• बुधबार, २ माघ, २०८१
  • ०२:२२:२०

संसदको पाडो

काठमाडौं । नेपालमा खान र लाउनको पटक्क दुःख छैन । तरिका पुऱ्याएर खान र लाउन नजान्नु त्यो बेग्लै कुरा हो। पहाडमा पिंडालु प्रशस्त पाइन्छ । पेटभरि खान्छन्, त्यसको वलले हलो र कोदालो मरीमरी तान्छन् । शहरतिर हलो तान्नु पनि नपर्ने, कोदाली खन्नु पनि नपर्ने । खान र लाउनको टण्टा पनि नहुने । त्यसैले होला पचहत्तरै जिल्लाका सांसदहरूलाई काठमाडौंमा घरबार चाहिएको । अरू कुरा छाडौं, ड्राइफुड र रेडिमेड फूडको कुरै नगरौं। पैसा तिर्नासाथ च्याम्म चपाउन र स्वाम्म भिर्न पाइने वस्तुको कुरै गर्नुपरेन।


बनाएर खान र साउन पर्ने कच्चा पदार्थको मात्र कुरा गर्ने हो भनेपनि कति हो कति। जर्मनी प्याज, चाइनिज लसुन, थाई चामल, भारतीय पीठो, मलेसियन तेल, अमेरिकी मकै, ब्रिटिश आलु, संसार भरकै सामान पाइन्छ। नून, तेल, चिनी, चामल, प्याज, पेट्रोल शर्टेज हुने भएकोले होला, मिट मसालाको विज्ञापनमा "खाली नून र प्याज हाल्नुस अरू स्वाद यसैमा छ "  भन्छ। बरू खाली मट्टितेल वा पेट्रोल हाल्नुस प्याज र नून यसैमा छ भनेको भए कति राम्रो हुन्थ्यो होला ।

साउने कुराको पनि कमि छैन। ज्याकेट, जुत्ता, पाइन्ट, पेन्टी, कोट, पेटीकोट, टाई, टाउजर, ब्लाउज, स्वेटर, सल, सारी, मिडी, म्याक्सी, टिसर्ट, हेयरपिन, टाइपिन, सारीपिन, के के हो के के !!

साउने कुराको पनि कमि छैन। ज्याकेट, जुत्ता, पाइन्ट, पेन्टी, कोट, पेटीकोट, टाई, टाउजर, ब्लाउज, स्वेटर, सल, सारी, मिडी, म्याक्सी, टिसर्ट, हेयरपिन, टाइपिन, सारीपिन, के के हो के के !! घस्नमा खरानी देखि किरिम-पाउडरसम्म, बस्नमा सुकुल-चकटीदेखि स्प्रिङ्गवाल र डनलपवाल सोफासेटसम्म, दल्नामा लिपिस्टिकदेखि आई-ब्रो, आई-कलरसम्म, मल्नमा बेलायती साबुनदेखि अमेरिकी लोडान, जापानी कलपसम्म, ओड्नेमा टिविटियन खादा (गलबन्दी आकारको सेतो रेश्मी कपडा) देखि चाइनिज र जापानिज छातासम्म, छिट्नेमा भारतीय फिनेलपानीदेखि पेरिश र लण्डनको पर्फ्यूम सेन्टसम्म के मात्र पाइँदैन र...!!

सवारी साधनको पनि के कम छ र गुड्नेमा दुई चक्के साइकल र मोटरसाइकल, तीन चक्के रिक्सा र टेम्पो, चार चक्के कार भ्यान, छ चक्के बस र ट्रक आदि नेपालमा सियो बनाउन नसके पनि, विदेशीले फलामको मियो राखेर भक्का भक बनाएर पठाएका छन्। अमेरिकी फोर्ड, बेलाइती बेञ्चकार, जापानिज प्राडो र पजेरो प्रख्यात प्रख्यात गाडीहरू छन्।

हाम्रो भोटले जितेर सांसद भएर के के न विकास गर्ला  भनेको त काठमाडौं गएर भैसीको पाडो पो चढेछ । चिलगाडी र भुईकनेगाडी चढ्‌ला जिल्ला फर्कदा सँगै लिएर आउला, ओल्लो गाउँ र पल्लो गाउँ दगुराउने बाटो बन्ला भनेको त केही नपाएर पाडो पो चढेछ।

उड्‌नेमा पनि डकोटा हेलिकप्टर, टुइनोट-बोइङ्ग, के के के के। कमिशनतन्त्रको मन्त्र लाएर भएपनि, भाडामा लिएर गाडा झै धकेल्नु परेपनि नेपालीहरूको लागि मनग्गे झिकाई दिएका छन् । उड्ने भन्दा गुड्ने प्राडो र पजेरोको चर्चा घर-घरमा चल्ने गरेका छन् ।

सायद धेरै खर्च लाग्ने, नेपालको सांसद, मन्त्री र हाकिमहरूले चढ्ने भएर होला नत्र सडकमा अनेको नाम र मोडेलका गाडीहरू आंखा झिम्म गर्न नपाउँदै दर्जनों पास हुने गरी गुड्छन्।

तिनीहरूको चर्चा कसैले चलाएको सुनिदैन त नेपालका ठूलोवडाले चढ्ने नेरू चालीस लाख पर्ने, गाडीको नाम के प्राडो राखेर पठाएका हुन कुन्नि फेरि डेराबाल सांसददेखि झण्डावाल मन्त्रीसम्मले त्यही चढ्नु पर्ने वाध्यता के पर्यो कुन्नि अरू चढेको भए पनि त हुन्थ्यो । 

