• शुक्रबार, २८ बैशाख, २०८१
  • १२:५६:०८

प्लास्टिकजन्य फोहोर, ताप उर्जाको श्रोत 

काठमाडौं। पछिल्लो समय प्लास्टिक मानिसको दैनिकीको हिस्सा नै बनिसकेको छ । अनिवार्यदेखि विलासी आवश्यकतासंग समेत जोडिएको प्लास्टिकलाई एक दिनका लागि मात्र हटाइदिने हो भने पनि जीवन निकै असहज हुन जान्छ । खानेकुरा पकिङ्ग गरिने प्लास्टिकले लामो समयसम्म खानेकुरालाई सुरक्षित राख्छ तर ती प्लास्टिक वातावरणका लागि भने सबैभन्दा बढी हानिकारक हुन्छन । जुन न पुनः प्रयोग गर्न सकिन्छ, न सजिलै कुहिन्छ । त्यसैले ती फोहोरहरुलाई नदीनाला तथा डाँडा काँडामा अन्तिम विसर्जन गर्ने गरिन्छ । कालान्तरमा त्यो प्लास्टिकबाट जमिनमा  विभिन्न किसिमका रसायनहरु उत्पन्न भइ मानिस, जीवजनावरदेखि प्रकृतिमा समेत नराम्ररी असर पुर्याउँन थाल्छ । जथाभावी फोहोर फाल्ने तथा आगो बाल्नाले प्रदुषणको मात्रा बढ्दो छ । अहिले माइक्रो प्लास्टिकबाट सबैभन्दा बढी प्रदुषण बढीरहेको छ ।   ।  

नेपालमा दर्ता भएका झन्डै ८ सय  इट्टा उद्योगहरु छन्, जसले  इन्धनका रुपमा दाउरा र कोइला उच्च मात्रामा प्रयोग गर्छन । यस्ता उद्योगका लागि विदेशबाट वार्षिक करिब ५ अर्बको रुपैयाँको कोइला आयात हुन्छ । 

प्लास्टिकजन्य फोहरले विकराल रुप लिनुभन्दा अघि नै यसको न्यूनीकरण तथा व्यवस्थापनमा सबैले ध्यान पुर्याउन जरुरी छ । ती फोहोरहरुलाई डाँडा, काँडा र नदीनालामा छाडा छोडेर वातावारणिय स्थिति बिगार्न दिनुभन्दा उर्जा र इन्धनका रुपमा सदुपयोग गर्न सकिन्छ  । प्लास्टिकहरु पेट्रोलियम पदार्थबाट बन्ने भएकाले त्यसमा उच्च उर्जा रसायन हुन्छ ।  खेर जाने प्लास्टिकबाट  नयुनतम ८ प्रतिशत र अधिकतम १५ मिसाएर सडक पिच गर्न सकिन्छने प्रविधि पनि विकास भइसकेको छ । जसले गर्दा बाहिरी मुलुकबाट खरिद गरिने बिटोमिनको मात्रा समेत ८ देखि १५ प्रतिशत घटाउँन मद्धत पुग्छ ।  

पुनः प्रयोग नहुने यस्ता प्लास्टिकलाई प्रयोगमा ल्याउँने अर्को उपयुक्त तरिका भनेको Waste to energy (W2E) मध्ये रिफ्युज डिराइभ्ड फ्युल (पुनः प्रयोग गर्न नसकिने बस्तुलाई इन्धनको रुपमा प्रयोग गर्ने )  हो । यसो गर्दा प्लास्टिकले वातावरण र स्वास्थ्यमा पुर्याउने हानि कम हुन्छ भने कार्वन उत्सर्जनको मात्रा समेत उल्लेखनिय रुपमा घटाउँन सकिन्छ । त्यसैले नेपाल उर्जा तथा वातावरण नेपाल (CEEN ) केन्द्रले पुनः प्रयोग गर्न नसकिने खालका प्लास्टिक तथा फोहोरमा बल्ने पदार्थको समस्याको दिर्घकालिन समाधानका लागि विगत केहि वर्षदेखि विभिन्न अभियानहरुमार्फत सचेतना तथा अनुसन्धानका कामहरु गर्दै आएको छ । 


रिफ्युज डिराइभ्ड फ्युल
प्रयोग गरेर फोहोरको रुपमा फालिएको तर पुनः प्रयोग गर्न नसकिने प्लास्टिक तथा फोहोरमा पाइने बल्ने पदार्थ  सबैका लागि टाउको दुखाइको विषय बनेको छ । यसले वातावरणलाई पनि प्रदुशित बनाएको छ । तर यो प्लास्टिकलाई सदुपयोग गर्न सकिएका यसबाट उच्च आर्थिक लाभ लिदै वातावरणीय समस्या हल गर्न समेत सकिने संभावना पनि प्रसस्त छन् । यसमध्येको एउटा प्रविधि हो यसलाई रिफ्युज डिराइभ्ड फ्युलको रुपमा प्रयोग गर्ने । 

