• शनिबार, १२ श्रावण, २०८१
  • ०८:५१:२२

 कारागारको पर्खाल नाघेर कैदी फरार

  • Netizen Nepal
  • आइतबार, १७ भदौ, २०८०- १६:५६:००/ Sunday 09-03-23

नेटिजन सम्बाददाता

काठमाडौं,१७ भदौ । बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन् । कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर फरार भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान ३ बजे कारागारभित्रको भवनको छतमा चढेका अजित बुढाक्षेत्री अग्लो काँडेतार लगाएको पर्खालबाट हामफाली फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिनुभयो ।

२०७१ मा ठाकुरबाबा-८ का जोरासिंह थापाको हत्या अभियोगमा  बुढाक्षेत्री पक्राउ परेका थिए। बुढाक्षेत्री कर्तव्यज्यान मुद्दामा ३० वर्ष सजाय काटिरहेका बोहोराले जानकारी दिनुभयो । रासस।