करेन्ट लागेर एकजनाको मृत्यु
- Netizen Nepal
- आइतबार, २८ फाल्गुण, २०७९- १७:४७:००/ Sunday 03-12-23

नेटिजन संवाददाता
काठमाडौँ, २८ फागुन। सुनसरीको कोशी गाउँपालिका-७ यादव टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० बर्षीय निरञ्जन यादव रहेका छन् ।
आज दिउँसो साढे १२ बजे आफ्नै मकै बारीमा मोटरबाट पानी लगाउने क्रममा मोटरबाट करेन्ट लागेर यादवको मृत्यु भएको र त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।