यस किसिमका ’रिफ्युज डिराइभड फ्युल’ पस्मिना उद्योग, सिमेन्ट उद्योगहरुमा प्रयोग गर्न सकिन्छ । त्यसैले खेर जाने प्लास्टिक संकलन गरि त्यसको सदुपयोगका लागि एउटा ठुलो उद्योग नै खोलेर पनि चलाउन सकिने सम्भावना  छ ।

 

रिसाइकल  हुने प्लास्टिकहरु ७ किसिमका हुन्छन् भने दैनिक जिवनमा बढी प्रयोग हुने पनि यीनै ७ प्रकारका प्लस्टिक हुन् । तीमध्ये  मल्टिलेयर प्लाष्टिक जस्तैः चाउचाउको खोल, लेज, गुड्खाका प्लास्टिकहरु सबैभन्दा चुनौतीपूर्ण हुन्छ । यसमा मल्टि लेयर प्लास्टिक (PET +PE) तथा टल्कने आल्मुनीयम प्रयोग गरिएको हुन्छ । यीनीहरु खाना, बिस्कुटलाई मोइस्चर फ्री  गर्न र लामो समयसम्म सुरक्षित राख्न प्रयोग गरिन्छ । यी बस्तुहरु बजारमा बढी मात्रामा खपत हुन्छन् तर यसका प्लास्टिक पुनः प्रयोग पनि हुँदैन भने कुहिन पनि सयौं वर्ष लाग्छ । जसले गर्दा वातावरणमा माइक्रो प्लाष्टिक पोलुसन हुन्छ । यस्तै रिसाइकल गर्न सकिने प्लास्टिकमा लो डेन्सिटि पोलिथिलेन, पीपी, पीएस, पीइटी बोटेल (Polyethylene Terephthalate) लगायतका प्लास्टिकहरु पर्छन् । 

खेर जाने यस्ता प्लास्टिकलाई घरायसी प्रयोजनमा ल्याउँन नसकिए पनि उर्जाको अर्को रुपमा बदलेर ईट्टाभट्टा, पस्मिना उद्योग, सिमेन्ट उद्योगजस्ता धेरै कोईला आवश्यक पर्ने उद्योगहरुमा प्रयोग गर्न सकिन्छ । यसका लागि ब्रिकेट बनाउने उपयुक्त प्रविधिको सफल परिक्षण भइसकेको छ, जसलाई व्यवसायिक रुपमा उत्पादन गरेर धेरै फाइदा लिन सकिन्छ ।

नेपालमा दर्ता भएका झन्डै ८०० इट्टा उद्योगहरु छन्, जसले  इन्धनका रुपमा दाउरा र कोइला उच्च मात्रामा प्रयोग गर्छन । यस्ता उद्योगका लागि विदेशबाट वार्षिक करिब ५ अर्बको रुपैयाँको कोइला आयात हुन्छ । 

प्लास्टिकजन्य फोहोरबाट ब्रिकेट (जसलाई रिफ्युज डिराइभ्ड फ्यूल भनिन्छ)बनाएर प्रयोग गर्न सकियो भने कोइलाको आयातलाई घटाउँन सकिन्छ । यस किसिमका ’रिफ्युज डिराइभड फ्युल’ पस्मिना उद्योग, सिमेन्ट उद्योगहरुमा प्रयोग गर्न सकिन्छ । त्यसैले खेर जाने प्लास्टिक संकलन गरि त्यसको सदुपयोगका लागि एउटा ठुलो उद्योग नै खोलेर पनि चलाउन सकिने सम्भावना  छ ।

यदि हिमालको प्लास्टिकजन्य फोहोरलाई यसरी व्यवस्थापन गर्न सकियो भने वातावारणिय, आर्थिक लगायत बहुआयामिक फाइदा हुने देखिन्छ । हिमालको फोहोर व्यवस्थापनमा पनि सजिलो हुने र हिमाली क्षेत्रको वन विनाससमेत रोकिनेछ ।

यदि यसो गर्न सकियो भने बढि उर्जा आवश्यक पर्ने सिमेन्ट लगायतका उत्पादनमुलक उद्योगका लागि स्वदेशी उर्जा प्राप्त हुने,यस्तो उर्जा प्रयोग गर्दा वातावरणमा पनि सकारात्मक असर पर्ने, फोहोर व्यवस्थापनमा पनि सहज हुने र आर्थिक लाभ पनि हुने स्पष्ट छ । यो प्रविधि नेपालमा शुरु भइसकेको छ । तर यसलाई व्यवसायिक ढंगले व्यवपाक रुपमा अघि बढाउँन सकिएको छैन । अबका दिनमा ’रिफ्युज डिराइभ फ्युल’ लाई व्यवसायिक ढंगले अघि बढाउँन आवश्यक छ । 

