अण्डाको मूल्य बढ्यो
-
नेटिजन संवाददाता
- मंगलबार, १३ फाल्गुण, २०८१- १२:१२:००/ Tuesday 02-25-25

फाल्गुन १२गते सोमबार देखि नै लागु हुने गरी अण्डाको मूल्य बढेको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो । मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट (३० वटा) को रु ३ सय ९०, ठूलो अण्डा रु ४ सय १० र एक्स–एल अण्डा प्रतिक्रेटको मूल्य रु ४ सय २५ पुगेको छ ।
यसअघि मध्यम अण्डा प्रतिक्रेट रु ३ सय ५०, ठूलो अण्डा रु ३ सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट रु ३ सय ८५ रहेको थियो । यो फार्म मूल्य हो ।बजारमा अण्डाको माग बढेको र लागतसमेत बढी रहेकाले मूल्य बढाउनुपरेको अध्यक्ष पोखरेलको भनाइ छ ।