• शनिबार, १२ असोज, २०८१
  • ०५:२२:३९

कस्ता थिए राणाकालिन सरकारी अड्डाहरु ?

एक सय चार वर्ष शासन गरेका राणाहरुले जहाँनिया शासन लादेका थिए । जंग बहादुर राणाबाट शुरु भएको राणा शासन मोहन शमशेरसम्म आइ त्यसपछि प्रजातान्त्रिणक प्रणाली शुरु भइ राणा शासनको अन्त्य भएको थियो । यसविचमा उनिहरुले आफ्नै खालका सरकारी अड्डाहरुको विकास गरेका थिए । न्याय, सरकारी आम्दानी  जस्ता कुराहरु उनिहरुले आफ्नै नियन्त्रणमा राखेका थिए । श्रोतसाधन र शक्तिको नियन्त्रणका लागि अड्डाहरु पनि सोही बमोजिम व्यवस्था गरिएको थियो । यहाँ राणाकालिन समयका केहि मुख्य सरकारी अड्डाको चर्चा गरिएको छ । 

ऐन खाना तथा कौशल
कौशल सबैभन्दा पहिलो श्री ३ महाराज जङ्गबहादुर बेलायतबाट सन १८५१ मा फर्केर आएपछि खडा गरेको अड्डा हो ।  यस अड्डाले भएका कानुनहरुलाई सुव्यवस्थित गर्नाको साथै नयाँ ऐनहरुको तर्जुमा पनि गर्दथ्यो र गरेको पनि थियो ।

यस्तैगरी ऐनखाना पनि श्री ३ महाराज जङ्गबहादुरले १८५१–५४ सम्म कौशलद्धारा तयार गरिएको कानुनहरु प्रकाशनमा ल्याएपछि कानुनतर्फमा पर्न आउने कामका लागि यस अड्डाको स्थापना गरेका थिए । यो अड्डा खडा गर्नाको मुख्य ध्येय के थियो भने समय-समयमा देशको परिस्थितिअनुसार भएका काननुलाई दोर्याउन वा हेरफेर गर्न खडा गरिएको थियो । 

 हुन त कुनै पनि कानुन श्री ५ महाराजाधिराजको नाममा लागु गरिन्थ्यो र कानुनले बैधानिकता प्राप्त गर्न श्री ५ को लालमोहरको पनि आवश्यकता थियो तर त्यसमा श्री ५ को कुनै नियन्त्रण भने थिएन । लालमोहर राणा शासनको कब्जामा थियो र उनीहरु यसको स्वतन्त्रतापूर्वक प्रयोग गर्दथे ।

 

यसरी के भन्न सकिन्छ भने ऐन खानालाई आधुनिक कानुन मन्त्रालयसित तुलना गर्न सकिन्छ किनेभने कानुनलाई लिखित रुप दिने, कानुन बनाउने, पुरानो कानुनको संशोधन गर्ने वा खारिज गर्ने नै सर्वाेच्च देखिएता पनि यसले मात्र नै सबै काम गर्दैनथ्यो । यसले बनाएको कानुन कमाण्डर इन चिफको समक्ष पेश गरी उनले कौशलमा पेश गर्दथे ।

कौशल एक किसिमको संसदको रुपमा संगठन गरिएको हुन्थ्यो । यद्यपि यसको संसदसित थोरै मात्र समता रहेको  देखिन्छ । जे होस यसमा चिफ साहेब र आफ्ना मुख्य भाइ भारदार, गुरुज्यू, पुरोहित र कानुनका वेत्ताहरु  हुन्थे । ऐन खानाले बनाएको र कमाण्डर इन चिफले पेस गरेको कानुनलाई विभिन्न पक्षबाट विचार गरिसकेपछि प्रधानमन्त्रीको स्वीकृतिको लागि पठाइन्थ्यो ।

प्रधानमन्त्रीले चाहेको खण्डमा कौशलले पास नगरेको कानुनलाई पनि पास गर्न विवश गर्न सक्थे । अर्थात प्रधानमन्त्रीले नचाहेको कुनै पनि कानुन बन्न असम्भव थियो तर उसले चाहेको कानुन कुनैपनि हालतमा पास गराई लागु गर्न सक्दथे । 

