पाउने अवसर पाउँदैनन्, दलको मात्र छनौट गर्न सक्छन् । दललाई प्राप्त मतको आधारमा बाँडफाड भएको स्थानमा दलका नेताहरुले पूर्व निर्धारण गरेको सूची अनुसारको प्राथमिकता क्रमका उम्मेदवार निर्वाचित हुन्छन् । यस प्रणालीमा विभिन्न जात, जाति र पिछडिएका वर्ग र महिलाहरुलाई पनि समावेश गर्न सकिन्छ । दक्षिण अफ्रिकामा वन्द सूची प्रणाली प्रयोग गरेको मतपत्रमा दलको नाम, निर्वाचन चिन्ह तथा दलको नेताको तस्बीर राखिन्छ तर उम्मेदवारको नाम समावेश गरिंदैन ।

एकल संक्रमणीय मत प्रणाली

यो प्रणालीको प्रयोग बहुसदस्यीय निर्वाचन क्षेत्रमा प्रयोग गरेको पाइन्छ । यस प्रणालीमा मतदाताहरुले उम्मेदवारहरुलाई वैकल्पीक मत प्रणालीमा जस्तै प्राथमिकताको क्रम जनाइ मतदान गर्दछन् । यो प्रणालीमा मतदाता एउटै मात्र उम्मेदवारलाई प्राथमिकता जनाउने वा सबैलाई वा केहीलाई मात्र भन्ने रोज्न पाउने अवसर प्रदान गरिएको हन्छ । पहिलो प्राथमिकताका कुल मत भिडान गरी एक उम्मेदवारको लागि कति मत आवश्यक पर्दछ, सो को कोटा निर्धारण गरी मतगणना गरिन्छ । कोटा निर्धारणको लागि डुप कोटा प्रणाली प्रयोग गरिन्छ । पहिलो प्राथमिकताको मत गणना गरी निर्धारित कोटा संख्या वरावर वा सोभन्दा वढी मत प्राप्त गर्ने लाई तत्काल विजयी घोषित गरीन्छ ।