• बुधबार, २६ बैशाख, २०८१
  • १०:३८:०७

मन्त्रिपरिषद् बैठक अपरान्ह ४ बजे बस्ने 

  • Netizen Nepal
  • सोमबार, २३ माघ, २०७९- ०८:२४:००/ Monday 02-06-23

नेटिजन संवाददाता 
काठमाडौँ, २३ माघ । नेपाल सरकार मन्त्रिपरिषदको बैठक आजलाई बोलाइएको छ । बैठक अपरान्ह चार बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी मन्त्री फिर्ता भएपछि यो बैठक बोलाइएको हो । 

रवि लामिछानेको गृहमन्त्री पद गुमेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँगै गृहमन्त्रालयसहित वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय छन् । 

आइतबार रास्वपाका शिक्षा, विज्ञान तथा प्रविधिबाट शिशिर खनाल र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयबाट डोरप्रसाद अर्याल तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए। उनीहरूको राजीनामापछि कसलाई के जिम्मेवारी भन्ने तोकिएको छैन ।