नेपाली समाज रूपान्तरणको आलोक : रेडियो नेपालको ७५ वर्ष
- डा.नवराज लम्साल
- बुधबार, २० चैत, २०८१- १०:३५:००/ Wednesday 04-02-25

काठमाडौं। रेडियो नेपालको स्थापना गर्ने संस्थापक समूहको चेतनामा रातारात रेडियो नेपाल खोलौँ भन्ने तरङ्ग आएको होइन । यसको भ्रुण निकै अघि उम्रिसकेको थियो ।
२००७ सालअघि देशमा राणाहरूको शासन थियो । त्यसका विरुद्ध चल्दै गरेको सशस्त्र आन्दोलन विस्तारै उत्कर्षमा चढ्दै गर्दा रेडियो प्रसारणको अनौपचारिक प्रारम्भ तात्कलीन विद्रोहीहरूले २००७ साल मङ्सिर महिनामा भोजपुरबाट गरेका थिए ।
अन्ततः १९ गते विराटनगरबाट प्रसारित पूर्व सूचना अनुसार २० चैत २००७ मा औपचारिक प्रसारण प्रारम्भ गर्दै तारिणीप्रसाद कोइरालाले बोले : यो प्रजातन्त्र नेपाल रेडियोको आवाज हो । ४१ मिटर ब्याण्डमा हामी काठमाडौंबाट बोलिरहेका छौं ।
इतिहास निर्माणअघिको सङ्क्षिप्त इतिहास
विभिन्न ठाउँमा उल्लेख भएअनुसार मोहन शमशेर राणा श्री ३ महाराज भएपछि उनले भोजपुरमा आकाशवाणी स्थापना गरेका थिए । त्यहाँ केही उपकरण थिए । विश्वयुद्धका बेला प्रसारण उपकरण सम्बन्धी तालिम लिएका नारदमुनिले सहकर्मी श्रीपाल राईसँग केही सल्लाह गरे । त्यतिखेर नेपाली काँग्रेसले राणा विरुद्ध संघर्ष गरिरहेको थियो ।
प्रथम र द्वितीय विश्वयुद्ध लडेर आएका कतिपय लडाकु काँग्रेसको मुक्ति सेनामा संलग्न थिए । भोजपुरकै एउटा विद्यालयमा जयेन्द्र थपलिया शिक्षक थिए । उनकै योजनाअनुरूप एक दिन शनिवारे हाट लागिरहेको बेला नक्कली धामी र नक्कली विरामी भएर धामी नाच प्रदर्शन गर्दै गर्दा सिपाहीहरू मन्त्रमुग्ध भएर हेरिरहेका थिए । त्यही मौका पारेर सिपाहीका सबै हतियार खोसे ।
यसरी खोसिएको हतियार साथमा राखेर आकाशवाणीको उपकरण प्रयोग गरी रेडियो सञ्चालन गरे । त्यो समयले दिएको अनेकन उतारचढाब खेपेर प्रसारणको यो अभ्यास विराटनगर सर्यो । कति भोजपुरकै प्रसारकहरू विराटनगर आइपुगे त कति त्यहीँका नयाँ थिए ।
विराटनगरबाट सर्टवेभको ४१ मिटर ब्याण्डमा प्रसारण भएको थियो । समाचारसँगै गीत गुञ्जेथ्यो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको रचनामा रानुदेवी अधिकारीले गाएकी थिइन् :
आज देशको क्रान्ति युद्घमा
हाम्रो एक पुकारा होस्
लड्दा लड्दै मरे मरौँला
यो नै एउटा नारा होस् ।
…..
नेवार आऊ, पर्वते आऊ, आऊ वीर गुरुङ राई
मधेशी, क्षेत्री, बाहुन आऊ, तामाङ अरु मगर भाइ
सबै जातिको रक्त मिलेको बग्ने एउटै धारा होस्
लड्दा लड्दै मरे मरौँला यो नै एउटा नारा होस् ।
गीतले भनेझैँ सबै आए । आन्दोलनले सफलता पायो । विराटनगरमा प्रसारण भइरहेको प्रजातन्त्र रेडियोले २००७ साल चैत्र १९ गते दिउँसो सगौरव एउटा सूचना प्रसारण गर्यो : ‘भोलिको कार्यक्रम हामी काठमाडौंबाट प्रसारण गर्नेछौ, विराटनगरवाट बिदा हुन्छौ नमस्ते’ ।
………………………..
