कुलेखानी–कलङ्की–हुमाने सडक : १९ दिन बन्द
-
नेटिजन संवाददाता
- शुक्रबार, ३ जेठ, २०८२- ११:५९:००/ Friday 05-16-25

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले काठमाडौँ–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने जनाउँदै वैकल्किप मार्ग प्रयोग गर्न सबै चालकमा अनुरोध गरेको छ
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा सडक आजदेखि बन्द हुन लागेको जानकारी प्राप्त भएकाले सर्वसाधारण नागरिकलाई अफ्ठ्यारो नहोस् भनेर उक्त सूचना जानकारी गराइएको बताउनुभयो ।
मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलङ्की–हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनार्थ यही जेठ २ देखि २० गतेसम्म (१९ दिन) सवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ ।
प्रहरीले कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडकलाई वैकल्पिक मार्गकारुपमा प्रयोग गर्न समेत आग्रह गरेको छ। रासस ।