ओझेलमा परेका अश्वारोही सालिक
- रमेश खनाल
- मंगलबार, ३ असार, २०८२- १३:१३:००/ Tuesday 06-17-25

काठमाडौं ।बिहान, दिउँसो, साँझ दुडिखेल चौर घुम्नेले टुँडिखेल वरपरका अश्वारोही सालिक देखेकै हुनु पर्छ तर ती अजङ्गका सालिक कस- कसको हुन् भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ।
ती सालिक २०१७ सालअघिसम्म राजधानीका मुख्य मुख्य चौबाटोमा जस्तै रत्नपार्कबाट बागबजार जाने चोक, दुँडिखेलबाट न्युरोड जाने चोक, सहिदगेटबाट सुन्धारा जाने चोक, जमलको रानीपोखरी चोक, विशालबजार अगाडि र जावलाखेल चिडियाखाना अगाडि राखिएका थिए। राजधानीका सडक सुधार गर्ने क्रममा यी सालिक दुँडिखेलभित्र विभिन्न स्थानमा स्थानानकर गरिएका हुन् ।
यो सालिक काठमाडौँको नागस्थान पछाडि छ। घोडामाथि चढेर पछिल्तिर फर्किएको जङ्गबहादुरको एक आकर्षक सालिक हो। यो सालिक युरोप भ्रमणका बेला विसं १९०७ भदौ १० गते फ्रान्सको सेन्टरी मैदानमा सैनिक परेड (मार्चपास) हेर्न घोडचढी अगाडि बढ्दा घोडालाई नियन्त्रणमा ल्याई परेड कति पछि पर्यो भनी जङ्गबहादुरले परेडलाई फर्की हेरेको स्मरण गरी बनाउन लगाइएको थियो ।
शहरका मुख्य मुख्य चोकमा सालिक राखेर शहरको शोभा बढाउने काम युरोपमा प्रशस्त देख्न सकिन्छ। भनिन्छ जङ्गबहादुर राणा पनि लन्डन र फ्रान्सका सालिकबाट प्रभावित भएर नै काठमाडौंका विभिन्न चोकमा सालिक स्थापना गर्न प्रेरित भएका थिए।
काठमाडौँमा भएका अश्वारोही सालिक विश्वस्तरका छन्। यिनीहरूको निर्माण बेलायत र फ्रान्समा भएको चियो। यी सालिकको कलाकृक्तिले हेर्नेलाई मुग्ध बनाउँछ। यी सालिक विभिन्न भावभङ्गीमा छन्। कनै सालिकमा वीरत्वको शान देखिन्छ।
कुनै सालिक खुट्टा उठाएर अगाडि बढ्ने हाँक दिइरहेको प्रतीत हुन्छ। अन्य केही सालिकले प्रभुत्वको शान देखाएभौं लाग्दछ। जेहोस् सालिक बनाउने मूर्तिकारहरूले आफ्नो सबै सिप पोखेर विश्वस्तरीय सालिक निर्माण गरेका छन् । टुँँडिखेल वरपर विद्यमान सालिकबारे केही जानकारी यस प्रकार छ
जङ्गबहादुर राणाको अश्वारोही सालिक
यो सालिक काठमाडौँको नागस्थान पछाडि छ। घोडामाथि चढेर पछिल्तिर फर्किएको जङ्गबहादुरको एक आकर्षक सालिक हो। यो सालिक युरोप भ्रमणका बेला विसं १९०७ भदौ १० गते फ्रान्सको सेन्टरी मैदानमा सैनिक परेड (मार्चपास) हेर्न घोडचढी अगाडि बढ्दा घोडालाई नियन्त्रणमा ल्याई परेड कति पछि पर्यो भनी जङ्गबहादुरले परेडलाई फर्की हेरेको स्मरण गरी बनाउन लगाइएको थियो ।
