• शनिबार, १२ श्रावण, २०८१
  • ०९:१८:२९

गगन थापाले तिरे रु १५ हजार जरिवाना

  • Netizen Nepal
  • बिहीबार, ११ श्रावण, २०८०- १५:१३:००/ Thursday 07-27-23

नेटिजन संवाददाता  

काठमाडौं, ११ साउन । पछिल्लो समयमा निर्वाचन आयोगले चुनावका उमेद्वारहरुको खर्च विवरण सार्वजनिक नगरेको भन्दै तोकेको जरिवानाका सम्बन्धमा पक्ष विपक्षमा तर्कहरु आइरहेका छन् । यसै सन्दर्भमा नेपाली कांग्रेका महामन्त्री तथा काठमाडौं निर्वाचन क्षेत्र नं ४ का सांसद गगन थापाले पुनः निर्वाचन खर्च विरण सार्वजनिक गर्दै निर्वाचन आयोगलाई विवरण बुझाउँनुभएको छ ।   निर्वाचन खर्च विवरण सार्वजनिक नगरेकाहरूको नाम आयोगले  सार्वजनिक गरेपछि उहाले  १५ हजार जरिवाना तिर्नुभएको हो।  

निर्वाचन खर्च विवरण पहिले नै आयोगलाई बुझाएर सार्वजनिक गरिसकेको तर आयोगले सुचना जारि गरे पछि  जरिवाना तिरेर  पुनः सार्वजनिक गर्नुभएको छ।  उहाले  निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसके र  विवरण सार्वजनिक पनि भएको  तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी आफुलाई नभएको कुरा  सामाजिक सञ्जालमा लेख्नु भएको छ।   १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराएको उल्लेख गर्नुभएको छ।  थापाले सार्बजनिक गरेको विवरणमा २३ लाख ४२ हजार ७ सय ६८ रुपैया खर्च भएको उल्लेख छ।  १० शिर्षकमा गरिएको खर्च मध्ये सबै भन्दा बढी छपाइमा १० लाख बढी खर्च भएको उल्लेख छ।