• मंगलबार, १८ असार, २०८१
  • ०३:२७:१८

कान चिलाएमा के गर्ने ?


काठमाडौँ । कानमा फोहर जम्मा भएमा चिलाउने समस्या हुन्छ । कानमा गहिरो भाग हुने भएकोले टाउको र बाहिरी भागबाट आएका फोहर पनि कानमा सजिलै जम्मा हुन्छ । धेरै फोहोर जम्मा भएपछि यसले चिलाउने समस्या निम्त्याउँछ । 

कान चिलाउँने दोस्रो कारण भनेको अटोमाइकोसिसको समस्या हो । यसलाई कानको फङ्गल इन्फेक्सनबाट चिलाउने समस्या पनि भनिन्छ । यो बिभिन्न किसिमको हुन्छ । फङ्गल इन्फेक्सन भएको समयमा कानमा पानी, तेल पर्यो भने कान पाक्ने समस्या पनि हुन्छ । मनोवैज्ञानिक कारणले पनि कहिले काँहि कान चिलाउने हुन्छ । नाक, घाँटीको एलर्जीले गर्दा पनि कान चिलाउन सक्छ । यसका साथै मनोवैज्ञानिक कारणले पनि कान चिलाउने विज्ञहरु बताउँछन् ।  

कान चिलाएमा यसरी घरेलु उपाय अपनाउन सकिन्छ ।  

१. एलोभेरा:  कान चिलाएमा एलोभेराको २ थोपा रस कानको भित्री भागसम्म पुग्ने गरी राखी सुख्खा कपासले सफा गरेमा कान चिलाउन छाड्छ ।

२. तेल:  कान चिलाउँदा नरिवल वा एलोभेराको तेल प्रयोग गरेमा पनि कान चिलाउने समस्याबट मुक्ति पाइन्छ । शुद्ध तोरीको तेलले पनि कान चिलाउने समस्यामा राहत दिन्छ ।

३. लसुन: भान्सामा सहजै पाइने लसुनमा एन्टिबायोटिक गुण हुन्छ । लसुनको एक केस्रालाई जैतुन र तिलको तेलमा फुराई कानको बाहिरी भागमा लगाउनाले कानलाई इन्फेक्न हुनबाट बचाउँछ ।

४. क्रिम: सुख्खा भएर कान चिलाँएमा चिकित्सकको परामर्शमा भ्यास्लीन क्रिम वा कोल्ड क्रिम बाहिरी भागमा लगाएमा पनि कान चिलाउन निको हुन्छ ।

कान चिलाएमा के नगर्ने ?

१. कानमा तेल वा अन्य तरल पदार्थ नहाल्ने
२. कान जथाभावी सफा नगराउने
३. कानेगुजी भरिएको महशुस भएमा आफैंले फाल्ने कोशिश गर्नु हुँदैन ।
४. कान सफा गर्ने एयर बर्डले कान सफा नगर्ने । यसले कानको जाली प्वाल पर्न सक्छ ।
५. नुहाउँदा कानमा पानी पस्नबाट बचाउने ।
६. सिन्काले कान नकोट्याउने ।