हुन त कुनै पनि कानुन श्री ५ महाराजाधिराजको नाममा लागु गरिन्थ्यो र कानुनले बैधानिकता प्राप्त गर्न श्री ५ को लालमोहरको पनि आवश्यकता थियो तर त्यसमा श्री ५ को कुनै नियन्त्रण भने थिएन । लालमोहर राणा शासनको कब्जामा थियो र उनीहरु यसको स्वतन्त्रतापूर्वक प्रयोग गर्दथे । यसरी कानुन बनाउने र खारेज गर्ने विषयमा श्री ३ महाराज प्रधानमन्त्रीको पूर्ण नियन्त्रण थियो ।

चन्द्र शमशेरको समयमा यस अडडालाई मुलुकी बन्दोबस्त अड्डाको एक भाग जस्तो गरेका थिए । जसलाई ऐन सवाल फाँट भनिन्थ्यो । तर भीमशमशेरले फेरि छुटाई कौशल नै खडा गरेका थिए ।

यी दुई अड्डा ( ऐन खाना र कौशल- कमाण्डर इन चिफको मातहतमा हुन्थे । र यिनैको माध्यमबाट प्रधानमन्त्रीले यी दुई अड्डा उपर नियन्त्रण गर्दथे । यसका मुख्य हाकिमहरुमा नाम चलेका मुरलीधर उप्रेती अधिकृत थिए । अरु हाकिमहरुमा ख. रुद्रमान सु. भद्रकाली, सरदार कालीदास कोइराला, क.क. डम्बरशमशेर थापा र काजी कृष्णबहादुर आदि थिए ।    

जङ्गबहादुर आफ्नो आखिरी समयतिर गएर आफ्ना भाई र भतिजाहरुबाट केही रुपमा शक्ति हुन गएका थिए । जङ्गबहादुर र आफ्नो अन्तिम समयतिर आफ्नो परिवारका सदस्दयहरु उपर यस प्रकारले शक्ति भएका थिए भन्ने कुरासम्बन्धी एक घटना प्रस्तुत गर्न सकिन्छ, एकपल्ट जङ्गबहादुरले आफ्नो उच्चस्तरका हाकिमहरुलाई थापाथली दरबारमा बोलाई आफ्ना भाईहरु र छोराहरुको नैतिकता विषयमा जान्न चाहेको कुरा बताइ उनीहरुले जनतालाई कति शोषण गरेका छन् जनताबाट कति घुस खाने गरेका छन् ।

 

धर्म कचहरी
 यो एक किसिमको विशेष अदालत थिायो, जसले खाली राणा उच्च भारदारहरुको मुद्दा र उनीहरुसित सम्बन्धित भएर आएको मुद्दाहरु मात्र हेर्दथ्यो । 
यस अदालतको स्थापना जङ्गबहादुरले ई. स. १८७० मा गरेका थिए । यस अदालतले श्री ३ महारजदेखि राणाजी भाईहरु, भतिजाहरु, भरदारहरु र निजामीत र जङ्गी सबै कर्मचारीहरुले घुस खाएको मुद्दा भ्रष्टचार कुप्रशासन गरेमा, कानुन तोडेमा आएको मुद्दाको निर्णय गर्ने अधिकार पाएको थियो ।

यसको १ जना मुख्य हाकिम र ११ जना सदस्यहरु हुन्थे । जसको नियुक्ति सबै प्रधानमन्त्रीले नै गर्दथे । यसमा मुख्य बढि अधिकार धर्माधिकारलाई नै हुन्थ्यो । जो  वडा गुरुज्यू हुनाको साथै यस अदालतको मुख्य हाकिम हुन्थे । राणाकालिन न्यायिकसम्बन्धी कार्यहरु हेर्ने हो भने अरु ११ जना सम्बन्धी यो अड्कल काट्न सकिन्छ कि यसमा पनि गुरुज्यू, पुरोहित र राणा परिवारका नै बुढापाकाहरु थिए ।

