कस्तो हुनेछ आज देशभरको मौसम?
- नेटिजन संवाददाता
- शुक्रबार, १९ पौष, २०८१- ०९:५५:००/ Friday 01-03-25
हाल देशमा पश्चिमी वायुले सामान्य प्रभाव पारिरहेको छ भने तराईका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु लागिरहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ, जबकि अन्य अधिकांश स्थानमा मौसम सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनसक्ने र बाँकी क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ।
आज राति पनि यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहिरहनेछ भने अन्य क्षेत्रमा मौसम सफा नै रहनेछ।
तराई र काठमाडौं उपत्यकामा शनिबार बिहान हुस्सु लाग्ने सम्भावना रहेको र यसले जनजीवन, यातायात तथा हवाई उडानमा असर पुर्याउन सक्ने भएकाले सतर्क रहन विभागले अनुरोध गरेको छ।