• शनिबार, १२ श्रावण, २०८१
  • ०८:२७:२३

कम्युनिस्ट संगठनको सचिव भएका वि. पी.ले कसरी शुरु गरे कांग्रेसको समाजवाद ?

  • Netizen Nepal
  • शनिबार, १६ भदौ, २०८०- १२:०२:००/ Saturday 09-02-23

नेटिजन सम्बाददाता

काठमाडौं,१६ भदौ । बम्बई यात्राको क्रममा भारतीय कम्युनिष्ट पार्टीका संस्थापक नेता श्रीपाद डांगेसँग रेलमा भएको भेट वि.पी.कोइरालाको वैचारिक धरातलमा एउटा घटना थियो ।

लामो रेलयात्रामा किशोर सहयात्रीको परिचय पाएपछि उनले विशेष उत्सुकताका साथ् ब्रिटिश साम्राज्यवादसँग संघर्ष गर्न “वैचारिक विकास” को आवश्यकता भएको र यसका लागि “सैद्धान्तिक दृढता” प्राप्त गर्न समाजवादी साहित्यहरु पढ्नुपर्ने आवश्यकता छ भन्ने कुराका लागि अनेक विश्व घटना तथा घटनाक्रमको रोचक वर्णन गरेका थिए । उनले विपिलाई माक्र्सवादी साहित्य, माक्र्सको पूँजी, कम्युनिष्ट मेनिफेस्टो (घोषणा), एन्जेल्सका कृति पढ्न समेत आग्रह गरेका थिए । 
सयौं वर्षदेखिको वैचारिक विकासको निचोडलाई माक्र्सले बैज्ञानिक तरिकाले प्रस्तुत गरेका थिए । उनले आफूभन्दा पहिलेका विचारक तथा विद्वानहरुलाई काल्पनिक संज्ञा दिएर नै बैज्ञानिक समाजवादको चिन्तन प्रस्तुत गरेको दावा गर्दै त्यसैलाई नै पूर्ण दर्शन भनेका थिए ।

वि.पी. कोइराला काशी हिन्दु विश्वविद्यालयमा पढ्न थालेपछि प्रखर कम्युनिष्ट देवकान्त वरुवा र राजेश्वररावहरुसित मिलेर एक विद्यार्थी संगठनको केन्द्र खोलेर कोइराला त्यसको सचिव बने । भारतको राजनीतिमा अहिंसाका पुजारी महात्मा गान्धीको सरल र शीतल नेतृत्वको उदय भयो । दुवै स्थितिको तुलनात्मक विश्लेषण गर्न सक्ने क्षमतावान कोइराला गान्धिजीबाट प्रभावित मात्र भएनन् उनको कम्युनिष्टप्रतिको मोलसमेत भङ्ंग भयो । 

सन् १८४८ मा प्रकाशित उक्त घोषणापत्र पश्चात विश्वव्यापी रुपमा यसको समर्थन र विरोध निरन्तर चलेर हलचल पैदा भएको थियो । यसरि बम्वई यात्राबाट बनारस फर्केपछि विपिमा समाजवादी समाजको निर्माण गर्ने लामो वैचारिक यात्राको शुभारम्भ भयो ।

सन् १९३४ तिर भारतको राजनीतिमा समाजवादीहरू जयप्रकाश नारायण, आचार्य नरेन्द्रदेव, डा.राममनोहर लोहिया जस्ता युवाहरु मिलेर “कांग्रेस सोसलिष्ट पार्टी” को स्थापना गरिसकेका थिए । जसमा एउटा सदस्यका रुपमा विपिले प्रवेश गरी ब्रिटिस साम्राज्यवादलाई भारतीय उपमहाद्विपबाट हटाई स्वाधीनता आन्दोलनमा समेत सक्रियता देखाए ।  

