• शनिबार, १ मङ्सिर, २०८१
  • ०५:१९:१५

लाटोकोसेरोका रोचक तथ्यहरु 

काठमाडौँ । लाटोकोसेरो एक किसिमको चरो हो। यसले सानासाना जनावरहरूको शिकार गर्ने गर्दछ। लाटोकोसेरो दिनमा एकैठाउँमा बसिरहने र राती मात्र शिकारमा निस्कन्छ । लाटोकोसेरोलाई संस्कृत भाषा उलूक, धूक, दिवान्ध इत्यादि भनिन्छ। 


लाटोकोसेरोको आँखा खप्परमा टाँसिएका र स्थिर हुन्छन् । अनि विशेष तेजिलासमेत पाइन्छन् । यिनीहरूको घाँटी लचिलो हुने भएकोले यताउती हेर्नुपर्दा यिनीहरू घाँटी नै घुमाएर व्यापकतासाथ हेर्ने काम गर्दछन् । दिनमा आँखा नदेखेपनि यस चरोले रातमा चाहिँ जस्तोसुकै अँध्यारोमा पनि आँखा देख्दछ ।

यसको श्रवण शक्ति पनि दिनमाभन्दा रातमा बढी हुन्छ । त्यसैले यस जातका चराहरू रातमा सिकार गर्न ज्यादै चलाख र सिपालु मानिन्छन् । अतः यिनीहरू आफ्नो आहारा राती राती यताउता डुली जुटाउँछन् । मांसाहारी भएकोले यिनको आहारा चरागुरुङ्गीका सा-साना बचेरा, किराफट्याङ्ग्रा,मुसा तथा पशुमांससमेत हो । उडाइमा यी बेगवान् मानिन्छन् । लाटोकोसेरोको प्वाँख नरम, मुलायम र मिहिन हुन्छन् ।

 लाटोकोसेरोका बारेमा धेरै रोचक तथ्यहरु छ जानीराखौं:
–    विश्वमा दुई सयभन्दा बढी प्रजातिका उल्लुहरू पाइन्छन् । 
–    यो एक मात्र पन्छी हो जसले नीलो रंग देख्न सक्छ । 
–    लाटोकोसेरो दिउँसो देख्न सक्दैन। यसले राति मात्रै प्रस्टसँग देख्न सक्छ । 
–    यसले आफ्नो गर्धन २७० डिग्रिसम्म घुमाउन सक्छ । 
–    लाटोकोसेरोले एक वर्षमा १ हजाभन्दा बढी मुसा खान्छ । 
–    यसले कुनै पनि वस्तुको थ्रीडी इमेज देख्न सक्छ । कुनै पनि वस्तुको लम्बाइ, उचाइ चौडाइ यसले छुट्याएर हेर्न सक्छ । 
–    यसको आँखा यताउती हल्लिँदैन। त्यसको सट्टा यसले टाउको नै घुमाएर हेर्छ । 
–    उल्लुको आँखा उसको वजनको लगभग ५ प्रतिशत जत्रै हुन्छ। अथवा धेरै ठूलो हुन्छ । 
–    पृथ्वीमा ६ करोड वर्ष पुरानो लाटोकोसेरोको जिवाश्म भेटिएको छ । 
–    यो अन्टार्कटिका बाहेक संसारका सबै ठाउँमा पाइन्छ । 
–    लाटोकोसेरोलाई बुद्धि र समृद्धिको प्रतीक मानिन्छ । 
–    हिन्दू धर्मअनुसार यो धनकी देवी लक्ष्मीको वाहन हो । 
–    यसको कान संवेदनशील हुन्छ। जसको सहायताले यसले शिकार पत्ता लगाउँछ । 
–    लाटोकोसेरोको आयु लगभग २० देखि २५ वर्षको हुन्छ । 
–    यसको पँखेटा चौडा हुन्छ। त्यसैले यो उड्दा खासै आवाज आउँदैन ।