• आइतबार, ७ पौष, २०८१
  • १२:३६:०३

पेट्रोलको मूल्य २ रुपैयाँ बढ्यो

 काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।


निगम सञ्चालक समितिको आईबातरको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटाएको हो ।

निगमले पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जका लागि पेट्रोल प्रतिलिटर १ सय ५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङका लागि प्रतिलिटर १ सय ६१ रुपैयाँ र तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायलका लागि प्रतिलिटर १ सय ६२ रुपैया तोकेको छ ।

यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १ सय ४८ रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर १ सय ५० रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ५१ रुपैयाँ निर्धारण गरिएको छ । डिपोदेखि १५ किलोमिटरसम्मका लािग पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट आईबातर प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ २८ पैसा बढेको र डिजेलमा प्रतिलिटर १ पैयाँ ४८ पैसा घटेकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।