स्वाभाविक हो समय गतिशील छ । सुधार ल्याउँछु, परिवर्तन गर्छु र रूपान्तरित हुन्छु भने पनि नभने पनि धेरै कुरा समयकै गतिमा निर्धारण हुनेरहेछ । समयको पोल्टामा समय आयो । रेडियो प्रसारणले सूचना र समाचार मात्र दिएन, रेडियो प्रसारण आफैँमा एउटा समाचार बनेर जन्मियो । २००७ साल चैत्र १७ गते शुक्रबार गोरखापत्रको पहिलो पृष्ठमा यस्तो सूचना प्रसारण भएथ्यो :
‘समाचार प्रसारण (बोडकाष्टिङ)’
‘पर्सि चैत्र २० गतेका दिन काठमाडौंबाट समाचार (बोडकाष्टिङ) सुरु हुने भएको छ । त्यसको विवरण आगामी सङ्ख्याको गो.प.मा प्रकाशन गरिने छ ।’ — नेपाल प्रचार विभाग
चैत २० गतेको गोरखापत्रमा रेडियो प्रसारण सम्बन्धी सम्पादकीय छापिएको थियो भने चैत्र २२ गतेको गोरखापत्रमा यस्तो समाचार थियो —
‘ध्वनि विस्तार ।’
काठमाडौं चैत २१ गते ।
प्रजातन्त्र नेपाल रेडियोबाट बिहान ८ ..बजेदेखि ९ .. बजेसम्म र साँझमा ६ ..बजेदेखि ७ ..बजेसम्म ४१ मिटरबाट खबर प्रसारित भइरहेको छ । आज नेपालका कवि सङ्गीतकारहरूले आ—आफ्ना रचनाआदि प्रसार गरिराखेको खबर छ ।’
……………..
आजजस्तो सूचनाको व्यापकता पनि थिएन । सूचनामा पहुँच र प्रशोधनमाथि नियन्त्रण पनि थिएन । केही कार्यक्रम कार्यक्रमकै नाममा चले चलाइए पनि अधिकाँश समय गीतसङ्गीतकै थिए । नेपाली, नेवारी र अङ्ग्रेजी समाचार प्रसारण भए पनि समाचारमा समय कति नै हुन्थ्यो र ? समाचारका स्रोत तथा सामग्रीमा पहुँच पनि त्यति सजिलो थिएन ।
अन्ततः १९ गते विराटनगरबाट प्रसारित पूर्व सूचना अनुसार २० चैत २००७ मा औपचारिक प्रसारण प्रारम्भ गर्दै तारिणीप्रसाद कोइरालाले बोले : यो प्रजातन्त्र नेपाल रेडियोको आवाज हो । ४१ मिटर ब्याण्डमा हामी काठमाडौंबाट बोलिरहेका छौं ।
सबैभन्दा पहिले कोइरालाले समाचार वाचन गरे । त्यसपछि हरिप्रसाद रिमालले गीत गाए – मेरो दिल टुक्रा पारेर आँखाको बाटो हुँदै बहने छ । यस गीतका रचनाकार शङ्कर लामिछाने थिए । ‘समाचार’ र ‘सङ्गीत’ रेडियो प्रसारणको आरम्भमै प्रसारणका जुम्ल्याहा भएर जन्मिए । आज पनि रेडियो प्रसारणमा समाचार र सङ्गीत सँगसँगै सँगसँगै प्रसारित हुँदै आएका छन् । समाचार प्रसारणलाई निम्तो दिएर आज पनि समाचारको हरेक बुलेटिनअघि सङ्गीतको तरङ्ग पोखिन्छ र त्यसपछि मात्रै समाचार बोल्छन् प्रसारकहरू ।
समाचार प्रसारण सकियो । हरिप्रसाद रिमालले गीत गाए । यी सबै लाइभ थिए । रेकर्डिङको व्यवस्था थिएन । बाँसुरी, चाँप, मुजुरा, तवला र मादल बजेको थियो । अरू बाजाको स्वरलाई हार्माेनियमको स्वरले नथिचोस् भनेर हार्मोनियममाथि कपडा राखिएको थियो । बिहान, दिउँसो र बेलुकीको सेवा भनेर प्रसारण समयलाई ३ सेवामा बाँडिएको थियो । प्रत्येक सभा १ घण्टा ३० मिनेटको थियो ।
प्रसारणको काल विभाजन :
प्रारम्भिक कालका प्रसारकहरूमा नयाँ जोश, जाँगर र उन्मुक्तता थियो । त्यस यताका ७५ वर्षलाई समयको केस्रामा बाँडेर हेर्न सकिन्छ । यस विभाजनमा त्यति ठूलो वैज्ञानिक आधार त छैन तर केही सूचकहरूका आधारमा अध्ययनको सजिलोका लागि फरकफरक समयखण्डमा राखेर हेर्न सकिन्छ ।
१. २००७ देखि २०२३ सम्म
२. २०२३ देखि २०४१ सम्म
३. २०४१ देखि २०५२ सम्म
४. २०५२ देखि २०७२ सम्म
५. २०७२ देखि पिसबीसम्म
………………………….