वी.पी. को उक्त सदस्यता सन् १९४९ मा नेपाली राष्टिय कांग्रेसको स्थापना भैसकेपछि अन्त्य भयो । यस दौरानमा भारतीय नेताहरुसँगै उनि जेल परे । । जहाँ डा.राजेन्द्रप्रसाद, जगजीवनराम लगायतका अन्य धेरै ठूला स्वतन्त्रता सेनानीहरुसमेत राखिएका थिए । यस समयमा उनि आफैले अनुभव गर्न थाले कि भारतीय स्वतन्त्रता संग्रामको मूल आधारमा “गान्धीजीको नैतिकता र आचारशास्त्र” रहेको थियो । अनि महात्मा गान्धीको नैतिक आकाशमा कोइराला सहरर्का  समाजवादीहरूको चिन्तन पद्घति’ नौलो किसिमको ब्युझियो ।

कोइराला माक्र्सवादी थिए ।  माक्र्सवादको आर्थिक पक्षलाई वी.पी.ले धेरै कालसम्म स्वीकार गरे तापनि यसको राजनीतिवारे भने अंसदिग्ध रुपले (यसै समयतिरै) निश्चित भैसकेका थिए । अर्थात् विपिमा आर्थिक क्रान्तिका लागि स्वाधीनता, स्वतन्त्रता र प्रजातन्त्र अपरिहार्य रहन्छ वा लोकतान्त्रिक वातावरणमा नै सहि अर्थमा समाजवादी समाजको निर्माण गर्न सकिन्छ भन्ने निष्कर्ष थियो ।  

कम्युनिष्ट संगठनको सचिवमा वि.पी.

 राणाहरुको अत्याचारबाट बच्न १२ वर्ष लामो पारिवारिक निर्वासन जीवन वनारसमा बिताएका कृष्णप्रसाद कोइरालाको परिवारमा द्वितीय पुत्र  वि.पी. कोइराला काशी हिन्दु विश्वविद्यालयमा पढ्न थालेपछि प्रखर कम्युनिष्ट देवकान्त वरुवा र राजेश्वररावहरुसित मिलेर एक विद्यार्थी संगठनको केन्द्र खोलेर कोइराला त्यसको सचिव बने ।

त्यो भारतको कम्युनिष्ट पार्टीको एक प्रकारको गर्भावस्था समेत थियो । विश्व राजनीतिमा फ्रान्सको राज्यक्रान्ति, अमेरिकी स्वतन्त्र सङ्ग्राम, रुसी क्रान्तिको  प्रभाव समस्त विश्वभरमा परिवर्तन चाहनेहरुका लागि प्रेरक घटनाहरु थिए । जसबाट भारतीय उपमहाद्वीपमा पनि क्रान्तिकारी युवाहरुमा एउटा सैद्घान्तिक वैचारिक शङ्ृंखलाको प्रेरक प्रसङ्ंग बनेका थिए । 

 त्यसैबीच रुसमा लेनिनपछि स्टालीनको हातमा शासन सत्ता गयो र उनी त्यहाँका कम्युनिष्ट शासक बनेपछि भयानक व्यक्ति हत्याको शृंङ्खला चल्यो र विरोधी विचार राख्ने कम्युनिष्टहरु समेत खोजि– खोजि मारिन थाले । यसप्रकार व्यक्तिहत्याबाट साम्राज्यवादका विरुद्ध रुसीक्रान्तिबाट प्रेरित विचारलाई ठूलो धक्क लाग्यो ।

त्यसैबीच भारतको राजनीतिमा अहिंसाका पुजारी महात्मा गान्धीको सरल र शीतल नेतृत्वको उदय भयो । दुवै स्थितिको तुलनात्मक विश्लेषण गर्न सक्ने क्षमतावान कोइराला गान्धिजीबाट प्रभावित मात्र भएनन् उनको कम्युनिष्टप्रतिको मोलसमेत भङ्ंग भयो । 

यस्तै अनेकन् नेपाली युवाहरुमा पनि त्यसै प्रकारको भावना विकास हुनु स्वभाविक थियो । तर ती विश्व घटनाहरुले परिवर्तनगामीहरुमा व्यापक प्रेरणाको लहर पैदा मात्र गरेर्न  अन्तर्राष्ट्रिय दृष्टिकोण’को सृजना समेत गराएको छ । यसरी सन् १९४७ मा वनारसमा नेपालीहरुको पहिलो राजनीतिक उद्देश्यको सङ्गठनका रुपमा “अखिल भारतीय नेपाली राष्टिय कांग्रेस” को स्थापना भयो, जुन पछि गएर “नेपाली राष्ट्रिय कांग्रेस” का रुपमा विकसित भयो । 