जङ्गबहादुरको यो सालिक लन्डनका प्रसिद्ध मूर्तिकार सर थोमस ब्रमे।क। एसले इसं १८८१ मा बनाएका हुन्। यिनले थुप्रै अन्य ठूला ठूला मूर्ति बनाएका छन् । लिड्स शहरको स्क्वाएरमा यिनले बनाएको एडुवार्ड दी ब्लाक प्रिन्स, अल्बर्ट मेमोरियलमा भएको प्रिन्स अल्बर्ट, बकिङघम प्यालेस अगाडि उभिएको भिक्टोरियन मेमोरियल मूर्ति पनि सर थोमसले नै बनाएका हुन्।
यिनले अन्य धुप्रै मूर्ति देश विदेशमा बनाएका छन्। यिनको जन्म सन् १८४७ मा इङ्ग्ल्यान्डको बर्सेस्टरमा भएको थियो। सन् १९२२ मा ७५ वर्षको उमेरमा लन्डनमा यिनको मृत्यु भयो । खासगरी यिनी मूर्तिकार र मुद्रा डिजाइनमा प्रसिद्ध मानिन्थे ।
पहिले यो सालिक जावलाखेल चिडियाखाना अगाडि थियो। २०१७ सालपछि यो सालिकलाई स्थानान्तर गरेर सैनिक मुख्यालय भद्रकालीको वायाँपट्टि राखियो । प्रधानमन्त्री जुद्धशमशेरको यो सालिक शालीन छ। जुद्धशमशेरले शिरमा श्रीपेच होइन हेल्मेट रूपी टोपी लगाएका छन्। यो अश्वारोही सालिकको अनावरण २००५ साल जेठ ३१ गते प्रधानमन्त्री मोहनशमशेरबाट भएको थियो। यो सालिक निर्माण गर्नमा निजका पुत्र लेफ्टिनेन्ट जनरल नारायणशमशेर जबराको योगदान छ।
प्रधानमन्त्री रणोद्विप सिंहको अश्वारोही सालिक
जङ्गबहादुरको सालिकको हाराहारीमा उत्तरपट्टि प्रधानमन्त्री रणोद्विप सिंहको अश्वारोही घोडाले दुवै खुट्टा उचालेको निकै नै स्तरीय सालिक छ। श्री ३ हरूको तथ्य वृत्तान्त भन्ने पुस्तकका अनुसार सन् १८५७ मा घेरेकी गदरको युद्धमा रणोद्विप सिंहले देखाएको वीरतालाई संस्मरण गर्ने अभिप्रायले सालिकको मुनि भाँचिएको तोप र तोपका पाङ्ग्रा राखेर युद्ध मैदानको झलक देखाउने प्रयास गरिएको छ।
हाल यो सालिक सदर टुँडिखेलको दक्षिण पश्चिम कुनामा छ। आफ्नो कान्छो भाई धीरशमशेरका महत्वाकाङ्क्षी छोराको हातबाट विसं १९४२ मा यिनको हत्या गरिएको थियो।
कमान्डर इन चिफ जनरल धीरशमशेरको अश्वारोही सालिक
सदर दुडिखेलको पश्चिम उत्तर कुनामा महाँकाल भैरव मन्दिरको उत्तरपट्टि राणा प्रधानमन्त्री जङ्गबहादुरको कान्छो भाइ धीरशमशेरको सालिक छ। दुर्भाग्यवश धीरशमशेर प्रधानमन्त्री हुन नपाउँदै मृत्यु भयो। तत्पश्चात् धीरशमशेरका जेठा छोरा वीरशमशेर नेपालको प्रधानमन्त्री एवं कमान्डर इन चिफ भएपछि यिनले आफ्ना पिता धीरशमशेरको संस्मरणमा यो सालिक स्थापना गराएका हुन् ।
प्रधानमन्त्री वीरशमशेरको सालिक
नेपाल विद्युत् प्राधिकरणको अगाडि भएको अश्वारोही सालिक राणा प्रधानमन्त्री वीरशमशेरको हो । वीर अस्पतालको दोबाटोको चोकबाट स्थानान्तर गरेर टुंडिखेलभित्र यसलाई राखिएको हो। नेपालको इतिह वीरशमशेरको प्रधानमन्त्रीकाललाई राष्ट्रिय शोषणको परम्परा थालनी भएको कालमा गनिने हुँदा त्यत्ति राम्रो मानिंदैन। यिनको मृत्यु विसं १९५७ फागुन २३ भएको थियो।