१. २००७ देखि २०२३ सम्म
कुनै पनि कुराको सुरुवात जस्तै सजिलो हुँदैन निरन्तरता । सुरुवातमा स्टुडियोको रूपमा एउटा कोठा । बीचमा टेवुल । टेबुलमाथि झुन्डिएको माइक । लहरै घेरा परेर उभिएका प्रसारक, गायक । एक जना प्राविधिक क्युल्याम्पको काम गर्थे, बोल्ने इशारा गर्थे र अर्का प्राविधिक प्रसारण नियन्त्रण गर्थे । श्यामदास वैष्णवले बताएअनुसार त्यतिखेर माष्टर ठाकुरदासले क्युल्याम्पको काम गरेका थिए र बद्रीप्रसाद ठाकुरले प्रसारण सञ्चालन गरेका थिए ।
त्यतिखेरका प्रसारकहरूमा तारिणीप्रसाद कोइराला, हरिप्रसाद रिमाल, जनार्दन सम, श्यामदास वैष्णव, रश्मी राज्यलक्ष्मी राणा, शकुन्तला शर्मा, मुरारीकृष्ण शर्मा, एलिस राणा, प्रकाशमान सिंह, राजेन्द्र गुप्ता, हरि श्रेष्ठआदि थिए । फलेन्द्र विक्रम राणा, ज्ञानुभाइ खत्री, रामभाइ विजयानन्द, बद्रीनाथ श्रेष्ठहरू पनि त्यही समयका प्रसारक हुन् ।
नयाँ थियो उत्साह र नयाँ गर्नु थियो केही न केही । एउटा व्यक्तिले एउटा कार्यक्रमभन्दा पनि सबै मिलेर पालैपालो कार्यक्रम सञ्चालन गर्थे । बाल कार्यक्रम, छात्र कार्यक्रम, फौजी, किसान र प्रश्नोत्तर कार्यक्रमहरू प्रसारण हुन्थे । जनमुक्ति सेना नेपाल प्रहरीमा गाभिएपछि ‘पुलिस प्रोग्राम’ सुरु गरिएको थियो । नारी कार्यक्रम २००८ साल वैशाखदेखि नै सञ्चालन भएको हो ।
गीत प्रस्तुत गरेर प्रसारणलाई भरिलो पार्ने कलाकारहरूमा हरिप्रसाद रिमाल, समरबहादुर मल्ल, हरिबहादुर रन्जित, उही गोविन्दबहादुर गुरुङ, किशोरीदेवी, कोइलीदेवी, नातिकाजी, शिवशङ्करआदि थिए । सुरुसुरुमा लाइभ गीतसङ्गीतले नै प्रसारणको सम्पूर्ण समय भरिन्थे । समाचारवाला द्रुत गतिका उपियाँजस्ता हुन्, हातमा भएको समाचार पढ्यो, स्टुडियोबाट फुत्त निस्कियो तर कार्यक्रम प्रसारकहरूले भने तोकिएको प्रसारण समय जसरी पनि भर्नुपर्ने थियो । त्यो क्रम आज पनि छ ।
प्रसारणको लोकप्रियता र चाप बढेसँगै विभाग विभाजन गरेर कामको जिम्मेवारी तोकिने परम्परा सुरु भयो । २००९ साल चैत २० गते आइपुग्दा जनार्दन सम कार्यक्रम विभागको प्रमुख भए । समयको त्यही बिन्दुबाट सिर्जनशील प्रसारकहरूको प्रसारण धार सुरु भएर कार्यक्रम विभाग/शाखा/महाशाखाका रूपमा विकसित हुँदै आएको मान्न सकिन्छ ।
आजजस्तो सूचनाको व्यापकता पनि थिएन । सूचनामा पहुँच र प्रशोधनमाथि नियन्त्रण पनि थिएन । केही कार्यक्रम कार्यक्रमकै नाममा चले चलाइए पनि अधिकाँश समय गीतसङ्गीतकै थिए । नेपाली, नेवारी र अङ्ग्रेजी समाचार प्रसारण भए पनि समाचारमा समय कति नै हुन्थ्यो र ? समाचारका स्रोत तथा सामग्रीमा पहुँच पनि त्यति सजिलो थिएन ।
तोकिएको समयमा फेरि पनि कार्यक्रम र गीतकै साहरा । गीत पनि लाइभ । कार्यक्रम विभाग अन्तरगत पूर्ण लामा, गोपालराज पन्त, जनकलाल शर्मा, शौभाग्य धौभडेल, शान्ता श्रेष्ठ, प्रभा बस्नेतहरू थपिँदै आए । समाज, संस्कृति, बालबालिका, फौज, पुलिस, पर्व विशेष र ठूलाबडा मान्यजनका जन्मदिन, उत्सव आदिका विषय केन्द्रित प्रसारण चल्दै गए ।
गाउँ फर्क कार्यक्रम, मजदूर कार्यक्रम, कृषि कार्यक्रमआदि यही समयका हुन् । कृषि कार्यक्रमको जेटिए र बूढी आमा अत्यन्तै लोकप्रिय थिए । बूढी आमा बनेकी लक्ष्मी भूषालको प्रसारक प्रभाव आजसम्म पनि सुरक्षित छ । स्कुल प्रसारण कार्यक्रम तथा परिवार नियोजनजस्ता कार्यक्रमको अर्कै प्रभाव र उपस्थिति देखिन्थ्यो । प्रसारणका हिसाबले यो समय रेडियो नेपालको स्वर्ण काल थियो । प्राय सबै जना उत्तिकै लोकप्रिय उत्तिकै प्रभावशाली ।
२. २०२३ देखि २०४१ सम्म