समाजवादको संस्थागत धरातल 

नेपाली राष्ट्रिय कांग्रेस स्थापना एउटा ऐतिहासिक कदम थियो, जसले  कलकत्तामा सम्पन्न प्रथम सम्मेलन गरी देशव्यापी रुपमा एउटा राष्ट्रिय दृष्टिकोण राखेर्र राजनैतिक परिवर्तन’ का लागि कम गर्न थाल्यो ।

 तर राणा शासकहरुका दृष्टिमा यस प्रकारका संगठनहरुप्रति कस्तो दृष्टिकोण रहेको थियो भन्ने कुरा काठमान्डौमा स्थापित “नेपाल प्रजापरिषद्” का सम्बन्धमा  प्रधानमन्त्री श्री ३ जुद्घशम्शेरले “ निचजातका हिन्दुस्तानका सोसलिष्टहरुसँग मिलि” नेपालमा परिवर्तन खोज्ने आरोप लगाएकोबाट पनि स्पष्ट हुन्छ । झन् सशक्त देशव्यापी संगठनको लक्ष्य राखेर गरिएको नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाले उनिहरु अझ क्रुद्घ भए ।

वेलायतमा स्थापिर्त फेवियन सोसाइटी’ का समाजवादीहरूले समाजवादमा प्रजातन्त्र सम्भव छ भनेर वैचारिक शृंखला चलाए जसको अध्ययन पनि वि.पी.ले गरे । यस सोसाइटीले प्रजातान्त्रिक उपायद्वारा वेलायतमा समाजवादको भविश्य रहेको प्रमाणित गरिदिए धेरै युवाहरुलाई आकर्षित गरि कम्युनिष्टको एकोहोरो प्रचारबाट जोगाएको थियो । त्यसले पनि उनलाई प्रजातन्त्र र समाजवादसँगै अटाउन सक्दछन् भन्ने कुरामा बल थपेको थियो।

जब जब परिवर्तनकारीहरुको राणाविरोधी गतिविधि बढ्थ्यो र त्यसको प्रभाव जनमानसमा पर्दथ्यो । अनि जनतालाई तर्साउन सरकारले कांग्रेसविरोधि प्रचारसमेत गर्दथ्यो । त्यस्तै प्रचारलाई जवाफ दिँदै नेपाली राष्ट्रिय कांग्रेसद्व्रारा तत्कालीन महामन्त्री के.पी. उपाध्याय (कृष्णप्रसाद भट्टराई) ले जारी गर्नुभएको प्रेस विज्ञत्ति (जनवरी ७, १९४९) प्रकाशित गरिएको थियो ।

जसमा “हाम्रा विद्वान देखिएका प्रचार अधिकृतले फ्रान्स, सोभियत संघ (रुस), आयारल्याण्ड, भियतनाम, इण्डोनेसिया र भारतको इतिहास पढ्नु (वुझुन्) भन्दै विश्वभरि उठेको परिवर्तनको लहरको उल्लेख गरिएको थियो । यसरी नेपालका प्रजातन्त्रकामि शक्तिहरुबीच विचार र चिन्तनको शृंखलामा  विश्वव्यापी दृष्टिकोणले प्रवेश गरिसकेको पाइन्छ ।

अंग्रेजी शासनका विरुद्घ र उपनिवेशवादी तहरले एसियाई मुलुकहरुका चेतनशील, वुद्घिजीवि एंव राजनेताहरुमा राष्ट्रहरुको मुक्ति र प्रजातान्त्रिक शासन व्यवस्थाको स्वप्नलोकीय परिकल्पनाले छाएको थियो । तर भारतीय उपमहाद्वीपमा चलेको राजनैतिक चहल पहलको लहर दुई परस्पर विरोधी तत्व विपरीत सिद्घान्त र विचारधारालाई लिएर उभिएको नेतृत्वमा विभाजित थियो ।

