• आइतबार, ११ मङ्सिर, २०७९
  • १०:२६:०६

ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

  • Netizen Nepal
  • बिहीबार, ८ मङ्सिर, २०७९- १३:३५:००/ Thursday 11-24-22

नेटिजन संवाददाता 

काठमाडौँ, ८ मङ्सिर। काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको आज बिहान मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।