यो समय खण्ड प्रविधि, प्रसारक, विषय विविधता र प्रभावका हिसाबले महत्वपूर्ण छ । विभिन्न दातृराष्ट्रको सहयोगमा सिंहदरबारमा स्टुडियो विस्तार, नयाँ कार्यक्रमहरूको सुरुवात तथा संरचनात्मक रूपमा कार्यक्रम, समाचार, इन्जिनियरिङ र प्रशासन फरक फरक विभाग गठन जस्ता कामहरू भए । लोकलहरी, सुनगाभा, एक मुटु अनेक धड्कन, गीतिकथा, विदेशमा बस्नेहरूका लागि कार्यक्रमआदि सुरु भए । किरण खरेल, दामोदर अधिकारी, सिद्धान्तराम जोशीहरू यस खण्डका पूर्वाद्र्धका प्रसारकहरू हुन् ।
२०२८ सालमा ‘विकासका लागि सञ्चार’ भन्ने नारा प्रारम्भ भएपछि रेडियो नेपालमा पनि त्यसको प्रभाव प¥यो । प्रसारण समय दैनिक ८ घन्टाबाट बढाएर १२ घन्टा बनाइयो ।
धन लामा, पाण्डव सुनुवार, यज्ञनिधि दाहाल, वासुदेव मुनाल, मिठ्ठाराम पराजुली, निरोधराज पाण्डेआदि प्रसारकहरूले यस युगमा रेडियो प्रसारणलाई उपल्लो उचाइ दिए । धार्मिक कार्यक्रम दैनिक भएको २०२८ सालदेखि हो । यसका सञ्चालक पुरुषोत्तम सापकोटा हुन् । पछि चण्डिका पौडेल, शारदा गुरुआमा यसैमा थपिए र २०५० को मध्यतिर नवराज लम्साल पनि मिसिए । समयअनुसार कार्यक्रम थपघट र परिमार्जन हुने भए-भइरहे पनि २०६० को मध्यतिर आएर धार्मिक कार्यक्रम बन्द भयो ।
बाह्य सेवा (External Service) भनेर अङ्ग्रेजी कार्यक्रम, व्यावसायिक रूपमा विज्ञापन सेवा, फुटबल लगायतका विभिन्न खेल, पर्व तथा घटनाविशेषको प्रत्यक्ष प्रसारण यसै कालखण्डको पूर्वाद्र्धका मुख्य उपलब्धि हुन् । माइकल चन्द (हरिश चन्द) को अङ्ग्रेजी प्रस्तुतिलाई रेडियो नेपालको इतिहासमै उच्च सम्मानका साथ हेरिन्छ ।
मोजार्ट र बेथोविनलगायतका अङ्ग्रेजी गीतसङ्गीतका साधकहरूको खोजबिन र शास्त्रीय स्वादका अङ्ग्रेजी गीतहरूको प्रस्तुतिमा माइकल चन्दको आवाज निकै सुहाएको मानिन्थ्यो । विज्ञापन सेवा पनि त्यतिबेलैको अभ्यास हो ।
नरेश अधिकारी, खगेन्द्र नेपाली, यादव खरेल, किरण खरेल, दामोदर अधिकारी, ध्रुव थापा, पुरुषोत्तम सापकोटा, पाण्डव सुनुवारआदि निकै चर्चित प्रत्यक्ष प्रसारक (Comentator) हुन् ।
हाजिरी जवाफ, इन्द्रेणी, अतीतका गीत, रसरङ, हाम्रो संस्कृति, रोदी, स्वस्थ्य र सफाइ, झरना र झङ्कार, खेलकुद, फूलबारी, चौतारी, साहित्य संसारआदि यस समयका कार्यक्रमहरू हुन् । नुपूर भट्टाचार्य, देवी शर्मा, सूर्यकुमारी पन्त, हिरण्य भोजपुरेआदि प्रसारक थिए । २०३० को दशकमै रसरङ कार्यक्रमका बेजोड प्रतिभा थिए महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । यसै कार्यक्रममा संलग्न थिए सन्तोष पन्त । उनीहरूले प्रस्तुत गरेको प्रहसनको खित्का दीर्घकालीन हाँसो भनेर स्मृतिमा बाँचिरहेछ ।
हरिप्रसाद रिमालको नाटक निर्देशन र सुशीला रायमाझी, लोकमणि सापकोटाआदि कलाकारको अभिनयले रेडियो नाटकको निकै गहिरो प्रभाव थियो । रेडियो नाटक त्यस समयको चर्चित उपलब्धी हो ।
गाउँ फर्क कार्यक्रम, मजदूर कार्यक्रम, कृषि कार्यक्रमआदि यही समयका हुन् । कृषि कार्यक्रमको जेटिए र बूढी आमा अत्यन्तै लोकप्रिय थिए । बूढी आमा बनेकी लक्ष्मी भूषालको प्रसारक प्रभाव आजसम्म पनि सुरक्षित छ । स्कुल प्रसारण कार्यक्रम तथा परिवार नियोजनजस्ता कार्यक्रमको अर्कै प्रभाव र उपस्थिति देखिन्थ्यो । प्रसारणका हिसाबले यो समय रेडियो नेपालको स्वर्ण काल थियो । प्राय सबै जना उत्तिकै लोकप्रिय उत्तिकै प्रभावशाली ।
एफएमजस्तै तात्कालीन क्षेत्रीय अवधारणा अनुरूपका क्षेत्रीय प्रसारण कार्यालय धनकुटा, पोखरा, काठमाडौँ, सुर्खेत र दिपायलबाट छुट्टाछुट्टै क्षेत्रीय प्रसारण हुन्थे । क्षेत्रीय प्रसारण २०५० चैत २० देखि नै सुरु भइसकेको थियो तर यही कालखण्डमा यसले अपेक्षाकृत अग्लो उचाइ लियो । क्षेत्रीय प्रसारण केन्द्रहरूमा उत्पादित कार्यक्रमहरू एकअर्को प्रसारण केन्द्रमा आदानप्रदान गरेर प्रसारण हुन्थे । कतिपय कार्यक्रम केन्द्रबाट पनि प्रसारण भएका थिए ।