उदारवादीहरुको मत अनुसार अंग्रेजसँग मिलेर विस्तारै उनीहरुबाट शक्ति प्राप्त गर्दै जानुपर्छ, लडेर र जोरी खोजेर होइन भन्ने थियो । अर्को, जो अंग्रेजसंग मेल असम्भव देख्दथे, उनिहरु अंग्रेजलाई अत्याएरै लखेट्न सकिन्छ भन्दथे । 

नेपाली राष्ट्रिय कांग्रेस’ र नेपाल प्रजातन्त्र कंग्रेस’ को एकीकरण भएपछि “नेपाली कांग्रेस” को पूर्ण स्वरुप तैयार भयो । राजनैतिक पक्षबाट हेर्दा दुर्वै प्रजातन्त्र’ स्थापनाका लागि समर्पित भएकाले त्यस साझा उद्देश्यका लागि अलग–अलग पार्टी रहनु आवश्यक भएन । तर अर्को महत्वपूर्ण पक्ष प्रजातन्त्र प्राप्ति पश्चातका भावी कार्यक्रमलाई लिएर दुबैको साझा दृष्टिकोण स्पष्ट थिएन ।

शोषणबाट मुक्तिका लागि गाउँहरु आत्मनिर्भर हुनुपर्छ भन्दै गान्धी भन्थे – धरती (प्रकृति) हरेकको  आवश्यकता पुरा गर्नका निम्ति पर्याप्त छ । तर प्रत्येकको लालच पूरा गर्न होइन । यसरी उनले जीवनका हर क्षेत्रमा अहिंशा र परिवर्तनको एउटा नयाँ विचार दिएका थिए । प्रारम्भमा वि. पी. कोइराला सहिद भगतसिंह, चन्द्रशेखर आजाद जस्ता क्रान्तिकारीहरुबाट प्रभावित भएर पनि अन्ततः गान्धीको जनआन्दोलनबाट प्रभावित भए ।

 त्यस अघि वेलायतमा स्थापिर्त फेवियन सोसाइटी’ का समाजवादीहरूले समाजवादमा प्रजातन्त्र सम्भव छ भनेर वैचारिक शृंखला चलाए जसको अध्ययन पनि वि.पी.ले गरे । यस सोसाइटीले प्रजातान्त्रिक उपायद्वारा वेलायतमा समाजवादको भविश्य रहेको प्रमाणित गरिदिए धेरै युवाहरुलाई आकर्षित गरि कम्युनिष्टको एकोहोरो प्रचारबाट जोगाएको थियो । त्यसले पनि उनलाई प्रजातन्त्र र समाजवादसँगै अटाउन सक्दछन् भन्ने कुरामा बल थपेको थियो।

समाजवादको नेपालीकरण 

सदियौं लामो सामन्ती व्यवस्थाको शोसणबाट पिल्सिएको नेपालका लागि समाजवादी मार्ग अपरिहार्य देखेर पनि विपि प्रजातन्त्रलाई जीवनको पद्घति बनाउनुपर्छ भन्ने विचारबाट उत्पेरित थिए । यसैगरी नेपालका लागि समतामूलक समाजको निर्माणका लागि पहिलो शर्त राणा हुकुमी शासनको जंजीर चुडाँलेर प्रजातन्त्र ल्याउनु नै हो भन्ने कुरामा पनि विश्वस्त थिए वि.पी.।  

नेपाली राष्ट्रिय कांग्रेस’ र नेपाल प्रजातन्त्र कंग्रेस’ को एकीकरण भएपछि “नेपाली कांग्रेस” को पूर्ण स्वरुप तैयार भयो । राजनैतिक पक्षबाट हेर्दा दुर्वै प्रजातन्त्र’ स्थापनाका लागि समर्पित भएकाले त्यस साझा उद्देश्यका लागि अलग–अलग पार्टी रहनु आवश्यक भएन । तर अर्को महत्वपूर्ण पक्ष प्रजातन्त्र प्राप्ति पश्चातका भावी कार्यक्रमलाई लिएर दुबैको साझा दृष्टिकोण स्पष्ट थिएन । यसप्रकार दुवैले वि.पी. कोइरालाका समाजवादी विचारहरुलाई स्वीकार गरे । त्यही संयुक्त शक्तिले जनक्रान्तिका लागि वि.पी. कोइराला स्वयम्ले  ड्राफट  गरेको “सन् १९५० को घोषणापत्र” लाई अनुमोदन गरेको थियो।  

