• बिहीबार, २० असार, २०८१
  • ०४:५०:०९

पेट्रोल-डिजेलको मूल्य बढ्यो

 

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा रु २ र डिजेलमा रु ५ ले वृद्धि गरिएको आयल निगमले जनाएको छ ।

निगमको सूचना अनुसार सोमबार बिहानदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू हुनेछ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।

मूल्य वृद्धिसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर रु  १ सय ६४.५० कायम गरिएको छ । त्यसैगरी डिजेल र मट्टिटेलको मूल्य रु  १ सय ५४.५० कायम गरिएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु  १ सय ६६ कायम भएको छ । डिजेल र मट्टिटेलको मूल्य रु  १ सय ५६ कायम भएको छ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु  १ सय ६७ कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य  १ सय ५७ रुपैयाँ कायम भएको छ ।