कानुनलाई जिब्रोमा राखी जङ्गबहादुरले यस प्रकारको कचहरी खोली जनताको आँखामा वफादारी र न्यायिक भएर देखाउने प्रयास गरेता पनि यसको भित्री उद्देश्य भने षड्यन्त्रकारी नै देखिन्छ किनभने जङ्गगबहादुरको यो कचहरी स्थापना गराउनाको भित्री उद्देश्य आफूलाई मन नपर्ने भाई भतिजा र शक्तिशाली भारदारहरुलाई दोषी बनाउनु परे यस कचहरीबाट मुद्दा चलाई आफ्नो राजनीतिक चालबाजी सफल गराउनु थियो । यस कुरामा समसामयिक व्यक्ति काशीनाथ आर्चाय पनि केही रुपमा सहमति भएका छन् ।

जङ्गबहादुर आफ्नो आखिरी समयतिर गएर आफ्ना भाई र भतिजाहरुबाट केही रुपमा शक्ति हुन गएका थिए । जङ्गबहादुर र आफ्नो अन्तिम समयतिर आफ्नो परिवारका सदस्दयहरु उपर यस प्रकारले शक्ति भएका थिए भन्ने कुरासम्बन्धी एक घटना प्रस्तुत गर्न सकिन्छ, एकपल्ट जङ्गबहादुरले आफ्नो उच्चस्तरका हाकिमहरुलाई थापाथली दरबारमा बोलाई आफ्ना भाईहरु र छोराहरुको नैतिकता विषयमा जान्न चाहेको कुरा बताइ उनीहरुले जनतालाई कति शोषण गरेका छन् जनताबाट कति घुस खाने गरेका छन् । यस सम्बन्धी गोप्य रिपोर्ट दिने अनुरोध गरेर त्यो रिपोर्ट गोप्य राख्ने कुरा पनि बताए ।

 कालु स्वाँर भन्ने व्यक्तिले धीरशमशेरको विरुद्ध घुस खाएको कुरा बताई रिपोर्ट गरे । जङ्गबहादुरले उनलाई कचहरीमा उभ्याउन पनि सकेनन् र यो कुरा गोप्य राख्न पनि सकेनन् । जसले गर्दा त्यस दिनदेखि शमशेर खलकको लागि कालु स्वाँर काँडा बनेपछि शमशेर परिवार शक्तिमा आएपछि कालु स्वाँरलाई गिराफ्तार गर्न पठाए, तर उनी भागिसकेका थिए ।

तर पनि स्वाँर भएकाले उनको बदला अरु स्वाँर परिवारलाई दःख दिइयो र उनीहरुको जागिर खोसी सजायसमेत दिए........यसले के भन्न सकिन्छ भने जङ्गबहादुर अन्तिम समयतिर भविष्यमा हुने शक्तिको होडबाजीको विषयलाई लिएर आफ्ना सन्तान र परिवारको बीचमा हुने झगडाबाट पूर्व परिचित भैसकेका थिए । जसले गर्दा उनी मानसिक रोगले ग्रस्त थिए । 

यसमा पनि जङ्गबहादुरले धीरशमशेरसित ज्यादै शङिक्त भएका थिए । त्यसैले यिनलाई जङ्गबहादुरले आफ्नो नै समयकालमा राज्यगत रुपले अपराधी बनाउने प्रयास गरेका थिए भन्ने कुरा काशीनाथ आ.दी.ले बताएका छन् ।

अतः जङ्गबहादुरले रणोद्दिप सिंह, जगतशमशेरको घुस मुद्दामा धीरशमशेरलाई पनि मुछ्ने विचार गरी, मुछी, त्यो मुद्दा यस धर्म कचहरीमा ल्याए । दुई भाई रणेद्दिप सिंह र जगतशमशेर, त दोषी ठहरिए तर धीरशमशेरलाई दोषी गराउन भने सफल भएनन् । यसले गर्दा जङ्गबहादुरको मन यस कचहरीबाट हट्न गएको कुरा पनि उक्त व्यक्तिले आफ्नो पुस्तकमा वर्णन गरेका छन् । 