चन्द्रशमशेरको अश्वारोही सालिक
चन्द्रशमशेरको अश्वारोही सालिक पनि बेलायतमा नै बनाइएको थियो। यो सालिक बेलायतबाट बनाएर पानीजहाजबाट ल्याउँदा जहाज समुद्र्मा पल्टियो । चन्द्रशमशेर जीवित हुँदासम्म उनको सालिक स्थापना हुन सकेन तर त्यसबेला सालिकको बिमा गरिएको हुँदा बिमा कम्पनीले क्षतिपूर्ति दिएपछि पुनः सालिक बनाएर ल्याउँदासम्म चन्द्रशमशेर मरिसकेका थिए। उनको मृत्युपछि प्रधानमन्त्री भीमशमशेरले उक्त सालिक अनावरण गरेका थिए। हाल यो सालिक सदर दुँडिखेलको दक्षिण पूर्व अर्थात् भद्रकाली देवी पीठको दायाँपट्टि छ।
जुद्धशमशेरको अश्वारोही सालिक
पहिले यो सालिक जावलाखेल चिडियाखाना अगाडि थियो। २०१७ सालपछि यो सालिकलाई स्थानान्तर गरेर सैनिक मुख्यालय भद्रकालीको वायाँपट्टि राखियो । प्रधानमन्त्री जुद्धशमशेरको यो सालिक शालीन छ। जुद्धशमशेरले शिरमा श्रीपेच होइन हेल्मेट रूपी टोपी लगाएका छन्। यो अश्वारोही सालिकको अनावरण २००५ साल जेठ ३१ गते प्रधानमन्त्री मोहनशमशेरबाट भएको थियो। यो सालिक निर्माण गर्नमा निजका पुत्र लेफ्टिनेन्ट जनरल नारायणशमशेर जबराको योगदान छ।
यी अश्वारोही सालिक हाम्रा सम्पदा हुन्। यी सालिकले राणाहरूमा मूर्तिकलाप्रतिको सोख धेरै थियो भन्ने दर्साउँछ। अतः यी अश्वारोही सालिकका फेदीमा सानो बगैंचा बनाइदिने तथा सालिकको विवरण लेखेर छेवैमा देखिने गरी राखिदिने र सुरक्षाको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
श्री ५ पृथ्वी बीरविक्रम शाहको अश्वारोही सालिक
स्व। राजा श्री ५ पृथ्वी वीरविक्रम शाहको अश्वारोही सालिक भद्रकालीको पूर्वपट्टि छ । विसं १९८६ फागुन २ गते राजा त्रिभुवनले यसको अनावरण गरेका थिए।
शहरका विभिन्न चोकबाट स्थानान्तर गरेर सदर दुडिखेलभित्र राखिएका अश्वारोही सालिक कलात्मक छन् । सिपजन्य छन् । भावप्रिय छन् । सन्देशमूलक छन् तर यस्ता अश्वारोही सालिकलाई कलात्मक ढङ्गबाट राखिएको छैन। यस सन्दर्भमा जङ्गबहादुरको सालिकलाई भने सानो बगैंचाभित्र सजाएर राखिएको छ । यसरी नै अन्य सालिकलाई पनि व्यवस्थित गरिनु पर्छ। सालिकको छेउमा उभिएर तस्बिर खिच्न पाइयोस् । यी सालिकबाहेक अन्य कुनै अश्वारोही सालिक बनेका छैनन् र बनाउने अग्रसरता पनि कहीँकतैबाट भएको छैन ।ु
यी अश्वारोही सालिक हाम्रा सम्पदा हुन्। यी सालिकले राणाहरूमा मूर्तिकलाप्रतिको सोख धेरै थियो भन्ने दर्साउँछ। अतः यी अश्वारोही सालिकका फेदीमा सानो बगैंचा बनाइदिने तथा सालिकको विवरण लेखेर छेवैमा देखिने गरी राखिदिने र सुरक्षाको व्यवस्था गर्नुपर्ने देखिन्छ ।युवामञ्चबाट।