• शनिबार, १२ श्रावण, २०८१
  • १२:०३:५७

राष्ट्रिय सभा निर्वाचनको निर्वाचन कार्यातालिका सार्वजनिक 

पुस २३ गते उम्मेदवारी मनोनयन,माघ ११ गते मतदान

  • Netizen Nepal
  • आइतबार, १७ मङ्सिर, २०८०- १७:३५:००/ Sunday 12-03-23

काठमाडौँ ।  निर्वाचन आयोगले आउदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन कार्यातालिका सार्वजनिक गरेको छ ।

आयोगद्वारा आइतबार सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार आगामी पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरिने छ  । प्रकाशित मतदाता नामावली उपर दाबी विरोध लगायतका कार्यहरू सोही दिनबाट प्रारम्भ भई पुस २२ गते सम्पन्न हुनेछ ।  सोही दिन नै मतदाताको अन्तिम मतदाता नामावली प्रकाशन गरिने  आयोगले जनाएको छ ।

यस्तै पुस २३ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम राखिएको छ । पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २६ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

त्यसै गरी पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने,  सोही दिन दिउसो २ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । पुस २८ गते १० बजेदेखि १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह  उपलब्ध गराउने कार्यक्रम रहेको छ । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय निर्धारण गरिएको छ । मतदान कार्य सम्पन्न भएपछि सोही दिनै मतगणना कार्य हुने आयोगले जनाएको छ ।

यस्तै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति नाम हटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।