केवल नेपाली राष्टिय कांग्रेस देशमा समतामूलक, न्यायपूर्ण अर्थव्यवस्थाका लागि संकल्पकृत थियो । यसैले प्रजातन्त्र कांग्रेसले सहमती जनाउनु र त्यस  संकल्पलाई सच्चाएर मात्र एकीकरणमा सम्मिलित हुने शर्त नराख्नु महत्वपूर्ण देखिन्छ । किनभने प्रजातन्त्र कांग्रेस सम्पन्न राणावर्ग, जो सत्तापक्षका राणावर्गसँग असन्तुष्ट थिए, को पूर्ण पहल र सङ्गठनका लागि गरिएको आर्थिक संकलनबाट जन्मेका पार्टी  थियो ।

यसप्रकार दुवैले वि.पी. कोइरालाका समाजवादी विचारहरुलाई स्वीकार गरे । त्यही संयुक्त शक्तिले जनक्रान्तिका लागि वि.पी. कोइराला स्वयम्ले  ड्राफट  गरेको “सन् १९५० को घोषणापत्र” लाई अनुमोदन गरेको थियो जसमा निम्न प्रकारको भावना निहित थियो ।

  देशको उर्वर जमीन श्रमिक किसनाहरुसँग खोसी राणाशाहीका जीहजुरिया विर्तावाल एवम् जमीन्दारहरुमा बाँडिएको छ । देशको दयनीय स्थिति यति चरम सीमामा पुगिसकेको छ कि ७५ प्रतिशत पहाडी (दाजुभाईहरु) एकछाक अन्न र एउटा धरो पनि पाएका छैनन् । उद्योगधन्दाको साथै खेतीमा पनि आघात परेकोले १० हजार भन्दा बढी दाजुभाइहरु रोजीरोटीको खोजीमा भारत पस्दछन । फलत अहिले २ आर्थिक वर्ग शेष छन् – (१) शासकवर्ग जोसँग कुवेरको ढुकुटी छ । (२) गरिब प्रजा–जो प्रतिदिन लुटिदै छ ।   

घोषणापत्रको यस अभिव्यक्तिमा माक्र्सबादको पनि स्पष्ट छाप पाइन्छ ।  जुन माक्र्सले भने जस्त हुनेखान र गरिवहरुको उल्लेख भन्दा भिन्न अभिव्यक्ति जस्तो लाग्दैन । यसरि उक्त घोषणापत्र आद्योपान्त पढेपछि  अनुभव हुने भावना र मर्म समाजवादको अन्तर्निहित भावनासँग मेल खान्छ । यद्यपि त्यतिखेर्र समाजवाद’ शब्द मात्र परेको छैन । विपिले धेरै अनुभव, अध्ययन, अभिव्यक्ति र सिकाइबाट नेपालमा समाजवादको विजारोपण गरेको देखिन्छ । यहि विजारोपणबाट नै नेपाली कांग्रेसको समाजवाद जन्मिएको हो ।  

समाजवादको राजनीतिक धार   

नेपालको सन्दर्भमा समाजवादको महत्व विशिष्ट रहयो । नेपाली जनक्रान्ति पूर्वको अवस्थामा नेपाली राजनीतिमा दुइ धुव्र थिए । एकातिर राणाहरुको तानाशाही शासनको नेपाल थियो जसले नेपाललाई आधुनिक विश्वका गतिविधिहरुबाट अलग बनाएर एकांकीपनमा बाँच्न बाध्य नेपाल थियो । अर्कोतिर, राजा र जनता त्यस मध्ययुगिन सामन्ती व्यवस्थामा हुर्केका र साम्राज्यवाद तथा उपनिवेशवादको आडमा टिकेको दमनकारी व्यवस्थाका विरुद्ध आन्दोलन गर्न जुटेका थिए ।

