• मंगलबार, १८ असार, २०८१
  • ११:५१:३९

मौसम : कहाँ कति वर्षा भइरहेको छ ?

 

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।

कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आईतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ ।   

विभागका अनुसार आईतबार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

  साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १-२ स्थानमा भारी वर्षाको सम्भावना  छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको  सम्भावना छ ।