रिफ्युज डिराइभ्ड फ्युल बनाउँने मेसिन पनि उर्जा तथा  वातावरण केन्द्र नेपालले  प्रयोगमा ल्याएको छ । उर्जा तथा वातावरण केन्द्रमा प्लास्टिकजन्य फोहोरलाई मेसिनबाट shredding गर्ने  त्यसपछि Extruder मेसिनबाट  आरडिएफ ब्रिकेट बनाउने गरिएको छ । सिमेन्ट कारखानामा पनि आरडिएफका लागि जगदम्बा सिमेन्टसंग कुरा भएको र उद्योग पनि यसमा सकारात्मक देखिएको छ । 

 

हिमाली क्षेत्रमा ताप उर्जाको श्रोत 
हिमाली क्षेत्रमा सधै चिसो भइरहेने हुनाले खाना पानी तताउँने लगायतका कामका लागि बढि ताप उर्जा चाहिन्छ । दाउराको प्रयोगले वन विनास हुनेहुदा यसको विकल्पमा हिमालमा भएको प्लास्टिजन्य फोहोरबाट उर्जा उत्पादन गरी प्रयोग गर्न सकिन्छ । सगरमाथा लगायतका पर्यटकीय चहल पहल बढी हुने स्थानबाट खेर जाने प्लास्टिकजन्य फोहोरबाट उर्जा उत्पादनका उपायको खोजी गरिएको छ ।

यसका लागि हामीले काम गर्ने प्रयास  पर्यटकहरु धेरै आउने  हिमाली क्षेत्रमा  तातो पानी चाहिने, बासस्थान तताउनु पर्ने  भएकाले यो प्रविधिको प्रयोगको बारेमा पनि छलफल अघि बढेको छ ।  यदि हिमालको प्लास्टिकजन्य फोहोरलाई यसरी व्यवस्थापन गर्न सकियो भने वातावारणिय, आर्थिक लगायत बहुआयामिक फाइदा हुने देखिन्छ । हिमालको फोहोर व्यवस्थापनमा पनि सजिलो हुने र हिमाली क्षेत्रको वन विनाससमेत रोकिनेछ । यसका लागि सरकारले नीति बनाइदिनु पर्छ र सरोकारवालाले हातेमालो गर्नुपर्छ । सामूहि प्रयास भयो भने हिमालको फोहोर व्यवस्थापनमा पनि नमूना काम गर्न सकिन्छ । 

सडक पिच 
प्लास्टिकको फोहोर व्यवस्थापनको अर्को विकल्प हो सडक पिच । नेपालमा सबै फोहोरमध्ये १८ प्रतिशत प्लास्टिकजन्य फोहोर हुन्छ । तर ठाउँ अनुसार यसमा केहि फरक मात्रा देखिन सक्छ । जस्तो कि माटेपानीमा २२ प्रतिशत प्लास्टिक पाइएको थियो । प्लास्टिकको बढुदो समस्या समाधानको विकल्पको रुपमा यसलाई सडक पिच गर्न सकिने पनि देखिएको छ । पोखरा महानगरपालिका वडा नं १२ माटेपानीस्थित वडा कार्यालयको छेउमा भरखरै मात्र गरिएको झन्डै ८० मिटर सडकले सडक पिचमा प्लास्टिक प्रयोग संभव भएको देखाएको छ ।  

पुनः प्रयोग गर्न नसकिने खालका प्लास्टिकको प्रयोगबाट पिच गर्नका लागि स्थानीय संस्था ग्रीन रोडसंग सहकार्य  गरेर बनाइएको पिच सडले प्लास्टिक प्रविधिको पिचको सफल परिक्षण गरेको छ ।  यो सहकार्यले यदि हामीले यो प्रविधिलाई लागु गर्न सकेमा देशभर हरेक दिन निस्कने झन्डै ६ सय टन प्लास्टिकजन्य फोहोरलाई सडक पिच गर्ने वस्तुको रुपमा सदुपयोग गर्न किन्छ, जुन प्लास्टिक व्यवस्थापनको राम्रो र प्रभावकारी उपाय पनि हो ।  