वि.पी. को समाजवादी नेतृत्वलाई प्रारम्भमा नै विद्यार्थी गतिविधिद्वारा नै ठुलो समर्थन दिने साथि कृष्णप्रसाद भट्टराई थिए । उनि नेपाली कांग्रेसको प्रारम्भिक रुपरेखाको वीज(ल्गअभिगक) सङ्गठन नेपाली राष्ट्रिय कांग्रेसको प्रथम महामन्त्री थिए । 

राणा सरकार भन्दा जनआन्दोलनको पक्ष स्वाभाविकैले लोकप्रिय थियो । एकातिर यथास्थिति थियो र अर्कोतिर भविष्य थियो र त्यो भविष्यतिर संगठित बनाउँदै लैजाने काम प्रजातान्त्रिक समाजवादीहरुले गरेका थिए । यस महान अभियानमा सबैलाई समेटेर सर्वप्रथम आहवन तथा अपील (१९४६) गर्ने प्रमुख समाजवादी व्यक्ति वि.पी. कोइराला नै थिए ।

वि.पी. को समाजवादी नेतृत्वलाई प्रारम्भमा नै विद्यार्थी गतिविधिद्वारा नै ठुलो समर्थन दिने साथि कृष्णप्रसाद भट्टराई थिए । उनि नेपाली कांग्रेसको प्रारम्भिक रुपरेखाको वीज(ल्गअभिगक) सङ्गठन नेपाली राष्ट्रिय कांग्रेसको प्रथम महामन्त्री थिए । 

सन् १९४७ मा कलकत्तामा सम्पन्न त्यस पार्टीको प्रथम सम्मेलनमा देशभित्रबाट राणा शाहीको कठोर जेलबाट उम्केर सहभागी हुन् आएका  अर्का प्रखर युवा गणेशमान सिंह थिए । सिहंको क्रान्तिकारी चरित्र, प्रतिवद्घता र समर्पण नेपालको प्रजातान्त्रिक आन्दोलन र समाजवादी सिद्घान्तका लागि एउटा विशिष्ट प्रकारको थियो । अन्याय र अत्याचारका विरुद्ध लड्ने र सिद्धान्त र आदर्शका लागि हिमाल झैँ अडिग रहेर एउटा भरोसाका रुपमा वि.पी. कोइरालाको नेतृत्वलाइ (प्रवासमा,जेलमा र अनेकौं संकटहरुमा) साथ दिनु उहाँको विशेषता थियो । 

जब नेपाल प्रजातन्त्र कांग्रेससमेत मिलेर नेपाली कांग्रेस बन्यो (सन् १९५०) सुवर्ण शमशेर, सुर्यप्रसाद उपाध्याय जस्ता प्रखर व्यक्तित्वहरु सम्मिलित भएपछि उक्त अभियान झन बलियो भयो । सुबर्ण शमशेर सम्पन्न राणावर्गबाट प्रजातन्त्रका लागि अत्यन्त समर्पित मात्र नभई एक सुसंस्कृत चरित्रका विद्वानसमेत थिए,जसलाई अर्थशास्त्रको राम्रो ज्ञान थियो । साथै उच्चस्तरको प्रशासनिक एवम कुटनैतिक दक्षतासमेत थियो । यसका साथै जनक्रान्तिका लागि अत्यन्त आवश्यक योग्यता सैनिक शिक्षासमेत उनमा थियो । 

यस्तै कोइरालालाई पारिवारिक सहयोग पनि प्रचुर थियो जसमा गिरिजा प्रसाद कोइरालाले अन्यन्त जोखिमपूर्ण समाजवादी वर्मावाट नेपाली जनक्रान्तिका लागि हतियार भित्र्याउने र विराटनगर मजदुर हड्तालदेखि निरन्तर साथ रहेर सहयोग गरेका थिए । 

(यो सामाग्री रामचन्द्र पोखरेल द्वारा लिखित प्रजातान्त्रिक समाजवाद ऐतिहासिक रुपरेखा नामक पुस्तकमा आधारित छ ।)