प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति मस्कबीच भर्चुअल संवाद
- नेटिजन संवाददाता
- शनिबार, ८ मङ्सिर, २०८१- ०६:३२:००/ Saturday 11-23-24
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कबीच भर्चुअल संवाद भएको छ । शुक्रवार साँझ प्रधानमन्त्री ओली र स्पेश एक्स कम्पनीका मालिक मस्कबीच भर्चुअल संवाद भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । तर कुराकानी भएको विषय भने खुलाईको छैन ।
सफल उद्यमी मस्क हालै भएको अमेरिकी राष्ट्रपति चुनावसंगै राजनीतिक रुपमा समेत विश्वभरी चर्चित भएका छन् । स्पेस एक्सका कम्पनीका मालिक मस्कले पछिल्लो समय नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक सुरु गर्न इच्छा देखाइरहेका छन् ।
विश्वका ६० भन्दा धेरै देशमा गरी २७ लाख प्रयोगकर्ता रहेको इलन मस्कको स्टारलिंक छिमेकी मुलुक भारतमा भू–उपग्रहमा आधारित इन्टरनेट सेवा प्रदानका लागि भित्रिसकेको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डीओजीई) को प्रमुख पदमा नियुक्त गरेका छन् ।