सामान्यतया सडक पिच गर्नका लागि बिटुमिन्सको प्रयोग गरिन्छ । पोखरामा पिच गरिएको सडकमा  १० प्रतिशत प्लास्टिक मिसाइएको छ, जुन सडक अलकत्राको पिच भन्दा बलियो हुने देखिएको छ ।यो प्रविधिले बाटो पिच गर्दा प्लास्टिकको प्रयोगलाई बढावा दिन सकिए कम्तिमा पनि १०  प्रतिशत बिटुमिन्स विस्थापितगर्न सकिने प्रमाणित गरिदिएको छ । यसको अर्थ हो सडक पिचका लागि विदेशहरुबाट आयात गरिने बिटुमिन्स १० प्रतिशतसम्म घटाउँन सकिन्छ । यसरी बिटोमिन र प्लास्टिक मिश्रण गरि पिच गरिने प्रविधिलाई आस्फाल्ट भनिन्छ । अलकत्रामा प्लास्टिक पगालेर मिसाउने र त्यहिबाट सडक पिच गर्ने गरिन्छ ।  यसरी पिच गरिएको सडक टिकाउ र बलियो  हुन्छ भने राम्रो पनि देखिन्छ । 

नीतिमै समस्या 
विश्वव्यापी समस्याका रुपमा रहे पनि प्लास्टिक प्रदुषणको समस्या सम्बोधनका लागि त्यति धेरै पहलहरु भएका छैनन् । सबै भन्दा पहिले नीतिगत रुपमै यसलाई व्यवस्था हुनु पर्छ । युएनडिपी, जीइएफ, एसजीपीको सहयोगअन्तर्गत प्लास्टिक व्यवस्थापन नीति निर्माणका लागि आधारहरु तयार गर्ने काम भइरहेको छ ।  छिटै नै प्लाष्टिक सम्बन्धी नयाँ नीति आउने आशा गरिएको पनि छ ।  यो नीति आउनासाथ कार्वन क्रेडिटजस्तै प्लाष्टिक क्रेडिट अर्थात प्लाष्टिक कम प्रयोग गरे वाफत पैसा पाउने प्रक्रियाको थालनी गर्ने बाटो खुल्ला हुने छ ।

घर र समुदायबाट निस्कने प्लास्टिकजन्य फोहोरहरु छुट्याएर रिफ्युज डिराइभ्ड फ्युल बनाउने वा अन्य प्रयोजनका लागि उपयोग गर्ने  कार्यलाई प्रभावकारी बनाउँन सरकारी नीति आवश्यक छ ।

नेपालमा सबैभन्दा बढी प्रदुषण यातायातबाट, त्यसपछि जलाएर फोहोर नष्ट गर्ने प्रक्रियाबाट हुन्छ भने अर्को बायोमास फोहोरहरुबाट हुने गर्छ । यस्तो प्रक्रियाले कार्वनडाइ अक्साइड लगायत विषालु ग्यास उत्पन्न हुन्छ । घर र समुदायबाट निस्कने प्लास्टिकजन्य फोहोरहरु छुट्याएर रिफ्युज डिराइभ्ड फ्युल बनाउने वा अन्य प्रयोजनका लागि उपयोग गर्ने  कार्यलाई प्रभावकारी बनाउँन सरकारी नीति आवश्यक छ । मानिसलाई फोहोर फोहोरजस्तै नलाग्न बनाउँन सकिन्छ  किनकी ’वेस्ट इज अ मिसप्लेस्ट रिसोर्सेज ( फोहोर गलत ढंगले राखिएको श्रोत हो) ’। यो  कुरा मनन् गरेर अरुलाई पनि  बुझाउन सकिएमा फोहोरबाट धेरै फाइदा लिन सकिन्छ ।  त्यसैले यस सम्बन्धी जनचेतनाको पनि जरुरी छ ।   

यदि सरकारले नीतिमा स्पष्ट पारिदियो भने प्लास्टिक रोड कति बनाउँने, ब्रिकेटहरु बनाउँने कुराको प्रचार गर्ने, रिफ्युज डिराइभ फुयूलले गर्दा एलपीजी, मट्टीतेल तथा इन्धनहरुमा जस्तै  प्लास्टिकको सदुपयोग गर्ने उद्योगहरुलाई अनुदान दिने व्यवस्था गरिदियो भने यसको सदुपयोग आफैं हुन थाल्छ । यो काम प्राइभेट क्षेत्रका लागि पनि नाफाको विषय हुन सक्छ । यदि यसलाई नाफा कमाउँने उद्योगको रुपमा स्थापना गर्न सकियो भने निजि क्षेत्रले ठूलो  लगानी गरी यसबाट ब्रिकेट जस्ता इन्धनहरु उत्पादन गर्न सक्छन् । प्रा.डा. श्रेष्ठसंग गरिएको कुराकानीमा आधारित 

सम्बन्धित समाचार: 

प्लाष्टिकको फोहोरबाट विदेशी मुद्रा आर्जनको ढोका खोल्दै 'ग्रीन रोड'  

साना अनुदान कार्यक्रम : सानो पाइलाबाट ठूलो यात्रा

किन बढ्दैछ प्लास्टिक साम्राज्य ?