• शुक्रबार, ३० कार्तिक, २०८१
  • ०७:३३:४४

उकालो लाग्दै नेप्से परिसूचक

काठमाडौँ  । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहिबार उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.९५ अङ्कले उकालो लागेर २ हजार ७ सय ४८.७८ मा पुगेको छ ।


ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३३ अङ्कले उकालो लागेर ४ सय ८६.०३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा ७ उपसमूहको शेयर मूल्य भने उकालो लागेको हो ।

कूल २ करोड १६ लाख ६० हजार ६ सय ३९ कित्ता शेयर रु १० अर्ब ३२ करोड ३ लाख ३१ हजार ४ सय ३६ मूल्यमा कारोबार भएको छ ।

नेप्सेका अनुसार, गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, अप्पर हेवाखोला हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लागेको छ । न्यादी ग्रुप पावर ९.७९ र माछापुच्छ्रे बैंकको लगानीकर्ताले ९.५६ प्रतिशतले कमाएका छन् ।

यस्तै, रावा इनर्जी ९.१२, कुर्थली कुखरी स्मल हाइड्रोपावर ७.३२, पिपल्स हाइड्रोपावर ६.०८, सुपर माई हाइड्रोपावर ४.९२ र समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले ४.३६ प्रतिशतले गुमाएका छन् ।