चन्द्रागिरिद्वारा ३ नगरपालिकालाई सहयोग
-
नेटिजन संवाददाता
- बुधबार, १० बैशाख, २०८२- १३:१८:००/ Wednesday 04-23-25

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले अन्तरपालिका सहकार्य कार्यक्रमअन्तर्गत आफ्ना ३ छिमेकी नगरपालिकालाई विभिन्न आयोजना कार्यान्वयन गर्न १०-१० लाख रकम उपलब्ध गराउने भएको छ ।
कीर्तिपुर नगरपालिकालाई कीर्तिपुर–४ स्थित थापागाउँ खरिबोट कुलो निर्माण गर्न चन्द्रागिरिले सो रकम उपलब्ध गराएको हो । गत असोज १०, ११ र १२ गतेको अविरल वर्षाबाट सो कुलो क्षति भएको जनाइएको छ ।
यसैगरी पिपलामोड–निशाकोट–डुडेभञ्ज्जाङ सडक स्तरोन्नति गर्न धुनिबेँसी नगरपालिकालाई चन्द्रागिरिले सो रकम उपलब्ध गराएको हो । चन्द्रागिरि–२ र धुनिबेँसी–९ को सिमानामा सो सडक रहेको छ । दक्षिणकाली नगरपालिका–८ स्थित टिमुरबोट–ओबी डाँडा–घङ्गेरी हुँदै फास्टट्रयाक जोड्ने मोटरबाटोका लागि चन्द्रागिरिले १० लाख उपलब्ध गराएको हो ।