एनपिएल क्रिकेट महामेला : १ करोड १० लाखको उपाधि जनकपुरलाई
- नेटिजन संवाददाता
- शनिबार, ६ पौष, २०८१- १६:२३:००/ Saturday 12-21-24
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० को उपाधि जनकपुर बोल्ट्सले हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराएउँदै जनकपुर बोल्ट्स एनपीएल च्याम्पिएन बनेको हो । उपाधि विजेता जनकपुरले ट्रफीसहित रु १ करोड १० लाख राशीको पुरस्कार पनि हात पारेको छ ।
सुदूरपश्चिम रोयल्सले दिएको १ सय ८५ को लक्ष्य जनपुरले १९ दशमलव २ ओभरमा पुरा गरेर आफ्नो जित पक्का गरेको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १ सय ८४ रन लक्ष्य दिए पनि उपबिजेतामा चित्त बुझाउनु पर्यो ।
उपविजेता सुदूरपश्चिमले रु ५१ लाख पुरस्कार पाउने छ । जनकपुर बोल्टससंग पराजित भइ तेस्रो भएको कर्णाली याक्सले रु २५ लाख र चौथो भएको चितवन राइनोजले रु १५ लाख प्राप्त गर्नेछन् ।
निकै चर्चा पाएको यो खेलले देशलाई जोड्न, उत्साह भर्न र आर्थिक क्रियाकलापलाई चलायमान गराउँनसमेत योगदान दिएको बताइएको छ । नेपालमा क्रिकेटको अत्यधित संभावना रहेको पनि यो खेलले उजागर गरेको छ ।