३. २०४१ देखि २०५२ सम्म
२०४१ सालमा रेडियो प्रसार सेवा विकास समिति बन्नुअघि रेडियो नेपाल तात्कालीन प्रसार विभाग थियो । यो संरचनागत परिवर्तनपछि रेडियो नेपालको मूल प्रसारणमै पनि आमूल परिवर्तन आयो । रेडियो नेपालले आफैँ कमाएर खानुपर्छ भन्ने वाक्यांशको प्रयोग त्यही बेलादेखि भएको हो । विज्ञापन प्रसारणले थप गति लियो, प्रायोजित कार्यक्रमहरू प्रसारण प्रारम्भ भए र ‘रेडियोको टोन’ केही हदसम्म फरक सुनियो ।
प्रसारण समय १२ घण्टाबाट १६ घण्टा भयो । यस समयमा समाजलाई मनोरञ्जनात्मक तरङ्ग दिएको बेजोड प्रस्तुति सुन्दर सुशील सङ्गीत र फोन इन कार्यक्रम हो । रसरङ, कृषि, शाही नेपाली सैनिक, हाम्रो वन, शैक्षिक कार्यक्रम, परिवार नियोजनआदि प्रायोजित कार्यक्रमका रूपमा स्थापित भए । रेडियोले समयको मूल्य निर्धारणका लागि सुपर टाइम, ए टाइम, बी टाइम र सि टाइम गरी समय विभाजन गर्यो ।
इतिहासको अर्को ठूलो परिवर्तनको समय यही बीचमा थियो । २०४६ को ऐतिहासिक जनआन्दोलन, पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्रको उदयसँगै केही परिवर्तनहरू देखा परे । राष्ट्रिय गीत भनिने गीतलाई स्वदेशगान भन्न थालियो । पञ्चायतको प्रशंसा र राजाको अनावश्यक स्तुतिका गीतहरू थन्को लागे । घटना र विचार, परिवेश र अखबारजस्ता कार्यक्रमहरू थपिए ।
छुट्टै रिपोर्टिङ युनिट सुरु भयो । रेडियो नेपालमा विभिन्न शाखामा कार्यरत कर्मचारीहरूलाई भेला पारेर रिपोर्टिङ युनिट बनाइयो । कृष्ण केसीले त्यसको अगुवाइ गरेका थिए । २०४७ भदौदेखि ‘यो हप्ता’ नामको विश्लेषणात्मक कार्यक्रम सुरु भयो र यसैको विकसित रूप घटना र विचार हो, जुन कार्यक्रम विभिन्न उतारचढाब खेप्दै आजसम्म जीवित छ ।
यस समयका राम्रा पक्ष धेरै छन् । विभिन्न साङ्गीतिक तथा खेलकुद कार्यक्रमहरूको प्रत्यक्ष प्रसारण, सांसद फोन इन, तात्कालीन विकास क्षेत्रअनुसारको क्षेत्रीय केन्द्रहरूबाट क्षेत्रीय प्रसारण प्रारम्भआदि महत्वपूर्ण उपलब्धि हुन् ।
पुरुषोत्तम दाहालकै तहको अर्को प्रसारक यो समयले जन्माएन । पुरुषोत्तम दाहालले घटना र विचार सुरु गरेपछि बाहिरका मान्छेलाई रेडियोमा बोल्न दिनहुन्न भनेर रेडियो नेपालका केही प्रसारकहरू विरोधमा पनि उत्रिए तर कार्यक्रम यति लोकप्रिय भयो कि पछि विरोध गर्नेहरूलाई समेत लाज लाग्यो । पत्रकार पुरुषोत्तम दाहाल त आफैँ वरिष्ठ पत्रकार थिए, लेखन शिल्प थियो, वाणीमा सरस्वतीको प्रताप थियो, कृष्णप्रसाद भट्टराईजस्ता सुधी प्रधानमन्त्री थिए र उनलाई आफ्नो टिम आफैँ छान्न दिए, सशक्त टिम बन्यो र यो कार्यक्रमले जनताको मन जित्यो ।
त्यसपछि त यो कार्यक्रम कार्यकर्ता भर्ती र नेता नजिकका मान्छेका लागि जागिर दिने थलो बन्योे । यसका लागि आआफ्ना दलीय कित्तामा उभिएका रेडियो नेपालभित्रकै कर्मचारी संघसंगठन पनि दोषी छन् ।
४. २०५२ देखि २०७२ सम्म
२०५२ एफ.एम. प्रसारण प्रारम्भको समय हो । २०५२ कार्तिक ३० गते बिहान काठमाडौँबाट पहिलो पटक एफ.एम.को परीक्षण प्रसारण सुरु भयो । मिडियम वेभ र सर्टवेभ प्रसारणमा अभ्यस्त श्रोताले एफ.एम.को स्वाद पाए । नयाँ प्रविधि, प्रसारक र विषयले प्रवेश पायो । यसको सुरुवात रेडियो नपाल आफैँले गरेको हो । एफ.एम. काठमाडौँ १०० मेगाहर्जको नाममा सुरु भएको यही मञ्च प्रयोग गरेर निजी व्यक्ति र कम्पनीले नयाँनयाँ एफएम सुरु गरे ।
तत्काल आइपर्ने विषय/सन्दर्भ, घटना/दुर्घटना, विपत्ति/प्रकोपआदिलाई तत्काल सम्बोधन गर्ने प्रयास । यसका लागि लागि तीक्ष्ण चेतना र समयबोधको सूचना सङ्ग्रह चाहिन्छ । २०७२ को भूकम्प र कोरोनाको प्रकोपको बेला रेडियो नेपालले निर्वाह गरेको भूमिका र त्यो बेला खटेका प्रसारकहरूको प्रसारण छवि आज पनि जनजनको मनमा अमर छ, अमूल्य र यादगार छ । यसो भन्नु र हुनुको कारण प्रसारकहरूले गर्न सकेको समयको बोध र राष्ट्रिय जिम्मेवारी हो ।