वास्तविक यसो हेर्दा जङ्गबहादुरले जुन उद्देश्यले यस कचहरीलाई खडा गरेका थिए त्यस प्रकारको काम गर्न धर्म कचहरी असफल भयो । फेरि यस कचहरीले गर्दा जङ्गकबहादुरको सत्रु झन बढ्न गएको थियो । किनभने जुन भाईहरुको आडमा जङ्गबहादुरले दूर शक्ति हत्याएका थिए, उनै उपरको मुद्दा हेर्न र उनीहरुलाई सजाय गर्न खडा गरिएको यस अदालतबाट उनका भाई भतिजाहरु र उनैको सन्तान पनि सन्तुष्ट भने थिएन । 

 रणोद्दिप सिंह साझा र सरल भएको मौकालाई राम्रो समय ठानी सम्भवत जङ्गबहादुरको मृत्युपछि उनका भाई भतिजाले यस प्रकार आफ्नो नै विरुद्ध खडा गरिएको अदालत खारेज गराउन उनी उपर कर गर्न र दबाब दिन थालेकाले नै उनले खारेज गरेको पनि हुन सक्छ। 

 

यही कुरा मनन गरी पछि रणोद्दिप सिंहले आफू प्रधानमन्धी र श्री ३ महाराज भएपछि भाई भाईमा खिचलो पर्न जानेदखि सन १८७७ मा जङ्गबहादुरको मृत्यु भएको तुरुन्तै नै पछि १८७८ मा त्यसलाई खारेज गरेका थिए ।

रणोद्दिप सिंह साझा र सरल भएको मौकालाई राम्रो समय ठानी सम्भवत जङ्गबहादुरको मृत्युपछि उनका भाई भतिजाले यस प्रकार आफ्नो नै विरुद्ध खडा गरिएको अदालत खारेज गराउन उनी उपर कर गर्न र दबाब दिन थालेकाले नै उनले खारेज गरेको पनि हुन सक्छ । यो पनि हुन सक्छ की एकपल्ट आफू पनि यस कचहारीबाट घुस मुद्दामा दोषी बनाइएको पनि, यसलाई आफू प्रधानमन्त्री र श्री ३ महाराज भएको तुरुन्त पछि यसलाई खारेज गरेका थिए ।
यी माथिका दुई घटनाले यो कुरा प्रष्ट गर्दछ कि यसको स्थापना जङ्गबहादुरले राजनीतिक हतियारको रुपमा आफ्नो चालबाजी सफल गराउन नै स्थापना गरका भएता पनि यसलाई एक प्रजातान्त्रिक (संस्था) अङ्ग हो भनेर भन्न सकिन्छ । यसका कार्यहरु हेर्ने हो भने, यद्यपि सो नगरे तापनि.......।

जङ्गी बन्दोबस्त अड्डा ( रक्षा )

सिनियर कमान्डिङ्ग जनरल ( प.क.ज.) लाठ साहेबको अधिनमा सब सैनिक कार्यहरु यस अड्डाले र्हेर्ने गर्दथ्यो ।  वास्तवमा यस अड्डा श्री ३ महाराज जङ्गबहादुरले बेलायतबाट फर्केर आए पछि खडा गरेका हुन् । पछि चन्द्रशमशेरले आफ्ना पालामा गएर यसको पुनर्गठन नगरी यसको नाम ‘जङ्गी बन्दोबस्त अड्डा’ राखी १३ फाटँमा विभाजन गरेका थिए । यसरी १३ फाटँमा विभाजन गरिएता पनि यसका कार्यहरुलाई ४ प्रकारले विभाजन गर्न सकिन्छ । ती हुन् 
१.सैनिक प्रशाासन
२.सैनिक हातहतियार र सामानहरु इत्यादि
३.वारुदखाना
४.शस्त्रागार

यसरी ४ भागमा जङ्गी अड्डालाई विभाजन गरेता पनि यिनीहरुका कामहरु जङ्गी अड्डा,  जङ्गी बन्दोबस्त अड्डा र मिलेसिया गोश्वाराले गर्नु पर्ने कुरा प्रष्ट गरिएको थियो । यसरी जङ्गी अड्डाले सारा सैनिक प्रशाासन र्हेने, जङ्गी बन्दोबस्त अड्डाले सारा सैनिक संगठन, ड्रिल, अनुशासन र खरखजनाको हेरचाह गर्ने र मिलेसिया गोश्वाराले पूर्व पश्चिमका गडी, गंैडा र गोश्वारामा रहने मिलेसियाको भर्ना खोसुवा र सैनिक शिक्षा अभ्यास गराउने काम गर्दथ्यो । 
   यसरी ३ मुख्य विभाजन अन्तर्गत १२ वटा शाखाहरु थिए, ती हुन्
१.जङ्गवाली तलब–कौशी तोप खानाबाट प्राप्त तलब सैनिकहरुलाई बाड्ने कार्य यसको थियो ।     

