• बिहीबार, २२ जेठ, २०८२
  • ०३:२३:५३

कान्तिलोकपथ ४ दिनका लागि बन्द

काठमाडौं।हेटौंडा र काठमाडौँ जोड्ने प्रमुख सवारी मार्ग कान्तिलोकपथ आगामी ४ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ। बगुबा–बागमती खोलामा निर्माणाधीन बेलीब्रिजको काम सम्पन्न गर्नुपर्ने भएकाले जेठ २१ देखि २४ गतेसम्म यस सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा रोकिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।

प्रशासनले यात्रु र सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। यसका लागि काठमाडौँ, ललितपुर, र मकवानपुर जिल्लाका प्रशासनिक निकायहरूबीच समन्वय गरी वैकल्पिक मार्गमा यातायातको सहजता सुनिश्चित गर्ने योजना बनाइएको छ।

निर्माण कार्यको समयमा यात्रु तथा सवारीसाधनको सुरक्षालाई उच्च प्राथमिकता दिइएको प्रशासनले स्पष्ट पारेको छ। यसबीचमा यात्रुलाई असुविधा नहोस् भन्ने उद्देश्यले वैकल्पिक मार्गको प्रयोगमा सहजीकरण गरिने जनाइएको छ।