एफएमजस्तै तात्कालीन क्षेत्रीय अवधारणा अनुरूपका क्षेत्रीय प्रसारण कार्यालय धनकुटा, पोखरा, काठमाडौँ, सुर्खेत र दिपायलबाट छुट्टाछुट्टै क्षेत्रीय प्रसारण हुन्थे । क्षेत्रीय प्रसारण २०५० चैत २० देखि नै सुरु भइसकेको थियो तर यही कालखण्डमा यसले अपेक्षाकृत अग्लो उचाइ लियो । क्षेत्रीय प्रसारण केन्द्रहरूमा उत्पादित कार्यक्रमहरू एकअर्को प्रसारण केन्द्रमा आदानप्रदान गरेर प्रसारण हुन्थे । कतिपय कार्यक्रम केन्द्रबाट पनि प्रसारण भएका थिए ।
सुर्खेतमा उत्पादन भएको राउटेसँगको अन्तरक्रियात्मक कार्यक्रम केन्द्रले लिएर सगौरव प्रसारण गरेको थियो । यसरी प्रसारण सामग्रीमा विविधता र स्थानीय व्यक्ति, प्रवृत्ति र पात्र मिसिएका थिए । स्वर, शैली र विषयका हिसाबले रेडियो प्रसारण थप व्यापक र विस्तार भएको समय थियो यो । ३० को दशकमा मेहनत र मिठासले उठेको रेडियो प्रसारणको ओज र प्रभाव यस खण्डमा स्वरको विविधता र स्थानीय पहुँचको आधारमा फेरि उठेको यो अर्को समय मान्न सकिन्छ ।
२०६२६३ को ऐतिहासिक जनआन्दोलन यही समयले देख्यो । यस कालखण्ड र समग्र रेडियो इतिहासकै अर्को अग्लो उचाइ हो, ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम । २०६८ असोज १५ गते तात्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई स्टुडियोमा आमन्त्रण गरी २ लाइन टेलिफोन राखेर लाइभ गरिएको कार्यक्रम थियो यो । नेपाल टेलिभिजनसहित अन्य विभिन्न ६ वटा टेलिभिजनले स्टुडियोबाट लाइभ गरेका थिए ।
संसारमै अडियो स्टेशनमा क्यामारा बोकेर टिभी आएको पहिलो अनुभव हो यो । भोलिपल्टको दैनिक अखबारमा कसले के सोधे र प्रधानमन्त्रीले के भने भनेर ब्यानर न्युज बनेको थियो । पुरुषोत्तम दाहालको शब्दमा यो कार्यक्रम रेडियो नेपालको सर्वाधिक उचाइ हो । ती दाहाल तिनै दाहाल हुन् जसले २०४६ पछि घटना र विचार सञ्चालन गरेर त्यो समयको सर्वाधिक उचाइ चुमेका थिए । आखिर सर्पको खुट्टा सर्पले मात्रै देख्नेरहेछ ।
५. २०७२ देखि पिसबीसम्म
२०७२ सालमा संविधान सभाले संविधान निर्माण गरेपछिको समय राष्ट्रिय चेतना, नीति निर्माण र समयले लिएको गज्जबको कोल्टे फेराइ हो । नयाँ नेपाल बनाउने भन्ने थेगो सबैको मुखमुखमा थियो र रेडियोसँग सरोकार राख्नेले पनि नयाँ नेपालको नयाँ रेडियो बनाउने भन्ने चर्चा गर्थे । नयाँ संविधान जारी भएपछि मुलुक सङ्घ, प्रदेश र स्थानीय तहमा पुनरसंरचित थियो । संविधान निर्माणका बेलाजस्तै सक्रियता यसपछिका निर्वाचनहरूमा पनि देखिनु, देखाउनु थियो । प्रसारणमा नयाँपन चाहिएको थियो । नीतिगतरुपमा व्यवस्थापन सुधार कार्यान्वयन कार्य योजना २०७३÷०७४ मा प्रारम्भ भयो । कार्यक्रम प्रसारणमा नयाँ स्वरूप देखिए ।
विषय विविधता र कार्यक्रमहरू
सामान्यतया कार्यक्रम उत्पादनलाई ३ तहमा छुट्याइए र सोही अनुरूपको अभ्यासलाई दैनिकीमा रूपान्तरण गरियो । जस्तो:
क. दैनिक नियमित कार्यक्रमहरू, जो नियमित रूपमै प्रसारण भइरहन्छन् । नियमित अनुगमनबाटै यसलाई नियन्त्रणमा लिन सकिन्छ ।
ख. मासिक रूपमा आइपर्ने क्यालेन्डर अनुरूपका कार्यक्रमहरू, जो अघिल्लो महिनामै तालिका बनाई सोही अनुरूप उत्पादन र प्रसारण हुन्छन् । यसलाई विषय दक्षता चाहिन्छ ।
ग. तत्काल आइपर्ने विषय/सन्दर्भ, घटना/दुर्घटना, विपत्ति/प्रकोपआदिलाई तत्काल सम्बोधन गर्ने प्रयास । यसका लागि लागि तीक्ष्ण चेतना र समयबोधको सूचना सङ्ग्रह चाहिन्छ । २०७२ को भूकम्प र कोरोनाको प्रकोपको बेला रेडियो नेपालले निर्वाह गरेको भूमिका र त्यो बेला खटेका प्रसारकहरूको प्रसारण छवि आज पनि जनजनको मनमा अमर छ, अमूल्य र यादगार छ । यसो भन्नु र हुनुको कारण प्रसारकहरूले गर्न सकेको समयको बोध र राष्ट्रिय जिम्मेवारी हो ।