चलन चल्तीका अरू पनि थुप्रै गाडीहरू दिए। गाँठवाल संसदले  मात्र चढेको भएपनि त्यति चर्चामा समय खर्च गर्ने थिएनन् कि त्यो त मै पनि भन्न सक्तिन । सांसदले काठमाडौ गएर प्राडो चढ्यो भन्दा जनता के भन्दा हुन्। पहाडतिर भए बुइक्क मोरा SSS हाम्रो भोटले जितेर सांसद भएर के के न विकास गर्ला  भनेको त काठमाडौं गएर भैसीको पाडो पो चढेछ ।

चिलगाडी र भुईकनेगाडी चढ्‌ला जिल्ला फर्कदा सँगै लिएर आउला, ओल्लो गाउँ र पल्लो गाउँ दगुराउने बाटो बन्ला भनेको त केही नपाएर पाडो पो चढेछ। यसले के गाउँको विकास गर्ला भन्ने आशा गर्नु र दोर्याई तेऱ्याई भोट दिनु बरू लिखुरै भए पनि घोडै किनेर चढेको भए हुन्थ्यो ? ठेलागढा चढेको भएपनि हुन्थ्यो भन्दा हुन् ।  

तराईतिर भए "काठमाडौंमे सांसदजी प्राडो चढेछे चढ्यल वा भन्दा यहाँ हात्ती पालेपनि भैंस चढेछे कहिले काही वयल गाडा चढेछे। त्यहाँ गएर पाडा चढेछे त कोनसा ठूलो वात छे भैंस जति सबै मःमः खाएर खत्तम करी छे। अनि पाडा नचढे कि चढ्छे त हाम्रा सांसदजी ?" भन्ने सोच्दा हुन् ।

यी त भए प्राडो र पजेरो भुइँकनेगाडीको नाम हो भन्ने कुरो थाहा नहुने जनताको कुरा शहर-शहरमा त वच्चा बच्चीदेखि, वुढा-बुढी सम्मलाई थाहा छ यो प्राडो र पजेरो नामधारी गाडीको मोल नेरू. चालीस लाख पर्छ भनेर........!!!! सांसद भएको तीन महिना नबित्दै चालीस लाख पर्ने गाडी प्राडो र पजेरो आ- आफ्नो निजी (रातो प्लेट )राखेर चढेको देख्दा, पैसा कहाँबाट फल्छ ? भनेर जिब्रो टोक्छन् ।

पहिले पंचायत कालमा न प्राडो र पजेरो आको थ्यो न सांसद भएपछि यस्तो सुविधा पाको थ्यो। अहिले त सांसद पद छुटेपनि पेन्सन आउँछ। अनि खर्च गरेर भएपनि नजिती भो....!!!

आफूले थोत्रो साइकलसम्म पनि चढ्न नपाएको झोंकमा निधारमा हत्केला ठोक्छन् पनि । कुनै व्यापारीले दियो रे सही, के त व्यापारीहरू उनीहरूको साला, जेठान, सासु, ससुरा, त परोइन। कि सांसद हुनासाथ त्यस्तै अन्ट-सन्ट साइनो गाँसिन्छ ? केही न केही नगरी चालीस लाख त त्यसै दिंदैन होला?

व्यापारीहरू मात्र लाटा त हुँदैनन् होला नेपालका कस्ता कस्ता मै हुँ भन्ने चलाखलाई पनि हाट- बजारमा लगेर बेच्न सक्नेलाई लाटा भन्नु तपाई हाम्रो मूर्खता हो। एकातिर कमाउनुका लागि अर्कोतिर घांडो लाएको वा बल्छी हालेको पनि हुन सक्छ। लाज पचाएर "माडेले दियो" भन्छन्। केलाई दियो माडेले ? किन दियो माडेले ? यस्तै प्रश्न गरिरहेका छन्, तिम्रा बाबु सढिले ।

कसै-कसैले त यसो पनि भन्ने गरेका छन् "हामीले गतिलो नेता एउटै चिन्न सकेनौ वा छान्न सकेनौ । कहां-कहांको मान्छेलाई कार्यकर्ताले यस्तो र त्यस्तो भनेको भरमा हाम्रा अमूल्य भोट दियों। जितेर सांसद भएपछि यस्तै ताला र चाला हुन्छ । काठमाडौंमा घरवार सवैलाई चाहिएको छ। प्राडो र पेजेरो सवैलाई हरर चढ्ने मन लागिहाल्दो रहेछ। प्राडो नचढ्ने नेताले नोट खर्च गर्दैन ।

नोट खर्च नगरी भोट बटुलिदैन । नोटसंग साटेको भोटले सांसद हुने मौका पाएपछि पैसाको बोट कहा छ भनेर घांटी तन्काउने पर्यो कसो ?  पहिले पंचायत कालमा न प्राडो र पजेरो आको थ्यो न सांसद भएपछि यस्तो सुविधा पाको थ्यो। अहिले त सांसद पद छुटेपनि पेन्सन आउँछ। अनि खर्च गरेर भएपनि नजिती भो....!!! कर्मचारीले पेन्सन खान वीस वर्ष नोकरीमा डल्लिनु पर्छ ।

राजनीतिज्ञदेखि कति तहको दवाव सहनुपर्छ। मतलव ठूलो संघर्ष गर्नुपर्छ। तर सांसदले त चुनाव जित्यो कि पुग्यो। भनेपछि प्राप्त प्रजातन्त्र त  संसदलाई मात्र  आको हो कि त जनतालाई चाहिं सुन्ना ..................!!!!!

 मैत्रीय सन्देश, वर्ष-१. अंक-२, २०५६,पुष मा प्रकाशीत  लेखक नरमेन्द्र लामा को कृतिबाट साभार