• बुधबार, २४ पौष, २०८१
  • ०८:२३:५७

PDF फाइलमा पासवर्ड लगाएर सुरक्षित राख्ने सरल तरिका

काठमाडौं – डिजिटल प्रविधिको बिस्तारित प्रयोगसँगै व्यक्तिगत र गोप्य कागजातहरूलाई सुरक्षित राख्नु चुनौतीपूर्ण बन्दै गएको छ। पहिले चोरहरूले गहना र नगद चोर्ने गर्थे भने अहिले डेटा चोरले तपाईंको डिजिटल सम्पत्ति लक्ष्य बनाउन सक्छन्। यसबाट बैंकिङ ठगी, अनलाइन फ्रड र व्यक्तिगत जानकारी चुहावट जस्ता गम्भीर जोखिम उत्पन्न हुन सक्छ।


डिजिटल युगमा पीडीएफ फाइलहरू चोरी भएर दुरुपयोग गरिएका घटनाहरू पनि देखिन थालेका छन्। गोप्य कागजातहरू जस्तै बैंक स्टेटमेन्ट, सम्झौता पत्र वा अन्य महत्त्वपूर्ण फाइलहरू अनलाइन पठाउँदा पासवर्ड प्रोटेक्सन निकै आवश्यक हुन्छ। तर कहिलेकाहीँ सामान्य पासवर्ड जस्तै नाम र जन्ममितिले गर्दा यस्ता फाइलहरू सजिलै अनलक हुन सक्छन्। त्यसैले आफ्नो पीडीएफ फाइललाई अझ सुरक्षित बनाउने उपाय अपनाउनु अत्यावश्यक छ।

पीडीएफमा पासवर्ड कसरी राख्ने?

तपाईंले Adobe Acrobat प्रयोग गरेर सजिलै आफ्नो पीडीएफमा पासवर्ड राख्न सक्नुहुन्छ। यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस्:

1.Adobe Acrobat खोल्नुहोस्।

2.Tools मेनुमा गएर Protect अप्सनमा क्लिक गर्नुहोस्।

3.Encrypt with Password विकल्पमा क्लिक गर्नुहोस्।

4.आफूले राख्न चाहेको पासवर्ड टाइप गर्नुहोस्।

5.OK थिचेर पासवर्ड कन्फर्म गर्नुहोस्।

6.अन्त्यमा, फाइललाई सुरक्षित गरेर Save गर्नुहोस्।

अनलाइन मार्फत पासवर्ड राख्ने तरिका

यदि तपाईं Adobe Acrobat साइट प्रयोग गर्न चाहनुहुन्छ भने तलको विधि अपनाउन सक्नुहुन्छ:

1.Adobe Acrobatको आधिकारिक साइटमा जानुहोस्।

2.आफ्नो पीडीएफ फाइललाई ड्र्याग गरी अपलोड गर्नुहोस्।

3.पासवर्ड र कन्फर्म पासवर्ड राखेर Set Password थिच्नुहोस्।

4.फाइल सुरक्षित भएपछि डाउनलोड गर्नुहोस् वा साइन इन गरेर शेयर गर्न सक्नुहुन्छ।

आजको डिजिटल संसारमा आफ्नो डेटा र कागजातहरूको सुरक्षा निकै महत्त्वपूर्ण छ। त्यसैले पासवर्ड प्रोटेक्टेड फाइलहरू प्रयोग गरेर आफ्नो गोपनीयता सुनिश्चित गर्नुहोस्।