यसबाहेक सञ्चालकको विज्ञता, रुचि र क्षमताका आधारमा विषय, क्षेत्र र उद्देश्य छुट्याइएका कार्यक्रमहरू विशेष प्राथमितामा राखिए । छासमिस र गाजेमाजे चरित्रबाट माथि उठेर कार्यक्रमले विषयगत रूपमा केही आकार लिएको थियो । तत्कालीन झङ्कारका अङ्कहरूमा छापिएका आधारमा केही कार्यक्रमहरूलाई यसरी सम्झन सकिन्छ :
यसै बीच जनसरोकार, हाम्रो स्वास्थ्य, स्वरसम्वाद, साज र आवाज, सेरोफेरो, नौलो सिर्जना, शुभेच्छा, रोधी, युवा संसार, उद्गार, सङ्गीत सरोवर, गजल गङ्गा, गीतिकथा, विश्व परिवेश, आजका नारी, जीवन सुख, जीवन यात्राआदि कार्यक्रमहरू समय अनुरूप आवश्यक परिमार्जन र परिष्कारसहित प्रसारण हुँदै आएका थिए । केही पुराना कार्यक्रमहरूलाई पुरानै सङ्केत धुनमा पुनः प्रसारण आरम्भ गएका थिए । जस्तो, चौतारी, साहित्य संसारआदि ।
१. पर्यटनको संभावना, नीतिगत अवस्था, अभ्यास र पर्यटकीय हिसाबले प्रवद्र्धन गर्नुपर्ने ठाउँ/सन्दर्भ/विषयलाई सघाउने गरी : दूरसुदूर
२. उपभोक्ता अधिकारको संरक्षण तथा उपभोग्य सामान/वस्तु/सेवाआदिप्रति उपभोक्ता आफैँलाई जागरुक गराउने गरी : हाम्रो चासो
३. सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरण तथा विकास/निर्माणका लागि जनचासो र अभिरुचि बढाई स्थानीय तहको संभावना र समस्या केलाउन : रूपान्तरण
४. सातै प्रदेशका प्रदेश सरकार र तिनले के कस्ता कामहरू गरिरहेका छन् भन्ने विषयको खोजीनिति गर्न : प्रदेश प्रसङ्ग
५. दलित अधिकार, अधिकार प्राप्तिका लागि तिनका योगदान, राज्यको मूल प्रवाहीकरणमा दलितहरूको स्थानआदि सन्दर्भ/विषय उठाउन र सम्बन्धितको जवाफ दिलाउन : समानता
६. मुलुकका लागि महत्वपूर्ण योगदान पु¥याएका विशिष्ठ व्यक्तित्वहरूको अनुभव र राष्ट्रिय जीवनमा त्यसबाट पुगेको योगदानआदि विषयमा सम्बन्धितहरूसँग गरिने सम्वादका लागि : फर्केर हेर्दा
७. फरक क्षमताले यो देश सिँगार्न सक्रिय ऊर्जावान् व्यक्ति/व्यक्तित्वहरू, तिनका संगठन, सक्रियता र राज्यको मूलप्रवाहीकरणमा तिनीहरूको अवस्था र योगदानलाई सहयोग र समर्थन पुग्ने गरी : उज्यालोतिर
८. शिक्षाका नीति निर्माता, सरोकारवाला र जनप्रतिनिधिहरूसँग गुणस्तरीय शिक्षाका लागि सामुहिक बहस र बहसमार्फत शिक्षा क्षेत्रका समस्या र समाधानका उपाय खोज्ने गरी : शैक्षिक बहस
९. परदेश पुगेर फर्केका तथा स्वदेशमै रहेर निजी लगानीमा साना उद्योगहरू चलाएर आफू पनि आत्मनिर्भर भएका र अरूलाई पनि रोजगारी दिँदै आएका व्यक्तिहरूको अनुभव, योगदान र क्रियाशीलताको सम्मान हुने गरी : स्वरोजगार
११. योजनाविद्, जनप्रतिनिधि तथा सर्वसाधारणसँग संवाद गरी विकासको नयाँ अवधारणा र योजनाका खाका निर्माणमा विकासतर्फ जनताको ध्यान खिच्ने गरी : विकास विमर्श
१२. उमेर र अनुभवले खारिएका जेष्ठ नागरिकका अनुभव र समस्या समाधानको पहल गर्न : जेष्ठ नागरिक
१३. स्कुलस्कुलमा गएर तिनै स्कुलका बालबालिकाको सीपको विकास पनि हुने र रेडियो नेपालको प्रभाव विद्यालयतहसम्म पुग्ने अपेक्षासहित बालवाटिका कार्यक्रममा : स्कुलस्कुलमा
१४. दैनिकजसो कुनै न कुनै घटनादुर्घटना, पर्व, उत्सव भई नै रहन्छ । ती वियष र सामग्रीलाई तत्काल सम्बोधन गर्ने गरी समसामयिक कुराकानी शृङ्खला : समसामयिक कुराकानी
गतिलो प्रसारक नभएसम्म प्रसारणले गति लिन्न । व्यक्ति त आउला पनि जाला पनि । नाम पनि फेरिएला तर रेडियो नेपाल सदा बाँच्नुपर्छ र बाँचिरहने छ पनि । अक्षर र आवाजको उपासना गर्नेहरूका लागि रेडियो नेपालको आँगन आस्थाको बगैँचा हो, यहाँ फुलिरहून् पहिचानका सयौँ फूल !