 कर्मचारीहरुलाई पेन्सन दिने, मन्दिरमा पूजा गर्नको लागि रकम दिने, प्रधानमन्त्री र अन्य राज्यहरुलाई आवश्यक पर्दा एकमुष्ट रकम उपलब्ध गराउने काम, सामग्री अड्डा अदालतका लागि आवश्यक सामान किन्नु परेमा रकम दिने काम गफी बैठकको खर्च हेर्ने काम, स्कुल तथा पाठशालामा विद्यार्थीहरुलाई पुरस्कार दिनु पर्दा रकम दिने काम र कुमारी चोकलाई मासिक र वार्षिक लेखा बुझाउने काम गर्दथ्यो । यसको लागि यस अड्डामा पेन्सनफाँट, क्वी तलबफाँट, पूजाफाँट, दर्ताफाँट, स्याहाफाँटहरु थिए ।


२. रिकुटेखाना–सैनिकलाई तालिम दिने कार्य गर्दथ्यो ।
३. बारुदखाना–यहाँ बारुद राखिन्थ्यो ।
४. शिलखाना–यहाँ बन्दुक राखिन्थ्यो ।
५. तैयारी असाफ्रखाना– यहाँ सैनिक कारखानाबाट तयार भएको सैनिक मालसामानहरु राखिन्थ्यो ।
६.तोपखाना–यहाँ तोप र हातहतियार राखिन्थ्यो ।
७. सैनिक अनुवाद खाना– सैनिक प्रशासन सम्बन्धी अनुवाद गरिएका किताब र ऐनहरु राख्ने ठाउँ ।
८. गठ्ठाघर– यहाँ संगिन राखिन्थ्यो ।
९. सर्वे कम्पास घर– यो सैनिक प्रशिक्षणको दृष्टिबाट राखिएको कम्पास ठाउँलाई भनिन्थ्यो ।
१०. जङ्गी तहविल फाँट– यहाँ सैनिकसम्बन्धी अभिलेखहरु राखिन्थ्यो ।
११. जङ्गी पोशाक फाँट– यहाँ सैनिकहरुका लागि तयार भएका लुगा र बुटहरु राखिन्थ्यो र 
१२. जङ्गी हाजिरी गोश्वारा– यहाँ सैनिकहरुले र अफिसरहरुले हाजिर गरेको रजिष्ट्ररहरु राखिन्थ्यो ।
यस प्रकार १२ वटा शाखाहरुमा काम गर्न सजिलो होस भन्नाको निम्ति २ भागमा विभाजित गरिएको थियो । ती हुन 
१. वही बुझाउने फाँट र 
२. चाडो काम गर्ने फाँट 
  वही बुझाउने फाँटले विभागहरुमा खाता राख्ने काम गर्दथ्यो र चाडो काम गर्ने फाँटले तुरुन्त दैनिक प्रशासनका कामहरु गर्दथ्यो । यसरी काम गर्नको निम्त्ति वही बुझाउने फाँटमा सुब्बा हाकिम हुन्थ्यो र चाँडो काम गर्ने फाँटमा कर्णेल हाकिम हुन्थ्यो । यसरी नै हरेक काम तालुकवालाको अधीनमा रहन्थ्यो र तालुकवालालाई काम गर्न पाचौं तहको अड्डामा विभाजित गरि माथि उल्लेखित सबै कार्यको जिम्मा दिइएको थियो । यस अड्डाका हाकिमहरुमा क. पूण्यबहादुर कार्की, क.धर्म बहादुर सिंह, वृ.ज कुलविक्रम बस्न्यात, कर्णेल नरबहादुर बस्न्यात, कर्णेल इन्द्रबहादुर कार्की, कर्णेल नरसिंहबहादुर बस्न्यात र क. डम्बरशमशेर थापा मुख्य थिए ।

