शेयर बजारमा हरियाली, नेप्से ३३ अङ्कले बढ्यो
- नेटिजन संवाददाता
- मंगलबार, ११ मङ्सिर, २०८१- १७:३८:००/ Tuesday 11-26-24
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १६.६६ कायम भएको छ । आज परिसूचक १. २४ प्रतिशतले बढेको हो । तीन सय १२ कम्पनीको एक करोड ४२ लाख ९२ हजार सात सय ४२ कित्ता शेयर ७५ हजार पाँच सय ७२ पटक खरिदबिक्री हुँदा रू सात अर्ब ४४ करोड ९८ लाख ९८ हजार नौ सय ८७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
बैंकिङ एक दशमलव २०, विकास बैंक ०.४९, वित्त समूह १.५१, होटल तथा पर्यटन शून्य दशमलव ६४, जलविद्युत् १.९७ र लगानी समूह १.१३ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा १. ०२, उत्पादन तथा प्रशोधन १.०८, लघुवित्त ०.८५, म्युचुअल फन्ड ०.२३, निर्जीवन बीमा ०. ८१, व्यापार १.२९ र अन्य समूह १.६८ प्रतिशतले बढेको छ ।
सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, युनाईटेड आईडिआई मर्दी हाईड्रोपावर लिमिटेड र कुथेली बुखरी स्मल हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रू ४५ करोड ७८ लाख बराबरको कारोबार भएको छ । खरिदबिक्री भएका शेयरका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको छ लाख ८८ हजार दुई सय ३६ कित्ता शेयर किनबेच भएको छ ।