• मंगलबार, १ असोज, २०८१
  • १२:५७:२५

टिका प्रसाईंको  “माया बस्यो संगिनी ” सार्वजनिक

काठमाडौं । तीजलाई लक्षित गरेर गायिका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । तिजमा नेपाली नारीहरुले भोगेको पिडालाई गीतमा आकर्षक रुपमा समावेश गरिएको छ । आफनो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ ।

नाच्ने शैलीको गीतको भिडियोलाई केशव राज भटटले निर्देशन गरेका हुन् । भिडियोमा कलाकारहरु जुना कार्की , संचिता बुलाखे , टिका प्रसाईं , सरोज बुढाथोकी ले   अभिनय गरेका छन् । 
भिडियोको छायांकन  अजय रेग्मी र सम्पादन दिनसन शाहले गरेका छन ।  गीतमा तिजको मौलिक पनलाई आकर्षक ढंगबाट समावेश गरिएको छ ।

गीतको भिडियो : https://www.youtube.com/embed/O4aMrYf2n6U?si=_wBvyK5oTQkf5Ehw