यी कार्यहरुबाहेक जङ्गी अड्डा अन्तर्गत रहेका सैनिकहरुले निजामतितर्फको काममा बाटो बनाउने, विवाह ब्रतबन्धमा पुलिसलाई आवश्यक परेको बेलामा मद्दत दिने काम पनि गरेको देखिन्छ ।

यस अड्डा मार्फत यसका राणा सैनिक अफिसरहरुले अर्थात तालुकवाला जनरलहरुले सैनिकहरुलाई ५५ रु सम्म जरिवाना गर्न सक्ने जङ्गी लाठले ५० रु सम्म र मुख्तीयारले १०० रु सम्म जरिवाना गर्न सक्ने अधिकार दिइएको थियो । यस्तैगरी जङ्गी लाठलाई सैनिकहरुको विन्तीपत्र लिन सक्ने अधिकार पनि दिइएको थियो । तर, सो विन्तीपत्र हेरि त्यसमा तोक छाप लगाई कमान्डर इन चिफ र प्रधानमन्त्रीसमक्ष पठाउन पर्दथ्यो । त्यसैगरी जङ्गी लाठले नै जङ्गी पजनी कागज पनि तयार गर्नु पर्दथ्यो र त्यसलाई कमानडर इन चिफ र  प्रधानमन्धी कहाँ आफ्नो विचारसहित प्रष्ट गरी पठाउनु पर्दथ्यो । 

श्री ३ महाराज कतै भ्रमण वा सिकारमा गएको बेला जङ्गी लाठको आज्ञाअनुसार सैनिकलाई प्रयोग गर्नु पर्दथ्यो । यसरी चन्द्रशमशेर देखि मोहनशमशेरसम्म ( जंङ्गी अड्डा वा जङ्गी बन्दोबस्त अड्डा) यस अड्डाको कार्यहरु धेरैजसो यिनै उल्लेखित विभाग र शाखाहरुबाट नै भइरह्यो र मुख्य सैनिक कार्यालय केन्दी्रकरण नै भइरहयो । यस्तै नै गरी शान्ति सुरक्षाको कार्यहरु सैनिकहरुको मद्दतबाट र राणाहरुको इच्छाबमोजिम भइनै रह्यो ।

कौशी तोषाखाना
 यस कौशी तोषाखानाको स्थापना सुब्बा गोपाल दास बैद्यको भनाई अनुसार पृथ्वीनारायण शाहले नै गरेका हुन । यसले मुलुकी खानासंग मिलेर काम गर्दथ्यो । किनभने यस कौशी तोषाखानाको काम धन खर्च गर्नु थियो भने मुलुकी खानाको काम धन जम्मा गर्नु थियो । कौशी तोषाखानाको काम राजकोषमा सम्पति जम्मा गर्नुका साथसाथै निजामति र जङ्गी कर्मचारीहरुको तलब वितरण गर्नु थिाये ।

यस्तै गरी कर्मचारीहरुलाई पेन्सन दिने, मन्दिरमा पूजा गर्नको लागि रकम दिने, प्रधानमन्त्री र अन्य राज्यहरुलाई आवश्यक पर्दा एकमुष्ट रकम उपलब्ध गराउने काम, सामग्री अड्डा अदालतका लागि आवश्यक सामान किन्नु परेमा रकम दिने काम गफी बैठकको खर्च हेर्ने काम, स्कुल तथा पाठशालामा विद्यार्थीहरुलाई पुरस्कार दिनु पर्दा रकम दिने काम र कुमारी चोकलाई मासिक र वार्षिक लेखा बुझाउने काम गर्दथ्यो । यसको लागि यस अड्डामा पेन्सनफाँट, क्वी तलबफाँट, पूजाफाँट, दर्ताफाँट, स्याहाफाँटहरु थिए ।

    डा राजेश गौतमद्वारा लिखित राणकालीन नेपालको प्रशासनिक, शैक्षिक र सामाजिक सूधारहरु  नामक पुस्तकमा आधारित