१५. साहित्य केवल कोरा कल्पनामात्र होइन । यो समाजको जगबाट उठ्छ र संस्कृति, इतिहास र भूगोलसँग जोडिन्छ भन्ने दृष्टिकोणसहित साहित्यिक मूलप्रवाहीकरणका लागि : मधुवन । यो २०५४ देखि निरन्तर प्रसारण भएको कार्यक्रम हो । श्रोताहरूसँग प्रत्यक्ष कुराकानी गरिने यस कार्यक्रमको स्वरुप बदलेर यसलाई समाजसँग समाजमै पुगेर सामुहिक साहित्यिक सांस्कृतिक बहसको रुपमा अघि बढाइएको थियो ।
यसै बीच जनसरोकार, हाम्रो स्वास्थ्य, स्वरसम्वाद, साज र आवाज, सेरोफेरो, नौलो सिर्जना, शुभेच्छा, रोधी, युवा संसार, उद्गार, सङ्गीत सरोवर, गजल गङ्गा, गीतिकथा, विश्व परिवेश, आजका नारी, जीवन सुख, जीवन यात्राआदि कार्यक्रमहरू समय अनुरूप आवश्यक परिमार्जन र परिष्कारसहित प्रसारण हुँदै आएका थिए । केही पुराना कार्यक्रमहरूलाई पुरानै सङ्केत धुनमा पुनः प्रसारण आरम्भ गएका थिए । जस्तो, चौतारी, साहित्य संसारआदि ।
………….
आजको नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल हो र रेडियो नेपाल स्वयं सार्वजनिक सेवा प्रसारण भइसकेको छ । यो खुशीको कुरा हो । सार्वजनिक सेवा प्रसारकका हिसाबले रेडियो नेपाल राष्ट्रिय रेडियो मात्र होइन, दायित्व र जिम्मेवारीबोधका हिसाबले पनि राष्ट्रिय धरोहर हो । उत्तेजना होइन, उत्सुकता । विकासे ‘जारगन’ होइन, जनआवश्यकता । भ्रम होइन, तथ्यपूर्ण सामग्री र राष्ट्रिय दायित्वबोध प्रसारणका महत्व र मूल्य हुन् ।
सूचना, सन्देश र सन्तुलन रेडियो नेपालका मूल मन्त्र हुन् । जप्नेहरूलाई मन्त्र साधना हो तर नजप्नेहरूलाई त मन्त्र पनि केवल कोरा अक्षर ! वर्षौँदेखि रेडियोको प्राइम भनिने समय ‘किल’ गरेर बसेकाहरू रेडियोबाट बाहिरिएपछि गुमनाम छन्, श्रोताले सम्झन्नन्, देशले सम्झन्न ! किन त ? किनभने ती जागिरे थिए, प्रसारक थिएनन् । तिनले तिनकै कर्मलाई त न्याय गर्न सकेनन् भने सोच्नुस् प्रसारणमाथि के न्याय भयो होला ? व्यवस्थापकले घोटेर चन्दनै खुवाए पनि आफैँभित्र जागरण नखोज्ने कोही पनि प्रसारक हुन्न ।
गतिलो प्रसारक नभएसम्म प्रसारणले गति लिन्न । व्यक्ति त आउला पनि जाला पनि । नाम पनि फेरिएला तर रेडियो नेपाल सदा बाँच्नुपर्छ र बाँचिरहने छ पनि । अक्षर र आवाजको उपासना गर्नेहरूका लागि रेडियो नेपालको आँगन आस्थाको बगैँचा हो, यहाँ फुलिरहून् पहिचानका सयौँ फूल ! (रेडियो नेपालका पूर्व निर्देशक समेत रहेका डा. नवराज लम्साल महाकाव्यमा मदन पुरस्कार प्राप्त साहित्यकार हुनुहुन्छ।) रेडियो नेपाल अनलाईनबाट।