अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
-
नेटिजन संवाददाता
- बुधबार, १० बैशाख, २०८२- १२:०८:००/ Wednesday 04-23-25

काठमाडौं। सुक्खा पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–बुटवल सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा मङ्गलबार दिउँसो सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक बुधबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार सुक्खा पहिरो खसिरहेका कारण आवतजावत रोकेर पहिरो पन्साइएको थियो । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन बाटोमा अलपत्र परेका थिए । हाल दाउन्ने खण्डमा राति ११:०० देखि बिहान ५:०० बजेसम्म सवारी आवागमन रोकेर सडक विस्तार भइरहेको छ ।रासस।